कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ। यस वर्षको परीक्षामा सहभागी कुल परीक्षार्थीमध्ये ६४.३१ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्।

बोर्डका अनुसार यस वर्ष नियमित र आंशिक गरी कुल ४ लाख ९५ हजार १७० परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। जसमध्ये २ लाख ६८ हजार १९० जना विद्यार्थीले सफलता हात पारेका छन्।

नियमिततर्फको नतिजा विश्लेषण गर्दा सहभागी ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये ६९.७५ प्रतिशत अर्थात् २ लाख ३१ हजार ७७० विद्यार्थी सबै विषयमा ग्रेड प्राप्त गरी उत्तीर्ण भएका छन्। सोही समूहका १ लाख ४७१ विद्यार्थीले भने ‘एनजी’ (नन–ग्रेड) को सामना गर्नुपरेको छ, जुन नियमिततर्फको कुल परीक्षार्थी संख्याको करिब ३०.२५ प्रतिशत हो।

नतिजाअनुसार उत्तीर्ण विद्यार्थीमध्ये सबैभन्दा धेरै २.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने समूहमा रहेका छन्। विवरणअनुसार ३.६१ देखि ४.० जीपीए ल्याउने १७ हजार ७८६ जना, ३.२१ देखि ३.६० जीपीए ल्याउने ६४ हजार ८२१ जना र २.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २४९ जना रहेका छन्।

त्यसैगरी, २.४१ देखि २.८० जीपीए ल्याउने ५० हजार ५९७ जना, २.०१ देखि २.४० जीपीए ल्याउने ४ हजार ३०८ जना र १.६१ देखि २.०० जीपीए ल्याउने ९ जना विद्यार्थी रहेका छन्।

बोर्डले नतिजासँगै पूरक -मौका) परीक्षाको समेत मार्ग प्रशस्त गरेको छ। नीतिगत व्यवस्थाअनुसार सैद्धान्तिक परीक्षामा कम्तीमा ‘डी’ ग्रेड ल्याउन नसकेका, बढीमा दुई विषयमा ‘एनजी’ आएका वा बढीमा दुई विषयमा अनुपस्थित रहेका विद्यार्थीले पूरक परीक्षा दिन पाउनेछन्। बोर्डले यससम्बन्धी समयतालिका छिट्टै सार्वजनिक गरिने जानकारी दिएको छ।

विद्यार्थीहरूले आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट, नेपाल टेलिकमको वेबसाइट तथा एसएमएस सेवामार्फत सहज रूपमा हेर्न सक्नेछन्।

37 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न

२०८३ श्रावण १८ गते, सोमबार

गीति एल्बम ‘जागृति’ लोकार्पण

२०८३ श्रावण १८ गते, सोमबार

सिरानचोक गाउँपालिका पूर्व अध्यक्ष गुरुङलाई सम्मान

२०८३ श्रावण १८ गते, सोमबार

पुनः भक्तपुरबाट दुर्गा प्रसाईं पक्राउ

२०८३ श्रावण १८ गते, सोमबार

काठमाडौँ उपत्यकालगायत धेरै भूभागमा विहानैदेखि वर्षा

२०८३ श्रावण १८ गते, सोमबार

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा सवारी आवागमन बन्द

२०८३ श्रावण १८ गते, सोमबार

निर्मला पन्तदेखि सहकारी पीडितसम्म : राष्ट्रिय मुद्दामा आवाज उठाउँदै MDR Team

२०८३ श्रावण १७ गते, आईतवार

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal