Do Din Ki Zindagi Hai, Do Din Ka Mela | Neeraj Arya’s Kabir Cafe | GIFLIF

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रामनारायण विडारीले भारतले हडपेको भूमि फिर्ता नेपाल र नेपाली कर्तव्य भएको बताएका छन्। आइतबार प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथिको विचार गरियोस भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्। ‘अहिलेको अवसर प्राप्त गर्न हामीले धेरै आन्दोलन गर्नुपरेको थियो’, उनले भने, ‘लाठी खाइयो, थुनामा परियो, कालापानी क्षेत्र हाम्रो हो भन्दा गोदाइ खाइयो। त्यस्तो हुँदहुँदै आज हामी यहाँ आइपुग्यौँ।’ भारतले हडपेको भूमि हाम्रै हो भन्न पनि गणतन्त्र नै आउनुपरेको उनले दाबी गरे। ‘यति काम गर्नका लागि हामीलाई गणतन्त्र चाहिने अवस्था परेको रहेछ ।
गणतन्त्र नआइ यो काम भएन’, विडारीले भने, ‘जति धाक लाए पनि, जति लिपपोत गरे पनि, जति छोपे पनि गणतन्त्र नआइ, लोकतन्त्र नआइ हामीले यो काम गर्न सकेनौं।’ विडारीले कालापानी क्षेत्रबाट भारतीय सेनालाई हटाएर भूमि फिर्ता गराउने जिम्मेवारी पूरा गर्नुपर्नेमा उनले जोड दिए। ‘त्यहाँबाट भारतीय सेना फिर्ता गरेर सडक नेपालको स्वीकृतिबिना चल्न नदिने कर्तव्य हामीमा आइपुगेको छ’, उनले थपे। राजतन्त्र रहेकै बेला २०३२ सालमा चुच्चे नक्सा भाँचिएको आरोप उनले लगाए। ‘अहिलेको नेपालको निर्णयलाई भारतीय शासकको पैसामा बसेका बाहेक अरु कसैले विरोध गर्दैननन्’, उनले भने, ‘दक्षिण-उत्तर सबै सिमानामा बस्ने नेपालीलाई सलाम गर्नुपर्छ। त्यस क्षेत्रका बासिन्दाको हामीले इज्जत र सम्मान गर्नुपर्छ।’
सांसद विडारीले नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहमाथि कटाक्ष गरे। सिंहले केही दिनअघि ओलीले भूमि फिर्ता लिए उनको बुट पोलिस गर्न तयार रहेको बताएका थिए। विडारीले भारतबाट पैसा बुझ्नेहरुले भूमि फिर्ता ल्याए ओलीको बुट पालिस गर्ने कुरा गरेको भन्दै आक्रोश पोखे। ‘केही केहीले भूमि फिर्ता लियो भने ओलीको बुट पोलिस गर्छु भने। अहिले मोदीको बुट पोलिस गर्दैछन्। फिर्ता अयाो भने ओलीको बुट पोलिस गर्छन्’, उनले भने, ‘म प्रधानमन्त्रीलाई आग्रह गर्छु, भूमि फिर्ता आएपछि त्यस्ता मान्छेलाई बुट पोलिसभन्दा सिमानामा पाले बनाएर राख्नुपर्छ।’
यसैबीच आइतवार बसेको बैठकमा राष्ट्रियसभा सदस्यहरुले नेपाली भूमि फिर्ता लिनका लागि बलियो राष्ट्रिय एकताको आवश्यकता औंल्याएका छन्। आइतबार प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथिको विचार गरियोस भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा सहभागी सांसदहरुले भूमि फिर्ता गर्न बलियो राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका हुन्।
ताजा

डडेल्धुराको एक कर्मचारी हात खुट्टा बाँधिएको र मुखमा बुझो कोचिएको अवस्थामा फेला….
२०७९ असार १३ गते, सोमबार
डडेल्धुराको एक कर्मचारी हात खुट्टा बाँधिएको र मुखमा बुझो कोचिएको अवस्थामा फेला….
२०७९ असार १३ गते, सोमबार
युक्रेनको राजधानी किएभमा रुसको आक्रमण…..
२०७९ असार १३ गते, सोमबार
आमा मानसिक राेगी बुवाको भर्खरेै मृ,त्यु घरमा खाने एक मुठ्ठि अन्न छैन् छोराछोरीको बिजोग ।
२०७९ असार १३ गते, सोमबार
टिका सानुले खुलाईन गायिका दिलमाया सुनारकाे मृ’त्युको डरलाग्दो रहस्य….
२०७९ असार १३ गते, सोमबार
श्रीमानले आफ्नै श्रीमतीको छु`रा हानी यसरी हत्या।
२०७९ असार १३ गते, सोमबार
लोकदोहोरी गायिका दिलमायाको मृ’त्युबारे धेरै संकाहरू…..?
२०७९ असार १३ गते, सोमबार
अमृत गिरीलाई भयो Blood cancer, उपचार नीकै खर्चिलो सहयोगको अपील, एक शेयरले उहाँको जिन्दगी बाँ”च्छ,सबैले शेयर गर्नुहोला।
२०७९ असार १२ गते, आईतवार
दोहोरी गायिका दिलमाया आफ्नै डेरामा मृत फेला, १ जना पक्राउ
२०७९ असार १२ गते, आईतवार
अर्थमन्त्रीको राजीनामा माग्दै उद्योगी व्यवसायी आन्दोलित…
२०७९ असार ११ गते, शनिबार
सप्तकोशी नदिमा डुंगा पल्टिँदा ४ घा,इते १ बेपत्ता, प्रहरीद्वारा खोजी कार्य जारी…..
२०७९ असार ११ गते, शनिबारलोकप्रिय

टिका सानुले खुलाईन गायिका दिलमाया सुनारकाे मृ’त्युको डरलाग्दो रहस्य….
२०७९ असार १३ गते, सोमबार
४ भाइ छोरा छन् तर आमा-बाउको यस्तो बि’ जोग भन्छन् रे “बा को मुख देखे साइत बिग्रन्छ !” ( भिडियो सहित)
२०७९ असार ६ गते, सोमबार
कबड्डी ४ लाई लाग्याे प्रतिबन्ध ।
२०७९ जेष्ठ ३१ गते, मंगलवार
ट्रकको ठ’क्टर बारामा माेटर साइकल सवार दम्पतीको मृ’त्यु!
२०७९ जेष्ठ ३० गते, सोमबार
मुग्लिनको जाममा फसेकी श्रीमतीलाई लिन हिडेका श्रीमान ३५ वर्षीय केशव घिमिरे साँखरमा सडक भासिँएकाे स्थानमा मृ`त फेला …
२०७९ जेष्ठ ३० गते, सोमबारमुग्लिनको जाममा फसेकी श्रीमतीलाई लिन जाँदा साँखरमा सडक भासिँएर श्रीमान केशव काे मृ,त्यु ..
२०७९ जेष्ठ ३० गते, सोमबारमौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही
२०७९ बैशाख २७ गते, मंगलवारदाजुद्वारा भाईको कफीशप उद्घाटन
२०७८ पुष १९ गते, सोमबार