‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

काठमाडौँ । चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’को अभिनय रहेको म्युजिक भिडियो ‘बसौँ हजुर’ सार्वजनिक भएको छ । बसन्त थापा मगरको शब्द, संगीत र स्वरमा तयार पारिएको रोमान्टिक गीतको भिडियोमा जोगिन्दरलाई मोडल सेजल कँफियासँग रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।
हास्य भूमिकामा दर्शक रिझाउदै आएका जोगिन्दर र मोडल सेजलको केमेस्ट्री भिडियोमा सुहाउदो देखिएको छ । भिडियोमा लामो समयको विदेश वा बाहिरी बसाइबाट आफ्नो गाउँ फर्किँदाको खुसी, बाल्यकालका साथीभाइसँगको आत्मीय मिलन र आफ्नो प्रियसीसँगको सामीप्यतालाई मुख्य विषयवस्तु बनाइएको छ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण ग्रामीण परिवेश, हरियाली खेतबारी, नदी किनार र परम्परागत नेपाली गाउँघरका दृश्यहरूले भिडियोलाई थप आकर्षक र जीवन्त बनाएका छन् । रामेश्वर हुमागाईं र शौखिन तिमल्सिनाको छायांकन रहेको यस भिडियोलाई शौखिन तिमल्सिनाले नै सम्पादन गरेका हुन् ।
पछिल्लो समयका चर्चित र ब्यस्त निर्देशक समन अधिकारी निर्देशित भिडियो ‘रेस्क्यु क्रिएसन’ को ब्यानरमा निर्माण भएको हो । भिडियोले नेपाली गाउँघरको मौलिकता, प्रेम र पुरानो यादलाई ताजा गराउने प्रयास गरेको छ । हास्य विधाभन्दा फरक भूमिकामा प्रस्तुत भएका कलाकार जोगिन्दरको यो नयाँ शैलीलाई दर्शक तथा श्रोताले सकारात्मक रूपमा लिने अपेक्षा निर्माण पक्ष्को छ ।

51 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal