विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
काठमाडौँ । अरु कर्मचारीको तलब बढ्दा आफूहरूको तलब नबढेको भन्दै विद्यालयका कर्मचारीहरूले आन्दोलन घोषणा गरेका छन्।
नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै विभिन्न माग राखेर प्रचरणको आन्दोलनको घोषणा गरेका हुन् । उनीहरूले प्रधानमन्त्री, शिक्षामन्त्री, अर्थमन्त्री र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशकलाई पत्र लेख्दै अन्य कर्मचारीको १० प्रतिशत तलब, १० प्रतिशत प्रोत्साहन र पाँच हजार महंगी भत्ता बढेको तर आफूहरूलाई सरकारले विभेद गर्दै तलब नबढाएकोमा गुनासो गरेका छन्।
उनीहरूले पत्र लेख्दै विद्यालय कर्मचारीप्रति बेवास्ता गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरूले सरकारलाई बजेटमाथिको छलफल तथा पारित हुने प्रक्रिया भित्रै विद्यालय कर्मचारीको तलबमान, स्थायित्व, सामाजिक सुरक्षा तथा सेवा सुविधासम्बन्धी मागहरू पूरा गर्न आग्रह गरेका छन् । आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै उनीहरूले विद्यालय कर्मचारीको १५ हजार र कार्यालय सहयोगीको १० हजार बढाउन माग गरेका छन् ।
आफूहरूको माग पूरा नभए दोस्रो चरणको आन्दोलन घोषणा गर्ने र उक्त आन्दोलन काठमाडौँ केन्द्रीत हुने पनि चेतावनी दिइएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ बाट अन्य निजामती, संस्थानका कर्मचारी तथा शिक्षकको तलब न्यूनतम ४० हजार हुने गरी बृद्धि गरे भएपनि विद्यालयका कर्मचारी र बालविकास सहजकर्ताको भने तलब बृद्धि नगरी विभेद गरेको छ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





