मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

काठमाडौं। प्रधानमन्त्री बालेन शाहले मध्यरात आफ्नो आधिकारिक सामाजिक सञ्जालमा एउटा व्यङ्ग्यात्मक स्टाटस लेखेका छन् । उनले भनेका छन् ‘मलाई पनि एम्बासडर (राजदूत) बन्न मन छ, पीएम (प्रधानमन्त्री) को नम्बर छ भने यसो दिनुस् न’ भनी लेखेका छन्।

मेयर शाहको यो छोटो तर अर्थपूर्ण स्टाटस सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा यसले निकै चर्चा पाएको छ भने प्रशासनिक क्षेत्रमा हुने पदीय भागबन्डा र दबाबको प्रवृत्तिमाथि समेत यसले गम्भीर प्रश्न उठाएको छ । यस घटनाको मुख्य पृष्ठभूमि हेर्दा, गत बिहीबार उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव कृष्णहरि पुष्करले आगामी असार २४ गते सरकारी सेवाबाट अनिवार्य अवकाश पाउन लागेकाले त्यसअघि नै आफूलाई कुनै देशको राजदूत नियुक्त गरिदिन आग्रह गर्दै मेयर बालेन शाहलाई एउटा व्यक्तिगत एसएमएस पठाएका थिए।

उक्त सन्देशमा उनले आफू सरकारी सेवाबाट निवृत्त हुन लागेको जानकारी गराउँदै उपयुक्त मुलुकको राजदूत पदमा नियुक्तिका लागि राजनीतिक लबिइङ गरिदिन वा सहजीकरण गरिदिए आफू निकै आभारी हुने उल्लेख गरेका थिए । एउटा राष्ट्रको जिम्मेवार र विशिष्ट श्रेणीको बहालवाला सचिवले मर्यादा र कूटनीतिक संयमता विपरीत प्रधानमन्त्रीलाई राजदूत बनाइदिन भन्दै सन्देश पठाएको विषयलाई शाहले सार्वजनिक रूपमै बहसमा ल्याइदिएका हुन्।

उक्त सन्देश प्राप्त भएपछि प्रधानमन्त्री शाहको सचिवालयले देशको प्रशासनिक मर्यादा र पदको दुरुपयोग भएको भन्दै आपत्ति जनाएको थियो । यो विषय सरकारी संयन्त्र र प्रधानमन्त्री कार्यालयसम्म पुगेपछि उक्त अस्वाभाविक हर्कत र पदीय आचरण विपरीत कार्य गरेको अभियोगमा सचिव पुष्करलाई तत्कालै कारबाहीको दायरामा ल्याइएको छ।

सरकारले उनलाई उपराष्ट्रपति कार्यालयको जिम्मेवारीबाट तत्कालै हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त अर्थात् जगेडा समूहमा तान्ने निर्णय गरिसकेको छ।

51 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal