आजैदेखि सामाजिक सञ्जाल प्रतिबन्धः सञ्चारमन्त्री गुरुङ

२०८२ भाद्र १९ गते, बिहीबार

काठमाडौँ । नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय आजैबाट कार्यान्वयन हुने सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन्।

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे जानकारी दिँदै मन्त्री गुरुङले निर्णय बिहीबारबाटै लागू हुने र दर्ता गर्न आएमा सोही दिनबाट खुला हुने बताए। ‘सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गर्न आएमा सोही क्षणदेखि पुनः सक्रिय गराउन नेपाल सरकार दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको व्यहोरा सबैलाई अवगत छ। आजैबाट लागू हुन्छ। दर्ता गर्न आए आएकै दिनबाट खुला हुन्छ,’ उनले भने।

सर्वोच्च अदालतले पनि सामाजिक सञ्जाल सञ्चालनपूर्व अनिवार्य सूचीकरण गर्न आदेश दिएको भन्दै उक्त आदेश पालना गराउन पनि उक्त निर्णय गरिएको उनको भनाइ छ।

‘सर्वोच्च अदालतका प्रधान्यायधिशसहितको बृहत् पूर्ण इजलासले अदालतको अवहेलनासम्बन्धी मुद्दा नम्बर २०८० सीएफ ००११२ मा स्वदेशी तथा विदेशी उत्पतिको अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरुलाई सञ्चालनपूर्व अनिवार्य रुपमा सम्बन्धित निकायमा सूचीकरण गर्न गराउन नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ।’

149 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal