नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

२०८३ आश्विन १० गते, शनिबार

काठमाडौं । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदको पुरुष क्रिकेटको शनिबार नेपाल र जापानबीच खेलिएको खेल अनिर्णित रूपमा सकिएको छ ।

लगातारको वर्षाका कारण निर्धारित समयमा शुरू हुन नसकेपछि नेपाल र जापानबीचको खेल १५–१५ ओभरमा झारिएको थियो । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १५ ओभरमा चार विकेट गुमाएर एक सय ४९ रन बनाएको थियो ।

नेपालको पाली सकिएपछि पुनः वर्षा शुरू भएकाले खेल अगाडि बढ्न सकेन । त्यसपछि खेल अनिर्णित रूपमा सकिएको हो । यो खेलबाट दुवै टोलीले एक–एक अंक हात पारे । त्यसपछि नेपाल तीन अंकसहित समूह ‘ए’को विजेताका रूपमा क्वार्टरफाइनलमा पुग्न सफल भयो ।

यसअघि, आफ्नो पहिलो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो ।

5 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

२०८३ आश्विन १० गते, शनिबार

नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

२०८३ आश्विन १० गते, शनिबार

प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

२०८३ आश्विन १० गते, शनिबार

एकपल्ट पुग्नै पर्ने ठाउँ, काभ्रेको अनैकोट भ्यू टावर

२०८३ आश्विन १० गते, शनिबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

२०८३ आश्विन ९ गते, शुक्रबार

प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने

२०८३ आश्विन ९ गते, शुक्रबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal