कफीले देशमा आर्थिक सम्बृद्धि बनाउन टेवा पुर्याउँछ

२०८० मंसिर ८ गते, शुक्रबार

मेजरमान थिङ, उपाध्यक्ष, जिल्ला कफी सहकारी संघ, काभ्रे
तपाईंले शिक्षण पेशा छोडेर कफी व्यवसायतिर लाग्नु भयो नि, कारण ?
–परपाराग खेतीलाई छोडी आधुनिक खेती प्रणालीलाई व्यवस्थित गराई कृषि क्रान्ति गर्न र कि पृथ्वी सजायो कि त अन्तर्राष्ट्रिय बजारसम्म कफी निर्यात प्रबर्द्धन गरि देशको आर्थिक उन्नतिमा टेवा पुरायो भनी शिक्षण पेसा छोडी कफी खेती तिर लागेँ ।
कारणः
– युब शक्ति बिदेश छोडी स्वदेशमै बस्न,
– मातृभूमि प्रति अपनत्वको भावना जगाई उत्प्रेरित गराउन ।
– अर्गानिक उत्पादन गरि दैनिक खाद्यपुरक तत्व मात्र उपभोग गर्न वैकल्पिक स्वास्थ्य दिन ।
– गुणस्तरीय फलदायी कफी बढी उत्पादन सम्बन्धि ज्ञान सीप दिलाउन ।
शिक्षण पेशा र कफी व्यवसायमा कुन चाहिँले यहाँलाई बढी सन्तुष्टि दिलाएको छ ?
– नीलो आकाश मुनि स्वतन्त्र न्याय चाहने मानवीय स्वभावका हिसाबले जागिरे बन्धनमा भन्दा सदाबहार हरियाली कफी बगैंचामा रम्न पाउनु मलाई यस व्यवसायमै रामाईलो लाग्छ । यसमै सन्तुष्टि छु ।
अहिले काभ्रे जिल्लामा कफी व्यवसायको स्थिति कस्तो छ ?
–अहिलेसम्म पूर्णरूपमा व्यवसायिक भईसकेको छैन सामान्य निर्बाहमुखि मात्र छन् ।
काभ्रे जिल्लाको कुन क्षेत्रमा कफी उत्पादन बढी छ, र त्यस क्षेत्रमा बढी उत्पादन हुनाका करणसहित बताई दिनुहोस् ।
–काभ्रे जिल्लाको सबै भन्दा बढी कफी उत्पादन हुने महाँभारत गा.पा र खानीखोला गा.पा.डाँडापारी क्षेत्रमा ५० टन जति उत्पादन भईरहेको छ । त्यसमा जिल्ला कफी सहकारी संघको विशेष पहल कदमी र कृषकहरुको कफी खेती प्रति आकर्षित र चासो राखिएको कारणले उत्पादन गर्न सफल भएको हो ।
बिगतका वर्षमा भन्दा यस वर्ष काभ्रे जिल्लामा कफी उत्पादन के कति भयो र हुने अनुमान छ ?
–गत वर्ष भन्दा यस सर्ष धेरै फल्ने पालो हो गोडमेल र (प्रुनिङ) काँडछाड गर्ने प्राबिधिक ज्ञानको अभावका कारणले एक साल कम फल्ने अर्को साल धेरै फल्ने हुन्छ यस पालि ५० टन भन्दा बढी फल्ने अनुमान छ । कफी फ्रेस चेरी भर्खर टिप्दै गरेको हुँदा यति नै हुन्छ भन्ने एकिन छैन ।
कफी खेतीलाई अहिलेसम्म नेपाल सरकारले कुन रुपमा सहयोग गर्दै आईरहेको छ ?
–नेपाल सरकारले आर्थिक वर्षमा कृषि शीर्षकमा बजेट प्रस्तुत गरे पनि कफीको क्षेत्रमा सरकारी लगानी छैन । स्थानीय सरकारसँग निकट बिचार इतरका लागि केही लगानी गरेको बाहेक आम रुपमा सरकारी सहयोग गर्ने चेतना नभएसम्म प्रतक्ष किसानको जनजीविकासँग जोडिएको विषयमा सरोकारवालाबाट बेवास्ता गरेपछि कृषक वर्ग समुदायको आर्थिक समबृद्धि हुने कुरामा कठिनाई देखिन्छ ।
यहाँको बिचारमा कफी व्यवसायी वा कफी कृषकलाई सरकारले के कस्तो सहयोग गरिदिएमा कफीले अझ बढी प्रगति गर्न सकिन्थ्यो जस्तो लाग्छ ?
–नेपाल सरकारले नेपालको मध्य पहाडी भेगमा रहेका कफी व्यवसायी वा कृषकलाई पर्याप्त बिरुवा वितरण, सिँचाई सुबिधा, छहारी व्यवस्थापन, रोगको उपचार लगायत सम्पूर्ण प्राबिधिक ज्ञान दिलाउनका लागि तालिमका लागि व्यवस्थापन गरे, आन्तरिक नियन्त्रण प्रणाली लागूगरि प्रमाणिकरण गर्ने वातावरण सिर्जना गरिदिए देश विदेश ढुक्क साथ निर्यात हुन्थ्यो र हाम्रो बारीमा डलर फल्थ्यो त्यसपछि कफीले बढी प्रगति गर्न सकिन्थ्यो ।
कफी व्यवसायी कृषकले कफी उत्पादन बढी भन्दा बढी गर्न कुन–कुन कुरामा ध्यान दिनुपर्न हुन्छ ?
–विशेष गरि व्यवसायी कृषकले कफी बिरुवासँग राम्रो गरि भलाकुशारी गर्नुपर्छ बिरुवाको मनोबैज्ञानिक कुरा बुझ्नुपर्छ माटोसँगै खेल्नुपर्छ बिरुवासँगै लुकामरी खेल्न सक्नुपर्छ आफ्नो
श्रीमती, छोराछोरीलाई जतिकै माया गर्नुपर्छ आफ्नो श्रीमती बालबच्चालाई भोकभोकै बस्नुपर्दा तिर्खा लाग्दा अरुले मिठो मिठो खाँदा राम्रो साडी लगाई माइत जान नपाउँदा उसको मनमा कति बज्रपात हुन्छ । त्यसैगरी बिरुवाले पनि समयमै अर्गानिक मल, जल र छहारी उपचार पाएन भने भोकै प्यासै मृत्युको शैय्यामा तड्पिदै मर्न बाध्य हुन्छ । त्यसैले कफी बिरुवालाई बेलैमा छहारी मल, जल र जमिनलाई उर्बरा बनाई दिनुपर्छ अनि मात्र फलदायी र उत्पादन बढी हुन्छ यी कुरामा ध्यान दिनुपर्दछ ।
हाल कफीको अन्तर्राष्ट्रिय बजार के कस्तो छ र यसको भविष्य कस्तो देख्नु हुन्छ ?
–अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ पछि नेपाली अर्गानिक कफीको पेय पदार्थको रुपमा दोस्रो माग वा खपत हुन्छ । माग अनुसार दिनु सकिरहेको छैन । विश्व बजारमा नेपालीको कफीको भविष्य अहिलेसम्म राम्रोसँग छ । अरु देशको कफी मिसावट ग¥यो भने भविष्य खतम हुन्छ  ।
कफी उत्पादकहरुले हाल उचित मूल्य पाएका छन् कि छैनन् ? उचित मूल्य पाएका छैनन् भने त्यसका लागि के कुरामा सुधारको आवश्यकता देख्नु भएको छ ?
–अरु व्यवसायको जस्तो उतरचढाव नभए पनि निरन्तर पेय पदार्थ भएकोले अर्गानिक कफी भएकोले चित बुझ्दो छ । नेपाल सरकारले कर प्रणालीको दायरमा लागू गरेपछि एकद्वार प्रणालीमा व्यवसाय सञ्चालन गर्न पाए बिचौलियाको पर्दैन थियो । बिचौलियाको फन्दामा र झोले ब्यापारीको कारण कफीको भविष्यमा आँच आउने सम्भावना प्रबल छ ।
यहाँको कार्यकालमा काभ्रेमा कफी उत्पादनमा केकस्तो सुधार ल्याउनु भयो ? साथै भावी योजना के छ ?
–कफी रोप्न धेरै पटकपटकको प्रयत्न गरियो उचित मूल्य नपाउन्जेल सबैतिर ढाल्ने फडानी गर्ने प्रक्रिया पनि भयो ।
यसलाई तालिमको केही व्यवस्था भएपछि कफी किसानहरु आकर्षित भएका छन् । विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थासँग समन्वय गरि प्राबिधिक ज्ञान दिलाउने र कफीलाई गुणस्तर कायम राखि विश्वबजारमा निर्यात गरि देशको आर्थिक सम्बृद्धि बनाउन टेवा पु¥याउन कफीको क्षेत्रमा अहम भूमिका खेल्ने भावी योजना रहेको छ ।
कफी खेती गर्न चाहने नया“ कृषकलाई यहा“ के सल्लाह दिनुहुन्छ ?
–कफी खेती गर्न चाहने नयाँ कृषकलाई हालसम्म नेपालको कफी खेती असफल भएको प्रमुख कारण छहारी व्यवस्थापन हुन नसकेकोले छहारी बिना कफी हुँदैन ५० प्रतिशत छहारी व्यवस्थापन गरेपछि मात्र कफी खेती सफल हुन्छ भन्ने मेरो सल्लाह छ ।
अन्त्यमा आफूलाई लागेका र भन्न छुटेका केही छ क ?
– सर्वप्रथम कफी खेतीसम्बन्धी आफूले जानेका कुराहरु राख्ने मौका दिनु भएकोमा धेरैधेरै धन्यवाद । भन्न त धेरै थियो कफीको सम्बन्धमा, धेरै विषयवस्तुहरु छन् तर, यो छोटो संवादमा सबै कुरा राख्न सम्भव छैन । तर पनि कफी कृषकहरुले कफी खेती गर्नु भन्दा पहिले कफी कुन जातको हो पहिचान गरी सकेसम्म बर्मन जातको कफी खेती लगाउने साथै प्राविधिकहरुले सिफारिस गरेका कफी र उचाईमा कफी खेती गर्दा राम्रो हुने सबैमा जानकारी दिन चाहन्छु । ‘आलिदेखि थालीसम्म’ भन्ने किसानहरुको उक्तिजस्तै ‘नर्सरीदेखि कपसम्म’ कफी पु¥याउन जात पहिचान र उचित उचाईको छनौट गरी कफी खेती गर्दा उपयुक्त हुन्छ भन्न चाहन्छु ।

249 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal