एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

काठमाडौं। स्विडेनमाथि ३–० को सहज जित निकाल्दै फ्रान्स प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ । फ्रान्सको यो एकपक्षीय जितसँगै अब उसले नकआउट चरणमा पाराग्वेको सामना गर्ने तय भएको छ ।

फ्रान्सलाई जिताउन स्टार स्ट्राइकर किलियन एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरे। उनले पहिलो हाफको अन्तिम समय अर्थात् खेलको ४५औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा थप आक्रामक बनेको फ्रान्सका लागि ५३औँ मिनेटमा युवा विङ्गर ब्राडली बारकोलाले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ७४औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले ३-० को निश्चित जित सुनिश्चित गर्‍यो । स्विडेनले खेल अवधिभर फ्रान्सेली रक्षापङ्क्ति तोड्न नसक्दा स्तब्ध हुनुपर्‍यो ।

विश्वकपको अन्तिम ३२ को समीकरणअन्तर्गत गएराति भएको अर्को रोमाञ्चक खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरिसकेको छ, जहाँ उसले ब्राजिलको सामना गर्नेछ।

66 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बिनाकसुर कसैलाई पनि पक्राउ नगर्न सरकारलाई नेपाल मानव अधिकार संगठनको अपील

२०८३ आश्विन १२ गते, सोमबार

बिनाकसुर कसैलाई पनि पक्राउ नगर्न सरकारलाई नेपाल मानव अधिकार संगठनको अपील

२०८३ आश्विन १२ गते, सोमबार

फेरि पक्राउ परे दुर्गा प्रसाईँ

२०८३ आश्विन १२ गते, सोमबार

पर्यटनः चुनौती, अवसर र दिगो यात्रा

२०८३ आश्विन १२ गते, सोमबार

छापा माध्यम सिध्याउने खेलमा मन्त्री विक्रम तिमिल्सिना

२०८३ आश्विन १२ गते, सोमबार

देशका विभिन्न स्थानमा सडक तथा राजमार्ग अवरुद्ध

२०८३ आश्विन १२ गते, सोमबार

अविरल वर्षाका कारण ललितपुरमा ढल्यो साढे दुई तले घर

२०८३ आश्विन १२ गते, सोमबार

नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

२०८३ आश्विन १० गते, शनिबार

प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

२०८३ आश्विन १० गते, शनिबार

एकपल्ट पुग्नै पर्ने ठाउँ, काभ्रेको अनैकोट भ्यू टावर

२०८३ आश्विन १० गते, शनिबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal