श्रेष्ठको ह्याप्पी बर्थ डे : ‘साथीलाई सानदार पार्टी हैन, गरीब विद्यार्थीलाई कापी र कलम’

२०७६ बैशाख ९ गते, सोमबार


गोरखा : पछिल्लो समय नेपालमा पश्चिमेली सँस्कृतीको प्रभाव बढ्दै गएको छ । अहिले प्राय नेपालीहरु असाध्यै खुसिको पल वा एकदमै महत्वपूर्ण दिन आफ्नो मन मिल्ने वा ‘स्पेशल’ मान्छेसँग ‘स्पेशल’ तरिकाले मनाउन चाहान्छन् ।

हरेक मानिसको लागि सबैभन्दा ठूलो र महत्वपूर्ण दिन भनेकै उस्को जन्म दिन (बर्थ डे) नै हो । आजभोलि बिशेषत युवा पुस्ता आफ्नो जन्म दिन (बर्थ डे) साथीहरुसँग महङ्गो होटलमा सानदार तरिकाले मनाउन चाहान्छन् । अझै भनौ भने साथिहरु सँग मादक पदार्थको नशामा झुमेर मनाउन चाहान्छन् ।

तर, गोरखा नगरपालिका वडा नम्बर ३ का सोम श्रेष्ठले भने आफ्नो जन्न दिनमा साथिहरुलाई सानदार पार्टी भन्दा गरिब विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गर्न बुद्धिमानि हुने सोचे । अनि, आइतबार बिहानै गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ७ मा रहेको लखन थापा माध्यामिक बिद्यालयमा झोला बोकेर पुगे ।

विद्यालयमा पुगेर शिक्षकहरुसँग कुराकानी गर्दै भने, ‘सर, आज मेरो २२ औँ जन्म दिन । म मेरो जन्म दिनमा यस बिद्यालयका केहि गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गर्न चाहान्छु । सहयोग गर्दिनु पर्याे ।’

शिक्षकहरु उनको कुरा सुनेर एकछिन दंग परे । त्यती बेला श्रेष्ठसँग सोहि वडाका वडाध्यक्ष शरण श्रेष्ठपनि साथमै थिए । बिद्यालयले पनि उनको प्रस्तावलाई स्वीकार गर्याे । त्यसपछि श्रेष्ठले पालैपालो विद्यालयका ५० जना विद्यार्थीहरुको हात हातमा कापी—कलम थमाईदिए ।

त्यसपछि उक्र बिद्यालयका सबै बिद्यार्थी र शिक्षकहरुले एकै स्वरमा तालि बनाउँदै भन्न थाले, ‘ह्यापी बर्थ डे टु यु ।’

‘आज मैले पहिलोपटक नयाँ तरिकाले जन्म दिन मनाएँ’ श्रेष्ठले भने, ‘साथीलाई सानदार पार्टी दिएर जन्म दिन मनाउनु भन्दा गरीब विद्यार्थीलाई कापी र कलम दिँदा खुसि र सन्तुष्टि मिल्दो रहेछ । म एकदमै खुसि छु ।’ उनले अरुलाई पनि आफ्नो जम्न दिन होस् या अरु कुनै कुराको उत्सव मनाउँदा दुखि पिडितहरुलाई सहयोग गरेर मनाउन सुझाव दिए ।

781 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal