राजपा ब्युँताउने खेलमा ठाकुर पक्ष

२०७८ जेष्ठ १३ गते, बिहीबार

काठमाडौं । जनता समाज पार्टी (जसपा) कार्यकारिणी समितिमा बहुमत पुर्‍याउन नसके राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल ब्युँताउने रणनीतिमा महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष जुटेको छ। ठाकुर पक्षका नेताहरू सकेसम्म कार्यकारिणीमा बहुमत जुटाउन प्रयास गर्ने, नसके राजपा ब्युँताउने आन्तरिक तयारीमा जुटेका हुन्।

कार्यकारिणीमा बहुमत जुटाउन सो पक्षले नेता अशोक राईसँग गम्भीर चरणको कुराकानी गर्ने भएका छन्। कार्यकारिणीमा राई र उनीनिकट चार सदस्य छन्। ती चारजनालाई आफ्नो पक्षमा ल्याउन सके कार्यकारिणीमा बहुमत पुग्ने आँकलन ठाकुर पक्षको छ। एकदुई चरण राईसँग कुराकानी भइसकेको ठाकुर पक्षका एक नेताले दाबी गरे। राईनिकट सांसद रेणुका गुरुङ कित्ता परिवर्तन गरेर ठाकुर पक्षमा पुगेकी छन्।
संसदीय दलमा ठाकुर पक्ष बहुमतमा छ। संसद् विघटन भएको अवस्थामा कार्यकारिणीमा बहुमत जुटाउन दुवै पक्षको हानथाप सुरु भएको हो। अहिले कार्यकारिणीमा उपेन्द्र यादव पक्ष बहुमतमा छ। ठाकुर पक्षका तीनजना कार्यकारिणी समितिका सदस्यहरू महेन्द्र यादव, गजाधार यादव र रमेश यादव कित्ता परिवर्तन गरी उपेन्द्र पक्षमा पुगेपछि कार्यकारिणीमा यादव पक्ष बहुमतमा रहन सफल भएको हो।
तर भित्रभित्रै यादव पक्षका एकदुईजना कार्यकारिणी समितिका सदस्यहरू आफ्नो पक्षमा आइसकेको ठाकुरनिकट नेताहरूको दाबी छ। ठाकुर पक्षका एक नेताले भने, ‘जसरी संसदीय दलमा पाँचजना सांसदले कित्ता परिवर्तन गरे, त्यसरी नै कार्यकारिणीमा पनि चारदेखि पाँच सदस्यले कित्ता परिवर्तन गर्दैछन्।’ ठाकुरनिकट नेता डा।सुरेन्द्र झाले पहिलो अध्यक्ष रहेका ठाकुर पार्टीका सबै निकायमा बहुमत र शक्तिशाली रहेको दाबी गरे।
‘पूर्वराजपा ब्युँझाउनेबारे पूर्वराजपाका नेताहरूले छलफल गरेका छन्। कार्यकारिणीमा जसले बहुमत जुटाउँछ, उसको पक्षमा जनता समाजवादी पार्टी नाम र छाता चुनाव चिह्न जानेछ,’ स्रोतले भन्यो, ‘पार्टीको नामभन्दा पनि चुनाव चिह्नको माया पूर्वराजपाका नेताहरूलाई छ। पोहर पूर्व राजपा र पूर्वसमाजवादीबीच एकीकरण गर्दा छाता चुनाव चिह्न राख्ने सहमति गरिएको थियो।
२०७७ वैशाख १० गते पूर्वराजपा र पूर्वसमाजवादीबीच एकीकरण भएको थियो। त्यसको जानकारी गत असारमा गराइएको थियो। पार्टी एकीकरण भएको एक वर्षसम्म एकीकरणअघिको पार्टीको नाम कसैले दर्ता गर्न नपाउने कानुनी व्यवस्था छ। त्यसैले असारमा राजपा ब्युँझाउन सक्ने सम्भावना रहेको ठाकुरनिकट नेताहरू बताउँछन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

653 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न

२०८३ श्रावण १८ गते, सोमबार

गीति एल्बम ‘जागृति’ लोकार्पण

२०८३ श्रावण १८ गते, सोमबार

सिरानचोक गाउँपालिका पूर्व अध्यक्ष गुरुङलाई सम्मान

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal