माइक्रोसफ्ट एआई स्किल्स फेस्ट नेपालमा ७०० बढी सहभागी
काठमाडौँ । माइक्रोसफ्ट एआई स्किल्स फेस्ट नेपाल २०२५ मा ७०० जना भन्दा बढी सहभागी भएका छन् ।
राष्ट्रिय आविष्कार केन्द्र (आइसिटी ल्याब पोखरा) सँग सहकार्य गरी गत मङ्गलवार (८ अप्रिल) का दिन आयोजित फेस्टिभलमा पोखरा र काठमाडौँमा गरी ५०० भन्दा बढी र दाङमा २०० भन्दा बढी सहभागी भएको केन्द्रका कार्यक्रम अधिकृत इन्द्र ओलीले जानकारी दिए।
पोखराको पोखरा इभेन्ट सेन्टरमा आयोजित कार्यक्रममा गण्डकी विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डीन डा कपिल अधिकारी तथा माइक्रोसफ्ट युकेका प्रिन्सिपल इन्जिनियर हरि कृष्ण न्यौपानेले कृत्रिम बुद्धिमत्ता एआई का सम्भावना, चुनौती तथा जिम्मेवार एआई लगायतका विषयमा प्रस्तुति दिएका थिए। त्यस्तै दाङको ज्ञानदीप कलेज तथा राप्ती इन्जिनियरिङ कलेजमा तथा काठमाडौँको सनवे कलेज तथा सगरमाथा कलेज अफ साइन्स एन्ड तेक्नो टेक्नोलोजीमा प्रत्यक्ष प्रशिक्षण कार्यक्रमहरू आयोजना गरिएका थिए।
अप्रिल ८ को कार्यक्रममा भाग लिने सबै सहभागीहरू ५० दिनको निस्शुल्क एआई सिकाइ तथा शिक्षण यात्रामा सहभागी हुन पाउनेछन् । अप्रिल ८ को उद्घाटन समारोहपछि एआई स्किल्स फेस्ट थप ५० दिनसम्म ९मे २८ सम्म० जारी रहनेछ । विद्यार्थी, शिक्षक, व्यवसायी, टेक पेशेवर लगायत एआईबारे जानकारी लिन चाहने जो कोहीले रोचक र चुनौतीपूर्ण तालिमहरू लिन पाउनेछन् ।
चर्चित प्रविधि कम्पनी माइक्रोसफ्टले विश्वव्यापी रूपमा आयोजना गरेको माइक्रोसफ्ट एआई स्किल्स फेस्ट २०२५ अस्ट्रेलियामा बिहान ९ बजे सुरु भई अमेरिकामा बेलुका ४ बजे सम्पन्न भएको थियो। उक्त २४ घण्टे विश्वव्यापी कार्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० सम्बन्धी सिकाइ गतिविधिहरू समावेश गरिएका थिए।
कार्यक्रम आयोजना गरेर माइक्रोसफ्टले २४ घण्टाभित्र सबैभन्दा धेरै प्रयोगकर्ताले एआईसम्बन्धी ज्ञान लिने गिनिज वर्ल्ड रेकर्ड्सुको उपाधि हासिल गर्न प्रयास पनि गरिरहेको छ ।यो विश्वव्यापी उत्सवको हिस्सा बन्न माइक्रोसफ्टले संसारभरिका युवाहरूलाई आह्वान गरेको छ ।
सिकाइ यात्रामा ह्याकाथन, प्रत्यक्ष तथा भर्चुअल तालिम, आफ्नो उपयुक्त समयमा अध्ययन गर्न सकिने सामग्री, मागअनुसार तालिम, सामुदायिक कार्यक्रम, ुमाइक्रोसफ्ट लर्न च्यालेन्जेजु लगायतका थुप्रै गतिविधिहरूमा सहभागी हुन सकिने माइक्रोसफ्ट युकेका प्रिन्सिपल इन्जिनियर तथा राष्ट्रिय आविष्कार केन्द्र नेपालका सल्लाहकार हरिकृष्ण न्यौपानेले जानकारी दिए ।
उनले नेपालमा उक्त फेस्टिभल सफल बनाउन सहयोग गर्ने विभिन्न कलेजहरू, शिक्षक, विद्यार्थी, आइटी उद्यमी लगायत सबैलाई धन्यवाद पनि दिएका छन्।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





