बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना
२०८० मंसिर ५ गते, मंगलवार
काठमाडौं । बीबीसीको सन् २०२३ मा विश्वका सबैभन्दा प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली परेकी छन् । बीबीसीले सार्वजनिक गरेको सय प्रभावशाली महिलाको सूचीमा नेपालकी कपाली पनि अटाएकी हुन् ।
ट्रान्सजेन्डर मानवअधिकारवादी अभियन्ता कपालीले यौनिक तथा अल्पसंख्यक लैंगिक समूहको अधिकारका लागि लड्दै आएकी छिन् ।
नेपालकै स्थानीय नेवा जातीय समुदायकी कपालीले हुर्किँदै गर्दा आफ्नो परिचयबारे कुनै जानकारी पाउन सकिनन् । किशोरावस्थाबाठ भने उनी समलिंगी अधिकारका लागि सामाजिक सञ्जालमा आवाज उठान थालिन् ।
सय जना प्रभावशाली महिलाको सूचीमा अमेरिकाकी भूतपूर्व प्रथम महिला मिसेल ओबामा, बालेड डिओर जित्ने फुटबलर आइताना बोनमाटी लगायत छन् ।
39 Views