संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण
काठमाडौं । संगीत रोयल्टी संकलन समाज नेपालले गीतकार तथा संगीतकारहरूलाई रोयल्टी वितरण गरेको छ । समाजले टिकटक, यातायात क्षेत्र, रेडियो, होटल तथा स्वदेश र विदेशबाट संकलित रोयल्टी रकम गीतकार तथा संगीतकारहरूलाई वितरण गरेको हो ।
संगीत रोयल्टी संकलन समाज नेपालले आफ्नो स्थापना दिवस तथा १९औँ वार्षिकोत्सवको अवसर पारेर काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा कार्यक्रम गर्दै संस्थामा सदस्यता लिएर आफ्ना गीत तथा सिर्जना दर्ता गरेका गीतकार, संगीतकार र (श्रस्टाहरुको अनुमती प्राप्त) प्रकाशकहरूलाई रोयल्टी वितरण गरेको हो ।
समाजमा दर्ता नभएका गीत तथा स्रष्टाहरूको अभिलेख उपलब्ध नहुने भएकाले उनीहरू रोयल्टीबाट वञ्चित हुने गरेका छन् ।यस विषयलाई केन्द्रमा राख्दै प्रमुख कार्यकारी सागर पाण्डेको संयोजकत्वमा रोयल्टी प्राप्तिका प्रक्रिया, आवश्यक मापदण्ड तथा रोयल्टी संकलन हुने विभिन्न क्षेत्रबारे जानकारीमूलक प्रस्तुति गरिएको थियो ।
संगीत रोयल्टी समाज नेपालको वेभसाइट mrcsn.org पनि सार्वजनिक गरिएको छ । यस सस्थाको सदस्यता लिएका गीतकार र संगीतकारहरुले वेबसाइट mrcsn.org मा लगइन गरी आफ्नो मोबाइल नम्बर र पासवर्ड राखेर कुन गीतको केके बाट कति रकम जम्मा भयो भन्ने जानकारी प्राप्त गर्न सक्ने छन् ।
जम्मा भएको रकम आफ्नो अनुकुल अनुसार आफूले चाहेको समयमा सिधै आफ्नै बैंक खातामा जम्मा गर्न सकिने बेबस्था पनि गर्न लागेको समाजले जनाएको छ ।
सामजको कार्यालयमा उपस्थित हुन नसक्ने गीतकार र संगीतकारहरुले फोन मार्फत जानकारी लिई अथवा वेबसाइटबाटै आफ्नो गीतहरू दर्ता गर्न सकिने संगीत रोयल्टी समाज नेपालका अध्यक्ष अधिकारीले जानकारी दिएका छन् ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





