कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन आजदेखि काठमाडौंमा हुँदैछ । गत पौषमा विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वले महाधिवेशन गराउन लागेको हो । विशेष महाधिवेशनबाट सभापतिमा गगनकुमार थापा निर्विरोध चयन भएका थिए । पदाधिकारी र केन्द्रीय सदस्यको पनि निर्विरोध निर्वाचित भएका थिए ।

कांग्रेसको यो महाधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ किनभनें पार्टीमा नयाँ नेतृत्व आएपछि सुरुदेखि नै बिबाद हुँदै आएको छ । तत्कालीन सभापति शेरबहादुर देउवाले नियमित महाधिवेशन गराउने चासो नदेखाएको आरोप लगाउँदै त्यतिबेलाका महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रसरता देखाएर विशेष महाधिवेशनको आयोजना गरेका थिए । विशेष महाधिवेशन सफल नभएको भए आफ्नो राजनीति संकटमा पुग्छ भनेर बुझेका थापालाई त्यो विशेष महाधिवेशन गर्न त्यति सजिलो पनि थिएन तर अन्तिममा सबैको सहयोग पाएपछि थापा सफल भए । तत्कालीन सभापति शेरबहादुर देउवा र उनका पक्षधरले यो नेतृत्वलाई मानेका छैनन् । उनीहरु आफूहरु नै आधिकारिक कांग्रेसको नेता भएको भन्दै आएका छन् । विशेष महाधिवेशनलगत्तै प्रतिनिधिसभाको निर्वाचन आएको थियो, यो निर्वाचनमा सभापति थापाले नै हस्ताक्षर गरेर टिकट बाँडेका थिए । थापालाई अबैधानिक मानेका भए पनि देउवा पक्षका केही नेताले थापासँग मागेर टिकट लगेका थिए । देउवा सभापति भएर निर्वाचनमा गएको भए त्योभन्दा बढी मत आउँथ्यो भनेर त्योपक्षले दाबी गर्दै आएको छ तर कांग्रेसको यो नेतृत्वले भनें कांग्रेस रुपान्तरित भएकाले यति मत आएको देउवा नै भएको भए त्यही पनि आउँदैनथ्यो भन्ने तर्क गरेका छन् ।

कांग्रेसको आधिकारिकताको विषय बिबादित भएको बेला अर्कोपक्षले सर्वोच्च अदालतमा पुनरावलोकनको लागि निवेदन दिएको छ । अझै पनि देउवापक्ष भनें आफूले नै आधिकारिकता पाउने दाबी गर्दै आएको छ । यो महाधिवेशनमा देशभरबाट धेरै युवाहरु प्रतिनिधि भएर छानिएका छन् । विभिन्न क्षेत्र र समूहलाई नेतृत्वमा आउने अवसर कांग्रेसले दिएकाले पनि यो महाधिवेशनलाई विशेष अर्थपूर्ण रुपमा हेरिएको छ । उता देउवापक्षले पनि असोज १५ गतेदेखि महाधिवेशन सुरु गरेको छ । उसले मंसिर २१ गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ । देउवाले केही दिनदेखि निरन्तर सन्दशे प्रवाह गर्दै आएका छन् । उनले आजदेखि हुने महाधिवेशन अबैध भएकाले त्यसमा भाग नलिन सबैलाई अनुरोधसमेत गरेका थिए । देउवाले १४ औं महाधिवेशनबाट आफू सभापतिमा निर्वाचित भएकाले आफ्नै नेतृत्वमा महाधिवेशन गर्न पाउनुपर्ने माग पनि गरेका थिए ।

8 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल

२०८३ आश्विन १८ गते, आईतवार

गति लिँदै राजापुर–ओखरिया सडक

२०८३ आश्विन १६ गते, शुक्रबार

गगनलाई किशोर सिंह राठौरको चुनौती

२०८३ आश्विन १६ गते, शुक्रबार

बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा

२०८३ आश्विन १६ गते, शुक्रबार

सञ्चार तथा खेलकुदकर्मी करण र प्रहरी नायब निरीक्षक कुञ्जाङलाई ’राष्ट्रिय गौरव सम्मान’

२०८३ आश्विन १६ गते, शुक्रबार

भव्यताका साथ सि.एस. इन्टरटेनमेन्टको ‘च्यारिटी रनवे भोल्युम–३’ सम्पन्न

२०८३ आश्विन १६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal