‘२०६२ सालको चप्पल’ को फाइल नै खुलेन

२०८० श्रावण १२ गते, शुक्रबार

साहित्यकार योगलाल गौतम
नेपाली साहित्यको फाँटमा परिचित नाम हो योगलाल गौतम । जीवन लेखनसहित ‘फूलको आत्मसमर्पण, रणभेरी र प्रेमको मलामी’ जस्ता करिब एक दर्जन कृतिका सर्जक गौतम ‘अणुवीक्षण’ निवन्धोपन्यासको प्रकाशनको तयारीमा छन् । व्यक्तिगत जीवन, साहित्य र ‘अणुवीक्षण’ सँग सम्बन्धित रहेर गरेको कुराकानी ः

गुमनाम हुनुभयो नि यो बीचमा ?
त्यसो होइन, केही न केही सिर्जना गरिरहेकै छु । मिडियामा नदेखिएको मात्रै हो । एक जना सर्जकले जहाँ जसरी रहँदा पनि केही न केही सिर्जना गरिरहेको हुन्छ । फेरि म आफ्नो काम विस्तारै आफ्नै पाराले गर्ने भएकाले तपाइले कतै बाहिर हल्लाखल्ला भएको थाहा नपाउनुभएको हुन सक्छ । भित्रभित्रै साहित्य सिर्जना गरिरहेको र भोलिका दिनमा केही लक्ष्य लिएर हिँडेको मान्छेलाई गुमनाम भएको भन्न मिल्दैन ।
वर्षको एउटा कृति प्रकाशन गरिरहनुभएको थियो, यो वर्ष केही नपाउने हुन् पाठक र शुभचिन्तकले ?
बजारमा पुस्तक नआएको मात्र हो गत साल तर उपन्यास लेखिरहेको छु । केही समयमै तपाइले नयाँ कृति पाउनुहुने छ र यस्तो प्रश्न फेरि गर्न पाउनुहुने छैन । कृति लेख्न सजिलो छ तर त्यसलाई पाठकमाझ विश्वास जित्न गाह्रो हुने भएकाले कसरी पाठकसामु छिटो र सजिलो पाराले जान सकिन्छ भनेर लागिरहेको छु । छिटोछिटो साहित्यिक कृति प्रकाशन गर्दा त्यसको गहिराइसम्म पुग्न सकिँदैन कि भन्नेमा म गम्भीर छु ।
केही समयमै ’अणुवीक्षण’ लिएर आउँदै हुनुहुन्छ त्यो कस्तो कृति हो ?
हो । ‘अणुविक्षण’ भन्नेबित्तिकै यो के होला भन्ने लाग्न सक्छ । यो सबैले नसुनेको र सुने पनि त्यति धेरै वास्ता नगरेको शब्द नै हो । फेरि मेरा अन्य कृतिका शीर्षक पनि त्यस्तै खालका नै हुन्छन्, जसलाई पाठकले नजिकबाट नियालिसक्नुभएको छ । अको अर्थ स– साना विषयहरुको मिहिन विवेचना र विश्लेण भन्ने हुन्छ ।
उपन्यास र शीर्षकबीच कसरी मेल खान्छ ?
यस उपन्यासभित्र मैले भौतिक, अभौतिक, दृश्य, अदृश्य, शहर, गाउँ सम्पूर्ण यथार्थहरुको मिहिन ढंगले एक– एक गरेर विश्लेषणात्मक ढंगले व्याख्या गरेको छु त्यसैले ‘अणुवीक्षण’ शीर्षक ठीक छ भन्ने लागेको छ । कुनै एक पुुस्तकले कुनै एक विषय वा वस्तुको अणुुवीक्षण गरेको हुन्छ । मैले पहिले नै के भनिसकेको छु भने अनुवीक्षण भनेको विषय वा वस्तुप्रतिको गहिरो विचार हो, धारणा हो, चौतर्फी ढंगबाट गरिएको सुक्ष्म विवेचना हो । समग्रमा साहित्यले अणुवीक्षण नै गर्दछ । सिर्जनाको गुण भन्नु नै अणुवीक्षण भएको हुनु हो । साहित्यका सम्पूर्ण विधाहरुले समाज र जगतप्रतिको सुक्ष्म ढंगले अवलोकन गर्दछन् । तर केही सतही कृतिहरुले वा पुस्तकहरुले त्यसो नगरेका हुन सक्छन् । सबै कृतिहरुले अणुवीक्षण नै गर्छन् भन्ने छैन । कुनै कुनै कृतिहरु त शब्द र अक्षरहरुको डंगुर पनि हुन सक्छन् ।
‘२०६२ सालको चप्पल’ बजारमा नल्याइकन रोकेर राख्नुभयो नि किन ?
सेटिङ्का सम्पूर्ण कामहरु सकेर इमेलमा राखिएको थियो । त्यो फाइल अन्त कतै थिएन । पछि त्यो लेखसंग्रह छाप्नुपर्यो भनेर फाइल खोल्दा फाइल नै खुलेन त्यसैले त्यो रोकिएको हो । त्यसै कारणले पनि २०७९ सालमा मेरो कृति बजारमा आउन सकेन । तर अब २०८० सालका लागि त्यो लेख संग्रहलाई जम्प गरेर अणुवीक्षण आउँदैछ ।

अणुवीक्षणलाई निवन्धोपन्यासको विधामा राख्नुभएको हो ?
साहित्यका दुई फरक विधाहरु निवन्ध र उपन्यासलाई एकै शब्दमा निवन्धोपन्यास भनिएको हो । निवन्धको विशेषता र उपन्यासको विशेषता फरक फरक छन् । निवन्धमा विश्लेषण बढी हुन्छ र विषयप्रतिको विवेचना अलि बढी हुन्छ वा त्यो दर्शनोन्मुख हुन्छ तर उपन्यास घटना र पात्रप्रधान हुन्छ । मैले यो कृतिमा केही नयाँ प्रयोग गर्न खोजेको छु । घटना, पात्र, वस्तु, चरित्र, इकाई, यात्रा सबैलाई दार्शनिक ढंगले केलाउन खोजेको छु । जस्तो कि यो कृतिमा निवन्ध र उपन्यास दुवैका गुणहरु समानान्तर छन् । कहीँ घटना छन्, कहीँ त्यही पात्रमाथिको दृष्टिकोण छ, कहीँ घटनाप्रतिको धारणा छन्, कहीँ भौतिक पदार्थमाथिको दृष्टिचेत छ । त्यसैले मैले यो कृतिलाई निवन्धोपन्यास विधामा राखेको छु ।

त्यसो भए अब तपाईं दर्शनतिर लाग्नुभएको हो ?
त्यतातिर लाग्ने प्रयत्न गर्दैछु । नेपाली साहित्यले वा समग्र सिर्जना जगतले वस्तुलाई मात्र देखाएर पुगेन, पुग्दैन । भौतिक वस्तु, क्रिया र अभौतिक तत्वहरुमाथिको दार्शनिक एंव अध्यात्मिक चेत जरुरी छ । जतिबेलासम्म रचनामा त्यो हुँदैन , रचना जीवन्त बन्न सक्दैन । मेरो जीवनकालमा मेरा रचनाहरुले पाठकहरुको मष्तिस्कमा विवेक विजारोपण गर्ने भूमिका निर्वाह गर्छ या गर्दैन त्यो फरक विश्लेषण हो तर प्रयत्न भने गर्ने छु ।
सुनापति प्रज्ञा प्रतिष्ठापनको प्राज्ञमा नियुक्ति गरिएको छ होइन तपाईलाई ?
अँ, हो  ।
त्यहाँबाट नेपाली साहित्यका लागि के–के योगदान दिन सक्नुहुन्छ ?
नेपाली सिर्जनामा मौलिकताको जगेर्ना गर्नु, स्थानीयता भित्र्याउनु, गाउँबाट सहर पलायन हुने विषयलाई उजागर गर्नु र त्यसको समाधान खोज्नु हाम्रो कर्तव्य हो । रामेछापको सुनापति गाउँपालिकाभित्रका सर्जकहरुलाई सम्मान गर्नु , श्रष्टाहरुको खोजी गर्नु, पालिकास्तरीय लेखन, वाचनका कार्यक्रमलाई जोड दिनुमात्र नभई साहित्यकारहरुका कृतिहरुलाई प्रकाशन गर्न भूमिका खेल्नु, पालिकास्तरीय साहित्य सम्मेलन एंव गोष्ठीको आयोजना गर्नुजस्ता कामलाई मैले आफ्नो कर्तव्य ठानेको छु ।

252 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal