काठमाडौं, चैत्र २२ । लेखापढी व्यावसायीहरुको छाता संस्था नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनले सरकारले बनाएको नीतिबारे जानकारी दिन मातहतका सबै निकायलाई परिपत्र गरेको छ । एसोसिएसनका महासचिव हरिप्रसाद पौडेलद्वारा २०८२ साल चैत्र १९ गते जारी विज्ञप्तीमा सरकारले बनाएको नियमअनुसार काम गर्न सबै प्रदेश समिति, जिल्ला समन्वय समिति, जिल्ला कार्य समिति, इकाई समितिलाई आग्रह गरिएको छ […]
काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । पछिल्लो मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ मूल्य बढेको छ । त्यस्तै डिजेल र मट्टिलटेलमा प्रतिलिटर २५ रुपैयाँ बढेको छ भने खाना पकाउने एलपी ग्यासमा प्रतिलिटर एक सय रुपैयाँ बढेको छ । हवाइ इन्धन आन्तरिकमा प्रतिलिटर ६ रुपैयाँ बढेको निगमले […]
काठमाडौं । कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि बलात्कार आरोप थियो । अमेरिकामा बस्ने एक युवतीले शुक्रबार मात्रै बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ ।
काठमाडौँ । आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यस वर्ष थप पारदर्शी र व्यवस्थित बनाइने भएको छ। परीक्षालाई व्यवस्थित र उत्तरपुस्तिका परीक्षणलाई छिटोछरितो बनाई शीघ्र नतिजा प्रकाशन गर्न नयाँ निर्देशिका जारी भएपछि परीक्षामा हुन सक्ने अनियमितता न्यून हुने अपेक्षा गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैँ देशभर […]
2020 Copyrights Reserved at dnfkhabar.com
Designed & Developed By Web House Nepal