नक्कली नोट प्रकरणमा पूर्व वडा अध्यक्षको संलग्नता प्रष्टै देखिन्छ
राम बहादुर मुक्तान, वडा अध्यक्ष, खानीखोला गा.पा.–७, काभ्रे
यहाँ अचेल के गर्दै हुनुहुन्छ ?
जनताको सेवाको लागि सधैंभर आफ्नो जिम्मेवारी, दायित्व र कर्तव्य बोध गर्दै जनताको सेवामा व्यस्त छु ।
स्थानीय तहमा यहाँ निर्वाचित हुनु भएपछि विकासका गति कस्तो चलिरहेको छ ?
हाम्रो खानीखोला गाउँपालिका भौगोलिक आधारमा विकट भएको कारणले पनि विकास निर्माणका कार्यमा अलि पछाडि नै परेको देखिन्छ । तथापि हामी सँगै निर्वाचित पश्चात् खानीखोलाको भूगोल र परिस्थितिको अवस्था अनुसार दिगो विकास गर्नका लागि विकास निर्माणका योजनाहरु तयार पारी विकास निर्माणका कार्य अगाडि बड्दैछ।
निर्वाचन ताका जनता माझ गर्नुभएको प्रतिबद्धताहरु के कस्तो गर्नुभएको थियो र कतिको पूरा गर्नुभयो ?
हामीले निर्वाचनका क्रममा हाम्रो जनता माझ गरिएका प्रतिबद्धताहरु, जनताको आधारभूत आवश्यकता र समस्याहरुलाई प्राथमिकताका आधारमा सम्बोधन गर्दै गईरहेका छौं ।
अधिकांश प्रतिबद्धताहरु पूरा गर्नका लागि हामी निरन्तर जनताको सेवामा समर्पित भएर लागि परेका छौं ।
यहाँ निर्वाचित हुनु भएपछि जनताले के कस्तो अनुभूति गर्न पाए जस्तो लाग्छ यहाँलाई?
निर्वाचित भए पश्चात् जुन हामी अहिले १९औं महिना समय बित्दै जाँदा जनताका निम्ति गरेका काम प्रति आम जनता सन्तुष्टि रहेको अनुभूति प्राप्त गरेको छु । अहिलेको वर्तमान अवस्थालाई नजिकबाट नियालेर हेर्दा जुन हाम्रो राजनीतिक रूपमा चल्ने सरकार जस्ले यथार्थ पहिचान नगरी आलोचना गर्नेमा कोही केही माहिर रहेका देखिन्छन्, तर पनि जनताको जनमतबाट सेवाको लागि निर्वाचित भएपछि मैले कुनैपनि राजनितिक पार्टीको नेतृत्वको भूमिकामा नभईकन आफ्नो वडाका जनताका साझा प्रतिनिधिको रूपमा रहि सेवा गर्न पाएकोमा अत्यन्तै गर्वको महसुस गर्दैछु ।
जनताको लागि काम गर्दा पक्ष वा विपक्षबाट कतिको अवरोधको सामना झेल्नु प¥यो यहाँले ?
निर्वाचन पछि जनताले मलाई आफ्नो जनप्रतिनिधिको रुपमा पाउनुभयो तर सामाजिक कार्य गर्न र आफ्नो वडाको समृद्धि बनाउनका निमित्त मैले सबै राजनीतिक दलहरुलाई एकता भएर सहयोग गरिदिनुहुन अपिल गरेको छु ।
वर्तमानलाई अंगालेर भविष्यको लागि उचित निर्णय गरि सामाजिक विकासको लागि हामी फुटेर नभई जुटेर अगाडि बढ्नुपर्छ भन्ने मान्यता मेरो रहेको छ । कतिपय विकास निर्माणका कार्यहरुमा राजनीतिक दबाब र सामाजिक कार्यमा बाधा र अबरोध पु¥याउनु हुने केही मित्रहरु पनि हुनुहुन्छ तर पनि ती सबैलाई एकताको साथ अगाडि बढ्न र हरपल अपिलसँगै कोशिस गरिरहेको छु ।
आफ्नो कार्यकाल भित्र यस वडाको विकासका लागि केही दीर्घकालीन योजना बनाउनु भएको छ ?
अवश्य पनि बनाएको छु, किनकी जति पनि उम्मेदवारहरु निर्वाचनमा उम्मेदवार भएर उभिनुहुन्छ सबै जनाको आ–आफ्नो योजना र प्रतिबद्धतासहित सहभागी हुन्छन् । भौगोलिक बिकटताको कारणले खानीखोला गाउँपालिकामा मेरो वडामा मात्र नभएर सबै वडाहरुमा बाह्रै महिना गाडी गुडाउनु सकेको छैन, त्यसकारण जनताको आधारभूत आवश्यकताहरुलाई पहिचान गरि प्राथमिकताका आधरमा यातायात, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, सिंचाइलाई नै प्रमुख एजेन्डा बनाएर दीर्घकालीन योजना निर्माण गरेको छु ।
जनप्रतिनिधि हुँदा कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म जनताको प्रतिनिधि हो, मलाई जनताको काम गर्नका लागि जनताले माया गरेर यहाँसम्म पु¥याउनु भयो । जनताको निम्ति हरपल सेवा गर्न पाउँदा सन्तुष्टि छु ।
देशको वर्तमान अवस्था प्रति यहाँको धारणा के छ ?
– देशको वर्तमान अवस्था हेर्दा धेरै दुःखी छु । किनभने वर्तमानलाई अंगालेर देश र जनताको हितको लागि उचित निर्णय गरी अगाडि बढ्न नेतृत्व सकिरहेको छैन । समय अनुसार र आवश्यकता भन्दा देशलाई डुबाउने गतिमा जिम्मेवार नेताहरु लागि परेका छन् । त्यसैले म चिन्तित नै छु ।
पछिल्लो समय यहाँको वडामा नक्कली नोटको विगविगी बढेको चर्चा छ, यथार्थ के हो ?
– यो कुरा सत्य र यथार्थ हो । केही स्थानीय खुद्रा पसल राखेका व्यवसाय चलाउने वडावासीहरुलाई नक्कली नोट दिएर कारोबार गरेको प्रमाण र बयान जिउँदैछ ।
नक्कली नोट बारे के कस्तो हुँदैछ, यसमा क–कसको संलग्नता देखिन्छ ?
– नक्कली नोटबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । यो विषयमा प्रमाण र संलग्नताका आधारले र जुन प्राप्त नक्कली नोट गाउँपालिकाका प्रमुखज्यूलाई बुझाउन लगेको भन्दै जुन प्रमाण नक्कली नोट पूर्व वडा अध्यक्षज्यूले नबुझाई कन फिर्ता ल्याएर आफैंलाई नै पछि अप्ठ्यारो पर्छ भनेर जुन नक्कली नोट जलाउनु भएकोमा मलाई पूर्व वडा अध्यक्ष र वडा सदस्य नै संलग्नता देखिन्छ । किनभने यो प्रमाण जलाउनुको कारण के हो ? सम्बन्धित निकायमा बुझाउन पठाएको प्रमाण नबुझाउँदा र उहाँहरुले नै नक्कली नोट संकलन गरेको र कुनै ठाउँमा कसैलाई एक हजारको दुई हजार दिएर नोट संकलन गर्नुको कारणले उहाँहरुको संंलग्नता देखिन्छ । यदी आफ्नो वडाको जनतालाई सुरक्षित राख्नुपर्छ र यो नक्कली नोट कारोबार गर्नेलाई कानूनी कारवाही गर्नुपर्छ भन्ने सोंच र विचार भएको भए यो प्रमाण नष्ट किन गर्नुभयो । र यो अधिकार कसले दियो पूर्व अध्यक्षलाई ? त्यसैले उहाँहरुकै संलग्नता देखिन्छ । वास्तवमा यथार्थ र सत्य उहाँहरुको जुन व्यवहारबाट नै प्रष्ट छ, संलग्नता छ ।
यहाँको पूर्व वडाध्याक्षले त तपाईं माथि नै आशंका गर्दै सामाजिक सञ्जालमा पोष्ट गरेको छ त ? खासमा के हो ?
– म खानीखोला गा. पा. वडा नं. ७ को वडा अध्यक्ष हुँ । आफ्नो वडामा भई आएको जुन नक्कली नोट कारोबार देखेपछि आफ्नो वडा स्थानीय जनसमुदायलाई सजकता रहनु हुन मैले अपिल गरेको थिएँ । यो मेरो जिम्मेवारी हो, कर्तव्य पनि हो । त्यसैले सामाजिक सञ्जालमा जुन प्राप्त नक्कली नोटको फोटो सहित पोष्ट गरेको थिएँ । त्यसैले नै मैले गरेको पोष्टबाट उहाँ सन्तुष्टि हुन सकेन । धेरै चर्चा भयो विनाकारण मलाई आशंका गर्नुभयो । केही फरक पर्दैन मसँग प्रमाण र आधारहरु प्रष्टै छ ।
नक्कली नोटको कारोबार भएको मंसिर २४ गते, पुसको आधा आधी हुन लाग्दा पनि नक्कली नोटको काररोबारीहरुलाई कारबाही हुन सकेन त किन ?
– मंसिर २४ गते भएको अपराधिक यथार्थ घटनाका अपराधीहरुलाई कारवाहीको कठघरामा उभ्याउन कानूनी प्रक्रिया बयान र प्रमाणसहित जिल्ला प्रशासनलाई बुझाएको छु । यो घटनाको अनुसन्धानको लागि जिल्लाबाट खटिनु भएका प्रहरी इन्स्पेक्टर दिलिप कुमार थापा ज्यूले अनुसन्धानको प्रक्रिया अगाडि बढाईसकेको जानकारी दिनुभएको छ । कारवाही फितलो भएको महशुस पनि गरेको छु । नक्कली नोटको कारोबार गर्नेहरुलाई यथाशीघ्र कारबाही गर्न सम्बन्धित निकायलाई अपिल पनि गर्न चाहन्छु । सत्य तथ्य छानविन गरी कारवाहीको प्रक्रिया चाँडोभन्दा चाँडो अगाडि बढाउन हार्दिक अनुरोध पनि गर्दछु ।
० नक्कली नोट प्रकरण बारे हालसम्म के हुँदैछ विस्तृतमा बताई दिनोस न ।
–नक्कली नोट प्रकरणबारे हालसम्म भएको जानकारीहरु के हुँदैछ भने स्थानीय तह वडाबाट प्रमाण र बयानसँगै प्रहरीले जिल्लामा पु¥याउनु भईसकेको छ । अव रिजल्ट आउन मात्र बाँकी छ ।
० अन्तमा यस आफूलाई मनमा लागेका भन्न छुटेका केही छ कि ?
– सर्वप्रथम मैले भन्न छुटेको त धेरै छ । तर सबै कुरा बताउन सम्भव पनि छैन । केही शब्दहरु बोल्नै पर्दा वास्तवमै म धरै दुःखी छु । वडा नं. ७ का वडा सरकारको सदस्यज्यू पनि यो नक्कली नोटको धन्दामा संलग्नको आधार र प्रभावले र व्यवहारले तानिएको छ । पूर्व वडा अध्यक्ष र केही युवामित्रहरुको संलग्नता प्रष्टै छ । दुःखी किन छु भने मैले राजनीति आस्था र विचारलाई जोडिएर कुनै पनि व्यक्तिको चरित्र हत्या गरेको छैन । वडा प्रमुख भएको हैसियतले मलाई सबै ठाउँबाट प्रश्न आउँछ । त्यसैले मैले प्रमाणको आधारमा सम्बन्धित निकायहरुलाई जानकारी दिनैपर्छ । त्यो मेरो जिम्मेवारी हो । पूर्व वडा ज्यूलगायतलाई मैले प्रश्न पनि गरेको थिएँ । तपाई त पाँचवर्ष वडा सरकार चलाएर योग्य हुनु भएको युवा नेता किन यस्तो गर्नुभएको ? प्रमाण सम्बन्धित निकायमा बुझाउनु भन्दा किन नबुझाउनु भएको ? र भोलि पल्ट फिर्ता ल्याएर किन नष्ट गर्नुभएको ? अपराधीलाई कारवाही होस् र गर्नुपर्छ भनें । वडाको जनतालाई सुरक्षित राख्नुपर्छ भन्ने सोच र ध्यान भएको भए र उहाँ संलग्नता नरहेको भए यो प्रमाणलाई नष्ट किन गर्नुभयो दुःखी छु । त्यतिको जिम्मेवारी व्यक्तिले यो हर्कत गर्नुको कारण के हो ? कतै उहाँले परिचालन गरेको र आफ्नो कार्यकर्ता पर्छ र आफू पर्छु भनेर गाउँपालिका प्रमुखलाई नबुझाएको र अप्ठ्यारो पर्छ भनेर प्रमाण नक्कली नोट जलाएकोमा दुःखी छु । यस्तो गैरकानूनी काम गर्नु भएकोमा आपत्तिजनक छ । सम्बन्धित निकायलाई यथार्थ प्रमाण र बयानको साथै संलग्नताको आधारले कारवाही प्रक्रिया अगाडि बढाउनु हुन हार्दिक अपिल गर्दछु ।
ताजा
भाइरल ७ तल्ले भवनमा चल्यो डोजर
२०८३ बैशाख २० गते, आईतवार
भाइरल ७ तल्ले भवनमा चल्यो डोजर
२०८३ बैशाख २० गते, आईतवार
सर्वोच्चको आदेशपछि लेखापढी व्यवसायीलाई राहत, कार्यालयमा सहज रुपमा प्रवेश गर्न पाउने
२०८३ बैशाख २० गते, आईतवार
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो
२०८३ बैशाख १७ गते, बिहीबार
युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा
२०८३ बैशाख १७ गते, बिहीबार
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी
२०८३ बैशाख १६ गते, बुधबार
फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित
२०८३ बैशाख १५ गते, मंगलवार
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’
२०८३ बैशाख १४ गते, सोमबार
यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय
२०८३ बैशाख १४ गते, सोमबार
अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी
२०८३ बैशाख १४ गते, सोमबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





