नेपालमा मुल भएकी मुर्मु भारतको राष्ट्रपति बनेपछि नेपाल-भारत सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास..

२०७९ श्रावण १० गते, मंगलवार

भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूले नेपाल र भारतको सम्बन्ध नयाँ उचाइमा पुग्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीटरमार्फत दिएको बधाई सन्देशको प्रतिउत्तरमा उहाँले लेख्नुभएको छ, नेपाल र भारतबिचको उत्कृष्ट मित्रता र महान सम्बन्ध छिट्टै नयाँ उचाइमा पुग्नेमा म पनि विश्वस्त छु ।

प्रधानमन्त्री देउवाले उहाँलाई बधाई दिँदै नेपाल र भारतको द्विपक्षीय सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्नेमा आफू विश्वस्त रहेको बताउनुभएको थियो ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि मुर्मूलाई बधाई दिनुभयो। उहाँले ट्वीटरमा लेख्नुभएको छ,मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा महामहिम द्रौपदी मुर्मूज्यूलाई म हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छु । यहाँको कार्यकालमा हाम्रा दुई देश बिचको सहकार्यले नयाँ उचाई प्राप्त गर्नेमा म पूर्ण विश्‍वास व्यक्त गर्दछु ।भारतको सत्तारुढ गठबन्धनबाट राष्ट्रपति चुनिनुभएकी मुर्मूले विपक्षी गठबन्धनको समर्थन पाएका यसवन्त सिन्हालाई पराजित गर्नुभयो । उहाँले आइतबारदेखि कार्यभार सम्हाल्ने तय भएको छ । राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल आइतबार नै सकिँदै छ ।

उहाँ नेपाली मुलकी हुनुहुन्छ । पूर्वी राज्य उडिसाकी ६४ वर्षिया मुर्मु सन् २०१५ देखि २०२१ सम्म झारखण्ड राज्यको राज्यपाल हुनुहुन्थ्यो ।

सन्थाल जातिकी अल्पसङ्ख्यक सदस्य उहाँको समुदायका मानिस पूर्वी नेपालको झापा र मोरङमा बसोबास गर्दै आएको समाचार संस्था एपीले जनाएको छ ।

राजनीतिमा प्रवेश गर्नु अघि उहाँ विद्यालय शिक्षिका हुनुहुन्थ्यो । प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीबाट दुई पटक सांसद भएकी उहाँका बुबा र हजुरबुवा उडिसाको मयुरभञ्ज जिल्लाको बैदापोसीमा गाउँका प्रमुख हुनुहुन्थ्यो ।

170 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal