‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

पछिल्लो समय उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरु विदेश जानु नौलो विषय हैन । कक्षा १२ वा प्लस टू गरेसँगै विश्वका प्रतिष्ठित कलेज र विश्वविद्यालयमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुको लामो जमात छ । डेढ दशक अघिसम्म सिमित सभ्रान्त वर्गहरुका छोराछोरी मात्र विदेश अध्ययन गर्न जान्थे भने अहिले सामान्य मध्यम वर्गका छोराछोरी पनि उच्च शिक्षाकै लागि विदेश गएको १५ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय क्याम्ब्रिज एजुकेशन कन्सल्टेन्सीका संस्थापक शिशिर सिंखडा बताउनु हुन्छ । सिंखडाकै दावी अनुसार उच्च शिक्षाका लागि जो विद्यार्थी विदेश गएका छन् अधिकांश सफल भएका छन् । तथापि, शैक्षिक परामर्श व्यवसायीलाई दक्ष युवा जनशक्ति पलायन गराएको आरोप पनि छ । तर, उहाँ यो आरोपको ठाडै खण्डन गर्नुहुन्छ । नेपाली विद्यार्थी किन विदेशिइरहेका छन् ? के नेपालमा गुणस्तरीय शिक्षा छैन ?, विदेशमा उच्च शिक्षा हासिल गर्दा के पाइन्छ ?,कस्ता विद्यार्थीहरु विदेश अध्ययनका लागि योग्य हुन्छन् ?, विदेश जानुपूर्व के ध्यान दिने ? लगायका सवालमा उहाँसँग गरिएको कुराकानीको संक्षेपः

१. डेढ दशकदेखि शैक्षिक परामर्श क्षेत्रमा काम गरेको अनुभव छ, नेपाली विद्यार्थीहरु किन विदेशिइरहेका हुन् ?
उत्तरः सर्वप्रथम त म तपाईंले जसरी नेपाली विद्यार्थीहरु विदेशिए भन्ने दृष्टिकोणमा जुन प्रश्न गर्नुभयो त्यसलाई खारेज गर्दछु । किनभने, मेरो डेढ दशकको अनुभवले भन्छ उच्च शिक्षा हासिल गर्ने सोच लिएर जो विद्यार्थीहरु बाहिर गइरहेका छन् उनीहरु विदेशिएका हैनन् । पलाएन भएका हैनन् । विदेशिनु र ज्ञान आर्जन गर्न जानु नितान्त फरक कुरा हो । विदेशिनु भनेको आफ्नो राष्ट्रियता र स्वाभिमानलाई नै तिलाञ्जली दिएर जानु हो । आजसम्म जति नेपाली विद्यार्थीहरु विदेश गएका छन् उनीहरुले विदेशमा प्राप्त गरेको सफलता, ज्ञान र सीपलाई नेपाल र नेपालीकै परिचय दिएका छन् । त्यति मात्र हैन उनीहरुले विदेशमा प्राप्त गरेको ज्ञान, सीप र अनुभवलाई स्वदेश फर्किएर पनि उपयोग गरेकोले अध्ययनका लागि विदेश गएका युवाहरुलाई विदेशिएर भन्नु सहि हैन ।

२. नेपाली विद्यार्थीहरु किन विदेश जाने ?
उत्तरः सबैभन्दा पहिले जो विद्यार्थी विदेश जान खोजिरहेको छ उसले आफन्त वा बाबुआमाको करमा जाने कि ?, साथीभाईको लहलहै र देखासिकीमा जाने कि ? वा आफ्नै रहर र इच्छाशक्तिमा जाने ? त्यो क्लिएर हुन जरुरी छ । रहर, कर र देखासिकीमा गएको विद्यार्थीले कहिल्लै सफलता प्राप्त गर्न सक्दैन । त्यसकारण विदेश जान कुनै लहड र देखासिकी गर्नुहुन्न । फरक भूगोल, फरक परिवेश, फरक भाषा संस्कार र संस्कृतिमा रहेर अध्ययन गर्नु नेपालमा बाबुआमाको काखमा बसेर घुर्काई घुर्काई खाएर पढेको जस्तो हुँदैन । विदेशी भूमिमा प्रत्येक पाइला संघर्ष गर्न सक्नुपर्छ । जसले विदेशी भूमिमा संघर्षको भट्टीमा पग्लिएर आफूलाई निखार्न सक्छ त्यो विद्यार्थी जीवनमा जस्तोसूकै कठिन परिस्थितीबाट उत्रन सक्छ । किनभने, विदेशमा ज्ञान, सीपको अथाह खानी छ । त्यसलाई प्राप्त गर्न पनि विदेश जानुपर्छ ।

३. कस्ता विद्यार्थी विदेश जान सक्षम हुन्छन् ?
निकै महत्वपूर्ण प्रश्न गर्नुभयो । मैले माथि नै भनिसके अरुको इच्छा र अरुको देखासिकीमा विदेश जानु भनेको आफ्नो भविष्यसँगै आफुसँग जोडिएर आउने आमाबुबा तथा परिवारको सपनाको मलामी गए सरह हो । तर, जसले विदेश गएर उच्च शिक्षा हासिल गर्छु, आफ्नो भविष्य सुधार्छु, हातमा सीप र विश्वब्यापी डिग्री ल्याउँछु भन्ने संकल्पका साथ अगाडी बढेको हुन्छ त्यो विद्यार्थी विदेश अध्ययन गर्न सक्षम हुन्छ ।
अब एकेडेमिक र फाइनान्सियलको कुरा गर्नुपर्दा विदेश अध्ययन गर्ने सोच बनाउने विद्यार्थीले कक्षा १२ वा सो सरहको तह राम्रो जिपिए सहित उत्तीर्ण गरेको हुनुपर्छ । आइएलटीएस वा पिटिइमा न्यूनतम ६.५ तथा ७ सम्मको स्कोर ल्याउनुपर्छ, यद्यपि विश्वविद्यालय र कोर्सअनुसार यो फरक हुन सक्छ । मेहनती, अनुशासित र अध्ययनप्रति प्रतिबद्ध त हुनै पर्यो । आर्थिक पक्ष पनि महत्वपूर्ण हुन्छ । जाने देश र विश्वविद्यालयको शुल्क तिर्न सक्ने आर्थिक क्षमता भएका तथा अभिभावकको स्पष्ट र प्रमाणित आयस्रोत भएका विद्यार्थीहरु विदेश अध्ययनका लागि जान योग्य हुन्छन् ।

४. विदेशमा अध्ययन गर्दा नेपाली विद्यार्थीलाई छात्रवृत्तिको अवसर कति उपलब्ध हुन्छ ?
उत्तरः विद्यार्थीको शैक्षिक योग्यता र आइलटीएस वा पिटिईको स्कोरका आधारमा १५ प्रतिशत देखि ५० प्रतिशतसम्म विश्वविद्यालय र कलेजबाट छात्रवृत्ति प्राप्त गर्न सकिन्छ । राम्रो जिपिए र भाषा परीक्षाको उत्कृष्ट नतिजाका आधारमा उल्लेखनीय छात्रवृत्ति पाएका प्रसस्त उदाहरणहरू छन् । त्यसैले हामी विद्यार्थीलाई सुरुदेखि नै राम्रो तयारी गर्न प्रोत्साहित गर्छौं । साधारणतः कक्षा १२ पास गरिसकेपछि विद्यार्थीहरु विदेश अध्ययन गर्न योग्य हुन्छन् । यसवाहेक स्नातक पछि स्नातकोत्तर र पिएचडी गर्ने सोच बनाएका विद्यार्थीहरु पनि योग्य हुन्छन् ।

५. केही व्यक्तिहरू विदेश अध्ययनलाई ‘ब्रेन ड्रेन’ अर्थात् प्रतिभा पलायनको रूपमा व्याख्या गर्छन् । तपाईंको दृष्टिकोण के छ ?
उत्तरः म विदेश अध्ययनलाई केवल ‘ब्रेन ड्रेन’ भनेर हेर्नु उचित ठान्दिनँ । विदेश अध्ययन ज्ञान, सीप, प्रविधि र अन्तर्राष्ट्रिय अनुभव प्राप्त गर्ने अवसर हो । विश्वका विकसित राष्ट्रहरूले पनि आफ्नो जनशक्तिलाई विदेश पठाएर नयाँ ज्ञान र प्रविधि सिकाएका छन् । उदाहरणका लागि हाम्रै छिमेकी मुलूक चीनले कुनै समय हजारौं विद्यार्थीलाई विदेश पठाएर विज्ञान, प्रविधि र इन्जिनियरिङमा दक्ष जनशक्ति उत्पादन गर्यो । उनीहरूले विदेशमा सिकेको ज्ञान स्वदेश फर्किएर प्रयोग गरेकैले आज चीन विश्वकै शक्तिशाली र समृद्धशशाली देश बनेको हो । विगतमा उच्च शिक्षाका लागि विदेश गएका विद्यार्थीहरु त्यहाँ मात्र सफल भइरहेका छैनन्, त्यहाँ आर्जन गरेको ज्ञान र सीप र अनुभवलाई नेपालमा प्रयोग गरेर राष्ट्र निर्माणमा योगदान गरेका प्रसस्त उदाहरणहरु छन् । तसर्थ,  उच्च शिक्षा हासिल गर्न विदेश गएका विद्यार्थीहरुलाई ‘ब्रेन ड्रेन’का रुपमा हेरिनुहुन्न ।

६. विदेश जानुअघि विद्यार्थीले के–कस्ता तयारी गर्नुपर्छ ?
उत्तरः विदेश जाने सोच बनाउने बित्तिकै आवेदन प्रक्रिया मात्र पर्याप्त हुँदैन । विद्यार्थीले आफ्नो कम्युनिकेशन स्किल विकास गर्नुपर्छ । साथै बारिष्टा, ड्राइभिङ, बेकरी, हेयरकटिङ जस्ता व्यवसायिक सीप सिकेमा अध्ययन गर्दागर्दै त्यहाँको नियम अनुसार पार्ट–टाइम काम पाउन सहज हुन्छ । आजको प्रतिस्पर्धी विश्वमा केवल शैक्षिक प्रमाणपत्रले मात्र सफलता सुनिश्चित गर्दैन, व्यवहारिक सीप पनि उत्तिकै चाहिन्छ ।

७. विदेश पुगेपछि विद्यार्थीहरूले कस्ता चुनौती सामना गर्छन् ?
उत्तरः विदेशी भूमिमा संघर्ष सजिलो हुँदैन । नयाँ वातावरण, नयाँ संस्कृति, नयाँ कानुन र नयाँ जीवनशैलीसँग घुलमिल हुन समय लाग्छ । आर्थिक व्यवस्थापन, अध्ययनको दबाब र एक्लोपनाका कारण मानसिक चुनौतीहरू पनि आउन सक्छन् । त्यसैले विदेश जानुअघि मानसिक रूपमा पनि तयार हुन आवश्यक छ । जसले समयको मूल्य बुझ्छ, मेहनत गर्छ र आफ्नो लक्ष्यमा केन्द्रित रहन्छ, ऊ सफल हुन्छ ।

८. उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरूका लागि क्याम्ब्रिज किन फरक र विश्वसनीय मानिन्छ ?
उत्तरः क्याम्ब्रिज विगत १५ वर्षदेखि नेपाली विद्यार्थीहरूलाई विदेश अध्ययनका लागि शैक्षिक परामर्श प्रदान गर्दै आएको नेपाल सरकारद्वारा मान्यता प्राप्त संस्था हो । हामीले सधैं विद्यार्थीलाई सत्य, तथ्य र यथार्थमा आधारित परामर्श दिने नीति अपनाएका छौं । आजको समयमा धेरै विद्यार्थी र अभिभावक सही जानकारीको खोजीमा हुनुहुन्छ । हामी विद्यार्थीको शैक्षिक योग्यता, आर्थिक अवस्था, रुचि र भविष्यको लक्ष्य विश्लेषण गरेर उपयुक्त देश, कलेज तथा विश्वविद्यालय छनोटमा सहयोग गर्छौं । यही कारणले सयौं नेपाली विद्यार्थीहरूले क्याम्ब्रिजमार्फत आफ्नो शैक्षिक यात्रा सफलतापूर्वक अगाडि बढाएका छन् ।

९. क्याम्ब्रिजले कुन–कुन सेवाहरु उपलब्ध गराउँदै आएको छ ?
उत्तरः हामीले विदेश अध्ययनमा जान चाहने विद्यार्थी तथा अभिभावकहरुलाई सम्पूर्ण शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएका छौं । साथै आइएलटीएस र पिटिई तयारी कक्षासमेत सञ्चालन गरिरहेका छौं । विद्यार्थीलाई कोर्स छनौटदेखि विश्वविद्यालय आवेदन, भिसा प्रक्रिया र विदेश पुगेपछिको आवश्यक समन्वयसम्म सहयोग गर्ने गरेका छौं । क्याम्ब्रिजको उद्देश्य केवल विद्यार्थी विदेश पठाउने होइन, उनीहरूको सफल भविष्य निर्माणमा सहयात्री बन्नु हो ।

१०. क्याम्ब्रिजको सेवा सञ्जाल कति व्यापक छ ?
उत्तरः क्याम्ब्रिजको मुख्य कार्यालय काठमाडौंको बागबजारमा रहेको छ । अन्तराष्ट्रिय स्तरमा अष्ट्रेलिया र बेलायतमा समेत हाम्रा शाखा कार्यालय रहेकाले विदेश पुगेपछि विद्यार्थीलाई कुनै समस्या परेमा आवश्यक सहयोग र समन्वय गर्न सहज हुन्छ । विद्यार्थी र अभिभावकका लागि यो ठूलो भरोसाको विषय हो ।

११. क्याम्ब्रिजले कुन–कुन देशका कलेज र विश्वविद्यालयहरूसँग सहकार्य गरिरहेको छ ?
उत्तरः हामीले अष्ट्रेलिया, क्यानडा, बेलायत, न्यूजिल्यान्ड र अमेरिकाका प्रतिष्ठित तथा आधिकारिक शैक्षिक संस्थाहरूसँग सहकार्य गरिरहेका छौं । अष्ट्रेलियाका लिंकन हाइयर एजुकेशन, एआइई हाइयर एजुकेशन, एविआई हाइयर एजुकेशन र अजफोर्ड हाइयर एजुकेशन लगायतसँग काम गरिरहेका छौं । क्यानडाका लागि फेजरभ्याली युनिभर्सिटी, क्यालगरी कलेज अफ म्यानेजमेन्ट, रोयल रोेड युनिभर्सिटी, भ्यानियर कलेज, लोयलिस्ट कलेज, युनिभर्सिटी अफ नाएगारा फल्स तथा युनिभर्सिटी अफ क्यानडा वेस्टसँग काम गरिरहेका छौं ।
अब यूकेको कुरा गर्दा हामीसँग रोहाम्टन युनिभर्सिटी, युनिभर्सिटी अफ लण्डन, युनिभर्सिटी अफ लिभरपुल, क्विन्समेरी युनिभर्सिटी अफ लण्डन तथा कोभेन्ट्री युनिभर्सिटी जस्ता प्रतिष्ठीत कलेज र विश्वविद्यालयहरु छन् । यसका अलावा अमेरिका, यूरोपका धेरै देशहरुका प्रतिष्ठित कलेज र विश्वविद्यालयसँग काम गरिहेका छौं ।

१२. अन्त्यमा, विदेश जाने विद्यार्थीलाई के सन्देश दिनुहुन्छ ?
उत्तरः विदेश अध्ययन जीवनको महत्वपूर्ण निर्णय हो । अरूको लहैलहैमा लागेर वा सामाजिक दबाबका कारण निर्णय गर्नु हुँदैन । आफ्नो क्षमता, योग्यता, रुचि र भविष्यको लक्ष्यलाई ध्यानमा राखेर निर्णय गर्नुपर्छ । अध्ययनलाई प्राथमिकता दिनुपर्छ, पैसा कमाउने मात्र उद्देश्य बनाउनु हुँदैन । विदेश जानुअघि जाने देशको शिक्षा प्रणाली, आर्थिक अवस्था, आप्रवासी विद्यार्थीसम्बन्धी नीति तथा जीवनशैलीबारे राम्रोसँग बुझ्नुपर्छ ।
सबैभन्दा महत्वपूर्ण कुरा, आधिकारिक र विश्वसनीय शैक्षिक परामर्श संस्थामार्फत मात्र प्रक्रिया अगाडि बढाउनुपर्छ । अवास्तविक सपना देखाउने, नक्कली कागजात बनाइदिने वा तत्काल आकर्षक जागिरको आश्वासन दिने व्यक्तिबाट सधैं सावधान रहनुपर्छ । सही जानकारी, सही तयारी र सही मार्गदर्शनका साथ अघि बढेमा विदेश अध्ययनले विद्यार्थीको जीवन मात्र होइन, भविष्यमा राष्ट्रको विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउन सक्छ ।

13 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal