टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी
२०८२ चैत्र १ गते, आईतवार
काठमाडौं । टेक्नोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन स्पार्क गो ३ सावर्जनिक गरेको छ । यो फोन दैनिक रूपमा सक्रिय रहने युवा, विद्यार्थी र कामकाजी पुस्ताका लागि विशेष गरी डिजाइन गरिएको हो, जसले भरपर्दो प्रदर्शन र उत्कृष्ट कनेक्टिभिटी चाहन्छन् ।
मोबाईल सावर्जनिक कार्यक्रममा बोल्दै टेक्नो मोबाईलका सिइओ अर्जित तालापत्रले नेपालका युवा उपभोक्तालाई उनिहरुको दैनिक गतिसँग मेल खाने प्रकारको स्मार्ट फोन चाहिने भएकाले नेपाली बजारमा यसलाई उपलब्ध गराइएको बताए ।
स्र्पाक गो ३ मार्फत हामी बलियोपन, बुद्धिमत्ता र भरोसायोग्य कनेक्टिभिटी भएको फोन ल्याएका छौँ । जसको डिजाइन पनि जीवनशैलीसँग मेल खान्छ,‘ अर्जितले भने । ‘अत्ति नै बलियो’ हाम्रो दर्शनअनुसार पहिलो दिनदेखि नै स्थायित्व र आत्मविश्वास दिन तयार गरिएको छ ।’
स्र्पाक गो ३ दैनिक प्रयोगका चुनौतीहरू सहज रूपमा सामना गर्न सक्षम छ । यसमा आइपी ६४ धुलो र पानीका छिटाबाट सुरक्षा तथा ड्रप–रेडी टिकाउ डिजाइन समावेश गरिएको छ, जसले प्रयोगकर्तालाई विद्यालय, कार्यस्थल, डेलिभरी मार्ग वा व्यस्त शहरका सडकहरूमा प्रयोग गर्दा भरोसा दिन्छ ।
यस फोनमा १२० एचजेड सुपर स्मुथ डिस्प्ले रहेको छ । जसले स्क्रोलिङलाई सहज, टचलाई छरितो र दृश्य अनुभवलाई प्रिमियम बनाउँछ । साथै, टेक्नो एआई भ्वाइस असिस्टेन्ट र नो नेटवर्क कम्युनिकेशन २.० सुविधाले नेटवर्क कमजोर वा नभएको स्थानमा पनि सञ्चार सम्भव बनाउँछ ।
स्र्पाक गो ३ नेपालभरका प्रमुख रिटेल स्टोरहरूमा मार्च १३ देखि उपलब्ध हुनेछ । यसको मूल्य ४ जीबी प्लस ६४ जीबी भेरियन्टका लागि १५,९९९ रुपैयाँ र ४ जीबी प्लस १२८ जीब भेरियन्टका लागि १६,९९९ रुपैयाँ तोकिएको छ । यो फोन गाढा खरानी, गाढा कालो, आकाशी निलो र बैजनी गरी चार रंगमा उपलब्ध हुनेछ ।
स्पार्क गो ३ केवल स्मार्टफोन होइन, यो दैनिक जीवनका आवश्यकताका लागि तयार गरिएको शक्तिशाली र भरोसायोग्य उपकरण हो, जसले प्रयोगकर्ताको जीवनलाई अझ सहज र आत्मविश्वासी बनाउँछ ।
126 Views
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





