काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन

२०८३ जेष्ठ १७ गते, आईतवार

काठमाडौं। काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा भर्ना हुने विद्यार्थीका लागि आज छात्रवृत्ति परीक्षा सञ्चालन गर्दैछ। बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुने यस परीक्षाका लागि महानगरपालिकाले ८३ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ।

महानगरपालिका अन्तर्गतका निजी विद्यालयहरूमा कक्षा ११ र १२ का लागि प्रदान गरिने छात्रवृत्तिका लागि यस वर्ष २६ हजार ६८० जना परीक्षार्थीहरू सहभागी हुन योग्य भएका छन्। आवेदन दिने कुल २६ हजार ८८८ जना विद्यार्थीमध्ये २०८ जनाको फाराम अस्वीकृत भएको शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काले जानकारी दिएका छन्।

प्रवेश पत्र र परीक्षाका नियमहरू परीक्षार्थीहरूले जुन प्रणालीबाट आवेदन दिएका थिए, त्यहीँबाट प्राप्त हुने रङ्गीन प्रवेश पत्र प्रिन्ट गरेर परीक्षा केन्द्रमा जानुपर्ने महानगरपालिकाले जनाएको छ।

परीक्षा केन्द्रमा प्रवेश पाउनका लागि रङ्गीन प्रवेश पत्रका साथै फोटोसहितको परिचय खुल्ने आधिकारिक कागजात ९एसईईको प्रवेशपत्र, विद्यालयको परिचयपत्र वा नागरिकताको प्रमाणपत्र० अनिवार्य रूपमा साथमा बोक्नुपर्नेछ।

बालेन शाहको पालादेखि सुरु भएको प्रणाली, हजारौँ लाभान्वित काठमाडौँ महानगरपालिकाका वर्तमान मेयर बालेन्द्र शाहले आफ्नो कार्यकालमा संस्थागत ९निजी० विद्यालयहरूमा कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूलाई पारदर्शी र व्यवस्थित रूपमा छात्रवृत्ति वितरण गर्न यो प्रणालीको विकास गरेका हुन्।

महानगरले २०८० सालदेखि नीतिगत निर्णय गरेर यो परीक्षा सञ्चालन गर्न थालेको हो। यो कार्यक्रम सुरु भएयता हालसम्म देशभरका करिब १५ हजार विद्यार्थीहरू लाभान्वित भइसकेका छन्।

गत वर्ष सञ्चालन गरिएको छात्रवृत्ति परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी सहभागी भएकोमा १० हजार ८६७ जना उत्तीर्ण भएका थिए। तीमध्ये योग्यताक्रमका आधारमा करिब ४५ सय विद्यार्थीले मात्रै छात्रवृत्ति प्राप्त गरेका थिए। गत वर्षको तुलनामा यस वर्ष परीक्षा दिने विद्यार्थीहरूको सङ्ख्या झन्डै दोब्बरले वृद्धि भएको छ।

103 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal