बस दुर्घटनामा ४५ जनाको मृत्यु

२०८० चैत्र १६ गते, शुक्रबार

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ४५ पुगेको छ ।

यातायात विभागका अनुसार, बोत्सवानाबाट लिम्पोपो प्रान्तको मोरिया शहरतर्फ गइरहेको यात्रुबाहक बस दुर्घटना भएको थियो । एक यात्रुको भने गम्भीर घाइते अवस्थामा उद्धार गरिएको अधिकारीहरुले बताएका छन् ।

दक्षिण अफ्रिकाका यातायात मन्त्री सिन्डीसिवे सिकुन्गाले मोरिया शहरनजिक भएको यस दुःखद घटनामा ज्यान गुमाउनेप्रति श्रद्धासुमन व्यक्त गर्दै सवारी चलाउँदा अत्यन्त सावधानी अपनाउन आग्रह गर्नुभयो ।

उद्धार कार्यका बारेमा प्रहरीले नियमित अद्यावधि विवरण सार्वजनिक गरिरहेको जनाएको छ । दुर्घटनाका बारेमा यथार्थ विवरण भने सार्वजनिक भइसकेको छैन ।

दुर्घटनामा ज्यान गुमाउनेहरु अधिकाँश इसाई समुदायको ईस्टर पर्वका अवसरमा सहभागीहरु रहेका प्रहरीको भनाई छ । उक्त बस अनियन्त्रित भई पुलबाट झण्डै ५० मिटर तल नदीमा खसेर आगो लागेको थियो ।

210 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal