राजपा ब्युँताउने खेलमा ठाकुर पक्ष

काठमाडौं । जनता समाज पार्टी (जसपा) कार्यकारिणी समितिमा बहुमत पुर्याउन नसके राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल ब्युँताउने रणनीतिमा महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष जुटेको छ। ठाकुर पक्षका नेताहरू सकेसम्म कार्यकारिणीमा बहुमत जुटाउन प्रयास गर्ने, नसके राजपा ब्युँताउने आन्तरिक तयारीमा जुटेका हुन्।
कार्यकारिणीमा बहुमत जुटाउन सो पक्षले नेता अशोक राईसँग गम्भीर चरणको कुराकानी गर्ने भएका छन्। कार्यकारिणीमा राई र उनीनिकट चार सदस्य छन्। ती चारजनालाई आफ्नो पक्षमा ल्याउन सके कार्यकारिणीमा बहुमत पुग्ने आँकलन ठाकुर पक्षको छ। एकदुई चरण राईसँग कुराकानी भइसकेको ठाकुर पक्षका एक नेताले दाबी गरे। राईनिकट सांसद रेणुका गुरुङ कित्ता परिवर्तन गरेर ठाकुर पक्षमा पुगेकी छन्।
संसदीय दलमा ठाकुर पक्ष बहुमतमा छ। संसद् विघटन भएको अवस्थामा कार्यकारिणीमा बहुमत जुटाउन दुवै पक्षको हानथाप सुरु भएको हो। अहिले कार्यकारिणीमा उपेन्द्र यादव पक्ष बहुमतमा छ। ठाकुर पक्षका तीनजना कार्यकारिणी समितिका सदस्यहरू महेन्द्र यादव, गजाधार यादव र रमेश यादव कित्ता परिवर्तन गरी उपेन्द्र पक्षमा पुगेपछि कार्यकारिणीमा यादव पक्ष बहुमतमा रहन सफल भएको हो।
तर भित्रभित्रै यादव पक्षका एकदुईजना कार्यकारिणी समितिका सदस्यहरू आफ्नो पक्षमा आइसकेको ठाकुरनिकट नेताहरूको दाबी छ। ठाकुर पक्षका एक नेताले भने, ‘जसरी संसदीय दलमा पाँचजना सांसदले कित्ता परिवर्तन गरे, त्यसरी नै कार्यकारिणीमा पनि चारदेखि पाँच सदस्यले कित्ता परिवर्तन गर्दैछन्।’ ठाकुरनिकट नेता डा।सुरेन्द्र झाले पहिलो अध्यक्ष रहेका ठाकुर पार्टीका सबै निकायमा बहुमत र शक्तिशाली रहेको दाबी गरे।
‘पूर्वराजपा ब्युँझाउनेबारे पूर्वराजपाका नेताहरूले छलफल गरेका छन्। कार्यकारिणीमा जसले बहुमत जुटाउँछ, उसको पक्षमा जनता समाजवादी पार्टी नाम र छाता चुनाव चिह्न जानेछ,’ स्रोतले भन्यो, ‘पार्टीको नामभन्दा पनि चुनाव चिह्नको माया पूर्वराजपाका नेताहरूलाई छ। पोहर पूर्व राजपा र पूर्वसमाजवादीबीच एकीकरण गर्दा छाता चुनाव चिह्न राख्ने सहमति गरिएको थियो।
२०७७ वैशाख १० गते पूर्वराजपा र पूर्वसमाजवादीबीच एकीकरण भएको थियो। त्यसको जानकारी गत असारमा गराइएको थियो। पार्टी एकीकरण भएको एक वर्षसम्म एकीकरणअघिको पार्टीको नाम कसैले दर्ता गर्न नपाउने कानुनी व्यवस्था छ। त्यसैले असारमा राजपा ब्युँझाउन सक्ने सम्भावना रहेको ठाकुरनिकट नेताहरू बताउँछन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।
ताजा

डडेल्धुराको एक कर्मचारी हात खुट्टा बाँधिएको र मुखमा बुझो कोचिएको अवस्थामा फेला….
२०७९ असार १३ गते, सोमबार
डडेल्धुराको एक कर्मचारी हात खुट्टा बाँधिएको र मुखमा बुझो कोचिएको अवस्थामा फेला….
२०७९ असार १३ गते, सोमबार
युक्रेनको राजधानी किएभमा रुसको आक्रमण…..
२०७९ असार १३ गते, सोमबार
आमा मानसिक राेगी बुवाको भर्खरेै मृ,त्यु घरमा खाने एक मुठ्ठि अन्न छैन् छोराछोरीको बिजोग ।
२०७९ असार १३ गते, सोमबार
टिका सानुले खुलाईन गायिका दिलमाया सुनारकाे मृ’त्युको डरलाग्दो रहस्य….
२०७९ असार १३ गते, सोमबार
श्रीमानले आफ्नै श्रीमतीको छु`रा हानी यसरी हत्या।
२०७९ असार १३ गते, सोमबार
लोकदोहोरी गायिका दिलमायाको मृ’त्युबारे धेरै संकाहरू…..?
२०७९ असार १३ गते, सोमबार
अमृत गिरीलाई भयो Blood cancer, उपचार नीकै खर्चिलो सहयोगको अपील, एक शेयरले उहाँको जिन्दगी बाँ”च्छ,सबैले शेयर गर्नुहोला।
२०७९ असार १२ गते, आईतवार
दोहोरी गायिका दिलमाया आफ्नै डेरामा मृत फेला, १ जना पक्राउ
२०७९ असार १२ गते, आईतवार
अर्थमन्त्रीको राजीनामा माग्दै उद्योगी व्यवसायी आन्दोलित…
२०७९ असार ११ गते, शनिबार
सप्तकोशी नदिमा डुंगा पल्टिँदा ४ घा,इते १ बेपत्ता, प्रहरीद्वारा खोजी कार्य जारी…..
२०७९ असार ११ गते, शनिबारलोकप्रिय

टिका सानुले खुलाईन गायिका दिलमाया सुनारकाे मृ’त्युको डरलाग्दो रहस्य….
२०७९ असार १३ गते, सोमबार
४ भाइ छोरा छन् तर आमा-बाउको यस्तो बि’ जोग भन्छन् रे “बा को मुख देखे साइत बिग्रन्छ !” ( भिडियो सहित)
२०७९ असार ६ गते, सोमबार
कबड्डी ४ लाई लाग्याे प्रतिबन्ध ।
२०७९ जेष्ठ ३१ गते, मंगलवार
ट्रकको ठ’क्टर बारामा माेटर साइकल सवार दम्पतीको मृ’त्यु!
२०७९ जेष्ठ ३० गते, सोमबार
मुग्लिनको जाममा फसेकी श्रीमतीलाई लिन हिडेका श्रीमान ३५ वर्षीय केशव घिमिरे साँखरमा सडक भासिँएकाे स्थानमा मृ`त फेला …
२०७९ जेष्ठ ३० गते, सोमबारमुग्लिनको जाममा फसेकी श्रीमतीलाई लिन जाँदा साँखरमा सडक भासिँएर श्रीमान केशव काे मृ,त्यु ..
२०७९ जेष्ठ ३० गते, सोमबारमौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही
२०७९ बैशाख २७ गते, मंगलवारदाजुद्वारा भाईको कफीशप उद्घाटन
२०७८ पुष १९ गते, सोमबार