‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार
काठमाडौँ । चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’को अभिनय रहेको म्युजिक भिडियो ‘बसौँ हजुर’ सार्वजनिक भएको छ । बसन्त थापा मगरको शब्द, संगीत र स्वरमा तयार पारिएको रोमान्टिक गीतको भिडियोमा जोगिन्दरलाई मोडल सेजल कँफियासँग रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।
हास्य भूमिकामा दर्शक रिझाउदै आएका जोगिन्दर र मोडल सेजलको केमेस्ट्री भिडियोमा सुहाउदो देखिएको छ । भिडियोमा लामो समयको विदेश वा बाहिरी बसाइबाट आफ्नो गाउँ फर्किँदाको खुसी, बाल्यकालका साथीभाइसँगको आत्मीय मिलन र आफ्नो प्रियसीसँगको सामीप्यतालाई मुख्य विषयवस्तु बनाइएको छ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण ग्रामीण परिवेश, हरियाली खेतबारी, नदी किनार र परम्परागत नेपाली गाउँघरका दृश्यहरूले भिडियोलाई थप आकर्षक र जीवन्त बनाएका छन् । रामेश्वर हुमागाईं र शौखिन तिमल्सिनाको छायांकन रहेको यस भिडियोलाई शौखिन तिमल्सिनाले नै सम्पादन गरेका हुन् ।
पछिल्लो समयका चर्चित र ब्यस्त निर्देशक समन अधिकारी निर्देशित भिडियो ‘रेस्क्यु क्रिएसन’ को ब्यानरमा निर्माण भएको हो । भिडियोले नेपाली गाउँघरको मौलिकता, प्रेम र पुरानो यादलाई ताजा गराउने प्रयास गरेको छ । हास्य विधाभन्दा फरक भूमिकामा प्रस्तुत भएका कलाकार जोगिन्दरको यो नयाँ शैलीलाई दर्शक तथा श्रोताले सकारात्मक रूपमा लिने अपेक्षा निर्माण पक्ष्को छ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





