‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन
काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’को छायांकन सुरु भएको छ । चलचित्रको आज शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो ।
शुभमुहूर्तमा सिनेमाका अधिकांश कलाकारको उपस्थिति रहेको थियो । आजबाट सुटिङ सुरु भएको सिनेमाको पाँचखाल, पनौती र काठमाडौंमा छायांकन हुनेछ ।
छायांकन सुरु गर्दै निर्माणपक्षले चलचित्रको रिलिज डेट पनि अनाउन्स गरेको छ । यो चलचित्र चैत ४ गतेबाट प्रदर्शनमा आउनेछ ।
“हाम्रो चलचित्र म मदनकृष्ण चैत ४ गतेबाट अल नेपाल प्रदर्शनमा आउनेछ,” निर्देशक मिलन चाम्सले भने, “हामीले यसअघि अञ्जिलाको सिनेमा जसरी दर्शकले रुचाउनु भयो, त्यस्तै यो सिनेमालाई पनि उत्कृष्ट बनाउने प्रयास गर्नेछौँ ।”
‘म मदनकृष्ण’मा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन् । यो बायोपिकको शीर्ष भूमिकामा दर्शकले केकी अधिकारीलाई देख्न पाउनेछन् । उनले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन् ।
अरुण क्षेत्री हरिवंश आचार्यको रोलमा देखिनेछन् । हरिवंश मदनकृष्णको कलाकारिताको जोडी हुन् । यो जोडीलाई मह जोडीको नाम दिइएको छ ।
अरुणको अपोजिटमा वर्षा राउत देखिनेछिन् । उनले हरिवंश आचार्यको श्रीमतीको भूमिका निर्वाह गर्नेछिन् ।
मदनकृष्णको जिन्दगीका सुख, दुःख समेट्दै उनको सम्पूर्ण जीवन संघर्ष र आरोह–अवरोहलाई समेटेर निर्माण हुने बायोपिक सिनेमा ‘म मदनकृष्ण’लाई मिलन चाम्सले निर्देशन गर्दैछन् । उनले गत वर्ष चलचित्र ‘अञ्जिला’ निर्देशन गरेका थिए, जुन राष्ट्रिय फुटबल टिमकी गोलरक्षक तथा क्याप्टेन अन्जिला तुम्बाप्पेको बायोपिक थियो ।
मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाहलगायतको कथा बायोपिकमा समावेश हुनेछ । चलचित्रमा राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी विनोद न्यौपाने, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनाल, दिनेश डिसी, कृष्णभक्त महर्जन, सुरज तमु, दीया जिसी, सिर्जना अधिकारी, हिउँवाला गौतमलगायतको पनि अभिनय रहनेछ ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक ‘मदनकृष्ण’लाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन् । यो चलचित्रलाई काठमाडौं उपत्यकामा करण श्रेष्ठको रिच इन्टरटेनमेन्ट र काठमाडौं बाहिर रोहित कट्टले र रत्न श्रेष्ठको आरआर फिल्म्सले वितरण गर्नेछ ।
ताजा
आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प
२०८३ आश्विन ३ गते, शनिबार
आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प
२०८३ आश्विन ३ गते, शनिबार
‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र ‘बखत्ते’को शुभमुहूर्त
२०८३ आश्विन ३ गते, शनिबार
प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र चंगुलको ट्रेलर रिलिज
२०८३ आश्विन ३ गते, शनिबार
भूपेशको ‘मेरी आमा’ सार्वजनिक
२०८३ आश्विन ३ गते, शनिबार
आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै
२०८३ आश्विन ३ गते, शनिबार
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
२०८३ आश्विन २ गते, शुक्रबार
पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने
२०८३ आश्विन २ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





