यी तीन यूवा जसले लगाए एमसीसीको मतियार शेरबहादुर देउवा मु,र्दावादको नारा !

२०७९ श्रावण १० गते, मंगलवार

सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादरु देउवा ज्योतिषिमा औधी विश्वास गर्दछन् । ज्योतिषिय भाषामा भन्नु पर्दा आजको ग्रह दशा उनको राम्रो रहेनछ ।

देउवा सहभागी भएको एक कार्यक्रममा तीन जना युवाहरुले नागरिकता विद्ययेक खारेज गर भन्दै नाराबाजी गरेका थिए । देउवाको कानैमा पुग्ने गरि नारबाजी गर्ने युवाहरुको परिचय खुलेको छ । स्वतन्त्र अभियानमा रहेकी ती युवाहरुले निरन्तर नागरिकता विद्ययेकको विरोध गर्दै आएका थिए ।

प्रधानमन्त्री देउवा सहभागी भएको कार्यक्रममै पुगेर नाराबाजी गर्ने तीन युवाहरु हुन् अजुर्नराज पौडेल, सोम शर्मा र विप्लव खड्का । यी तीन जना युवाहरुले नागरिकता विद्ययेक खारेज गर भन्ने प्ले कार्ड हातमा बोकेर नारबाजी गरेका थिए ।

सुरुमा एक जनाले ढोकाबाट नागरिकता विद्ययेक खारेज भन्दै प्लेकार्ड देखाएर नारा लगाउँन थाले उनलाई तुरुन्त प्रहरीले बल पुवर्क नियन्त्रणमा लिएको थियो ,लगत्तै देउवाको छेवैमा अर्को नारा लाग्यो एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद भन्दै ।

एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावादको नारा लगाउँने युवा थिए १९ बर्षिय अर्जुनराज पौडेल ,सानै उमेर देखी राष्ट्रियताको सन्दर्भमा खरो बोलेर चर्चामा आएका उनी एमसीसी , नागरिकता विद्ययेक जस्ता कुरा आउँदा सडकमै आएर आन्दोलन गरिरहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्नका लागी देउवालाई उद्घोषले आमन्त्रण गर्ने वित्तिकै हातमा नागरिकता विद्ययेक खारेज गर भन्दै एक युवाले नाराबाजी गर्न थाले उनलाई तुरुन्त प्रहरीले बल पुर्वक बाहिर निकाल्यो त्यस लगत्तै अर्जुनराज पौडेलले एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद भन्दै नारा लगाएका थिए । उनलाई पनि देउवाका सुरक्षा गार्डहरुले कठालो समातेर बाहिर निकालेका थिए ।

प्रहरीले नियन्त्रणमा लिएका युवाहरुको अवस्था अहिले पनि अज्ञात रहेको छ । उनीहरुलाई अहिले कहाँ राखियो भनेर केहि जानकारी प्रहरीले गराएको छैन । तीन युवालाई प्रहरीले अपहरण गरेको भन्दै सामाजिक संजालमा व्यापक विरोध सुरु भएको छ ।

ती युवाको अवस्था सार्वजनिक हुन पर्ने र उनीहरुलाई तुरन्त रिहाइ गरिनु पर्ने भन्दै सामाजिक अभियान्ताहरुले समाजिक संजाल मार्फत दबाव बढाउँदै लगेका छन् । विभिन्न व्यक्तिहरुले सामाजिक संजालमा स्टाटस लेख्दै तीन युवालाई तुरुन्त रिहाइको माग गरेका छन् ।

192 Views

ताजा

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह

२०८३ बैशाख ११ गते, शुक्रबार

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह

२०८३ बैशाख ११ गते, शुक्रबार

आज देशभर बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११ गते, शुक्रबार

खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा  

२०८३ बैशाख ११ गते, शुक्रबार

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख ६ गते, आईतवार

बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

२०८३ बैशाख ६ गते, आईतवार

ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया

२०८३ बैशाख ६ गते, आईतवार

संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान

२०८३ बैशाख ६ गते, आईतवार

‘जीवन रहरमै’ बजारमा

२०८२ चैत्र ३० गते, सोमबार

खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”

२०८२ चैत्र ३० गते, सोमबार

दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)

२०८२ चैत्र ३० गते, सोमबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal