‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
काठमाडौं । अभिनेत्री रेखा थापा र निर्देशक सबिर श्रेष्ठको सहकार्यमा निर्माण भएको चलचित्र ‘छत्तीसको आँकडा’को प्रदर्शन मिति तय भएको छ । चलचित्र आगामी मंसिर १७ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको हो ।
सोमबार अभिनेत्री रेखा थापाले सञ्चालन गर्दै आएको ‘बीआर क्याफे’मा अभिनेत्री निरुता सिंहको जन्मदिनको अवसर पारेर चलचित्रको रिलिज मिति ‘लक’ गरिएको हो ।
रेखा फिल्मस् र काइट्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रले प्रदर्शन मिति तय गरेसँगै यसको प्रचारप्रसारलाई समेत गति दिने तयारी निर्माण पक्षको छ । घटस्थापनाका दिन चलचित्रको पहिलो गीत सार्वजनिक गरिने भएको छ ।
निर्देशक सबिर श्रेष्ठले निर्देशन गरेको ‘छत्तीसको आँकडा’को कथाको केन्द्रमा दुई महिला पात्रबीचको द्वन्द्वलाई राखिएको छ । चलचित्रमा रेखा थापा र पूजा शर्मालाई फरक भूमिकामा प्रस्तुत गरिएको छ । यसअघि सार्वजनिक गरिएको पोस्टरले पनि यी दुई अभिनेत्रीबीचको पर्दाको टकरावलाई संकेत गरेको थियो ।
पोस्टरमा प्रहरी अधिकारीको भूमिकामा देखिएकी रेखा थापाले पूजा शर्मालाई हत्कडी लगाएर नियन्त्रणमा लिएको देखिन्छ । रेखाको अनुहारमा संघर्षपछि प्राप्त सफलताको भाव देखिँदा पूजाको पात्र भने अझै प्रतिरोध गरिरहेको अवस्थामा प्रस्तुत गरिएको छ । यही पोस्टरपछि चलचित्रको कथालाई लिएर दर्शकमाझ चासो बढेको थियो ।
चलचित्र ‘छत्तीसको आँकडा’मा रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का, निरुता सिंहको मुख्य अभिनय छ ।
यस सिनेमामा रेखाको जोडीका रूपमा अभिनेता महेश त्रिपाठी देखिनेछन् भने पूजासँग अभिनेता पुष्प खड्का फिचर हुनेछन् । यसमा पहिलो पटक पुष्प र पूजा जोडी भएर एकसाथ देखिन लागेका हुन् ।
‘छत्तीसको आँकडा’मार्फत रेखा र निरुता सिंहले पनि लामो समयपछि सहकार्यलाई गरेका छन् । यी दुईले यसअघि चलचित्र ‘दुई पल’मा सँगै अभिनय गरेका थिए ।
निर्देशक श्रेष्ठ र अभिनेत्री रेखाले यसअघि ‘रामप्यारी’, ‘तथास्तु’, ‘काली’, ‘इशारा’, ‘कसले चोर्यो मेरो मन’ जस्ता चलचित्रमा सहकार्य गरेका छन् । रेखा र पूजाले चलचित्र ‘उपहार’पछि पुनः सहकार्य गर्न लागेका हुन् । यो चलचित्रको नेपालभर वितरणको जिम्मा रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।
ताजा
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवार
पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल
२०८३ आश्विन १८ गते, आईतवार
गति लिँदै राजापुर–ओखरिया सडक
२०८३ आश्विन १६ गते, शुक्रबार
गगनलाई किशोर सिंह राठौरको चुनौती
२०८३ आश्विन १६ गते, शुक्रबार
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
सञ्चार तथा खेलकुदकर्मी करण र प्रहरी नायब निरीक्षक कुञ्जाङलाई ’राष्ट्रिय गौरव सम्मान’
२०८३ आश्विन १६ गते, शुक्रबार
भव्यताका साथ सि.एस. इन्टरटेनमेन्टको ‘च्यारिटी रनवे भोल्युम–३’ सम्पन्न
२०८३ आश्विन १६ गते, शुक्रबारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





