नेपाली जनता अभिभावकविहीन र सहाराविहीन हुनुपरेको छ
विदुर बहादुर बस्नेत
नेपालको राजनीतिक परिवर्तनको लागि इतिहासमा थुप्रै आन्दोलनहरू भए । देश जोगाउन र बचाउन धेरै मानिसहरू शहीद भए । जनताको आन्दोलनकै कारण पटकपटक व्यवस्था नै परिवर्तन पनि गरिए । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आयो तर जनताको अवस्थामा उल्लेखनीय परिवर्तन आउन सकेन । नेपाली जनतालाई उनै पुरानै समस्याले छोडेको छैन ।
अस्ति र हिजो आर्थिक वा सामाजिक वा यस्तै किसिमका जेजे समस्याहरू थिए आज पनि ती यथावत नै छन् । आजको २१ औँ शताब्दीमा आइपुग्दा विश्वका कतिपय देशहरू कहाँबाट कहाँ आइपुगे । नेपाल भने जहिले पनि राजनीतिक अस्थिरताको फलामे साङ्लोमा फसिरहेको छ ।
नेपाली जनताको जीवनस्तर समयको परिवर्तनसँगै बढ्ला भन्दा झन् घढ्दो छ । नेपाली जनताहरूलाई जहिले पनि आधारभूत आवश्यकताहरू गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा, रोजगारकै अभाव र चिन्ता छ । समय क्रममा राजनीतिले निकास पाउनै नसक्दा देशले विकास पाउन सकेको छैन । देशको विकास हुन नसक्नुको मूल समस्या नै राजनीतिक अस्थिरता नै हो जस्तो लाग्छ । राजनीतिले निकास र देशले विकास हुन नपाउनु भनेकै राजनीतिक नेतृत्वको असक्षममता, भ्रष्टाचार र बेइमानी नै हो । राजनीतिक नेतृत्व सदा सत्ताको दाउपेचमा नै लम्पट भएको छ ।रेमिटान्सबाट देश चलाएका छन् । देशको करिब एक तिहाई जनसंख्या विदेशीएको छ । कृषिप्रधान देश भनेर चिनिएको नेपालका जग्गाजमीन र खेतबारीहरू बाँझिएका छन् । कतिसम्म लाजमर्दो अवस्था छ भने अर्बौँ खर्चेर टुथ पिक र सिन्कीसमेत देशले आयात गर्नुपरेको देखिन्छ । युवा शक्ति विदेशीएको छ । उत्पादन छैन, रोजगार छैन, निर्यात छैन, अनि देश कसरी चल्छ ? यो अहिले देशको राजनीतिक अस्थिरता र जिम्मेवारविहीन नेतृत्वले गर्दा अहिले देशका सम्पूर्ण संयन्त्रहरू काम नलाग्ने भुत्ते अवस्थामा पुगेका देखिन्छन् । यी सबै संयन्त्रलाई नसच्याएसम्म मुलुकले सही गोरेटो पहिल्याउन सक्दैन । मूलमा नै फोहोरको डङ्गुर थुप्रिएको छ, त्यसलाई हुत्याउनु पर्छ ।
कार्यपालिका,न्यायपालिका,व्यवस्थापिका, कर्मचारी प्रशासनमा सुशासन, इमानदारी, कर्तव्यबोध र जवाफदेही भन्ने नै छैन । केबल भ्रष्टाचार र अनियमितताको खेल मात्र हुने गरेको देखिन्छ । देश र जनताका बारेमा न नेताले सोच्छ न कर्मचारीले सोच्छ । राजनीति भनेको केबल सत्ता र चुनावदेखि चुनावसम्म मात्रको खेल भएको देखिन्छ ।
गणतन्त्र र संघीयताको नाममा एउटा राजा हटाएर हजारौँ राजा बनाइए । गाउँ–गाउँमा सिंहदरबार बनाउने भनेर झन् न्याय निसाफ बिनाका राजदरबार बनाइए । विकासका नाममा डोजरे विकास र भ्यूटावर बनाइए । मूलधारका राजनीतिक दलका नेतृत्वहरू पूर्ण रुपमा असफल र अयोग्य प्रमाणित भएका छन् । उनीहरू अझै पनि जनतालाई झुक्याउने र कुम्ल्याउने दाउमा नै रहेका भने देखिन्छन् । बाहिर एक आपसमा गाली गरेको नाटक गर्दै सत्तालाई बाँडिचुडी खाने प्रयत्नमा लागिरहेकै छन् । उनीहरूको राजनीति र सोच भनेको सत्तालाई कसरी टिकाउने र देशको सम्पत्ति कसरी लुट्ने भन्ने मात्रै भएको देखिन्छ । यस्तो अवस्थामा नेपाली जनताहरू अत्यन्तै सचेत र सजग हुनुपर्ने देखिन्छ ।
आज प्रजातन्त्र पुनःबहाली भएको चौतीस वर्ष बितेको छ । तर जनताको जीवनस्तर र भौतिक पूर्वाधारमा खासै परिवर्तन हुन सकेको छैन । देशलाई उठ्न नसक्ने तरिकाले भड्खालोमा जाक्ने काम गरिँदैछ । राजनीतिक दलहरू बारम्बार पुरानै र फोहोरी खेलमा रमाइरहेका छन् । दलहरूका बीचमा कुनै दिन पनि जनताका समस्याका बारेमा छ्लफल, बहस, चिन्ता, योजना भए भनेर सुनिँदैन । राज्यसत्ताले संविधान र कानूनी राज्य सञ्चालन गर्न सकेको छैन । राजनीतिक नेतृत्वमा इच्छा शक्ति हुने हो भने एक दशकमा नै उथलपुथल भई विकासको चुचुरोमा पुगेका देशहरू थुप्रै छन् । नेपाल विकास गर्न खोज्दाखोज्दै कुनै प्राकृतिक विपत्ति वा युद्धका कारण विकसित हुन नसकेको देश होइन । यो त विकास गर्नै नखोजेर देशका बारेमा चिन्ता र चिन्तन नै नभएर अविकसित बनाइएको देश हो । देशलाई केही सीमित व्यक्तिले आफ्नो मुठ्ठीभित्रको माखो जस्तो बनाएका छन् । विगत तीन दशकदेखि नै सीमित व्यक्तिको मुठ्ठीभित्र देश फसेको छ । राज्यका सम्पूर्ण संयन्त्रहरूमा ती सीमित व्यक्तिहरूले भ्रष्टाचारको बलियो जालो तोड्न नसक्ने गरी फैलाएका छन् । राज्य संयन्त्रलाई आफ्नो कमाउने धन्दाको नेटवर्क बनाएका छन् ।
राज्यसत्ता गोलो घेराको खेल जस्तो भएको देखिन्छ । राजनीतिक र प्रशासनिक नेतृत्वले सत्ता र प्रशासनलाई आफ्नो पैत्रिक सम्पत्ति जस्तो ठानी अरु कसैलाई छिर्न वा पर्न नदिने दाउमा लागिरहेका हुन्छन् । विभिन्न राजनीतिक दलहरूले आफ्ना नाम जेसुकै राखे पनि दलीय चिन्तन, वाद, सिद्धान्त भनेको जसरी पनि सत्तामा पुग्नु नै भन्ने देखिन्छ ।
राजनीतिक दल र नेतृत्वमा दृढ इच्छाशक्ति र देश बनाउने सपना नहुनाले नै आज देश यति धेरै पछाडि परेको हो । कतिपय राजनीतिक दलहरू त व्यक्तिका निजी कम्पनी जस्ता बनेका छन्, जहाँ नेतृत्वको टीके प्रणालीबाट दलहरू चलेका देखिन्छन् । दलहरूमा कत्ति पनि आन्तरिक लोकतन्त्रको अभ्यास र प्रयोग भन्ने छैन । देशलाई नै लुटी सिद्धान्त र निष्ठा बिनाका झोले र टीके कार्यकर्ता पालेर दल चलाइएको देखिन्छ । अहिले नेपाली जनताहरू अभिभावकविहीन र सहाराविहीन हुनुपरेको छ । नेपाली जनतामा चरम निराशा देखिन्छ । जनताहरू यी नेतृत्वको व्यवहार देखेर वाक्क, दिक्क र खिन्न छन् । देशमा जरा गाडेर बसेको यो नेतृत्व र विकृतिका विरुद्धमा आलोचना, विरोध, बहिष्कार र आक्रोशका ज्वाराभाटाहरू दन्काउनु पर्ने नै देखिन्छ । अब चुप लागेर सच्चिन्छ्न् कि भन्ने दिन गए ।
बरु गधालाई धोएर गाई बन्ला तर यी नेतृत्वलाई जति गाली गरे पनि सच्च्याउँछु भने पनि कहिल्यै सुध्रिनेवाला र सच्चिनेवाला छैनन् । नेपाली जनताले धेरै वर्ष पर्खे र हेरे तर परिणाम केही आउन सकेन बरु झन् बर्बादीको बाटोतिर धकेलिन लागेको पो देखिन्छ । यो संसारमा हरेक कुराको विकल्प छ । व्यक्तिको विकल्प व्यक्ति र दलको विकल्प दल नै हुन सक्छ । विकल्प नै नसोची निराश भएरै बस्ने हो भने देशले कहिल्यै पनि राजनीतिक निकास र विकास पाउन सक्दैन । दल सच्चाउने वा सच्चिने भन्दा पनि अब जनता नै सच्चिनु पर्ने देखिन्छ । कसैको पुच्छर वा झोले बनेर हो मा हो थप्नु हुँदैन । सही र गलतका आधारमा आलोचना र विरोध गर्नुपर्छ । आँखा चिम्लेर यो मेरो दलको मान्छे भनेर मत खसाल्ने परम्परालाई अन्त्य गरिनुपर्छ । राजनीतिलाई पेशा वा व्यवसाय बनाउनु हुँदैन । गएको निर्वाचनको बेलामा आएको एउटा लहर वा नारा नो नट अगेनलाई सार्थक बनाउनु पर्छ ।
पुराना दलका शीर्षस्थ नेतृत्व पङ्तिलाई सदाका लागि बिदा गर्नुपर्छ । अहिले नेपाली राजनीतिमा देखा परेका वैकल्पिक दल वा मूलधारको राजनीति भित्रको पुस्तान्तरण र रुपान्तरण मुद्दा उठाउँदै नेतृत्वको विकल्पका रुपमा आउन खोजेका नयाँ युवा शक्तिलाई आशाको त्यान्द्रोको रुपमा लिइ साथ र समर्थन गरिनु नै अहिलेको प्रमुख रानैतिक समय सापेक्षिक विकल्प देखिन्छ ।
(लेखक नेपाली काँग्रेस धुलिखेल नगर सभापति हुनुहुुन्छ ।)
ताजा
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने
२०८३ जेष्ठ २८ गते, बिहीबार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३ जेष्ठ २८ गते, बिहीबार
‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार
२०८३ जेष्ठ २८ गते, बिहीबार
संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण
२०८३ जेष्ठ २८ गते, बिहीबार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवार
महावीर पुन मन्त्री बन्दै
२०८३ जेष्ठ २६ गते, मंगलवार
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





