डा. राजु अधिकारीलाई पहिलो एनआरएन विज्ञान तथा प्रविधि पुरष्कार प्रदान

२०८० मंसिर २३ गते, शनिबार

काठमाडौँ । अष्ट्रेलियामा बसोबास गर्ने वैज्ञानिक डा राजु अधिकारीलाई पहिलो गैर आवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कार प्रदान गरिएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) द्वारा स्थापित उक्त पुरष्कार पाउने उनी पहिलो गैर आवासीय नेपाली वैज्ञानिक हुन्। नास्टद्वारा बुधबार आयोजित एक समारोहमा प्रधानमंत्री पुष्पकमल दाहाल प्रचण्डले उक्त पुरस्कार प्रदान गरे। एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतले डा अधिकारीको तर्फबाट उक्त पुरस्कार ग्रहण गरेका थिए।

स्वास्थ्य, कृषि, विद्युत प्रवाहकीय, ओएलइडी खाद्य पदार्थ आदिमा आवश्यक पर्ने नविन प्रकारका वातावरण मैत्री प्लास्टिक पदार्थहरुको विकास गरी पेटेन्ट तथा वैज्ञानिक प्रकाशनद्वारा नविन प्रविधि विकास गर्नुका साथै विदेशमा रही नेपाल साइन्स फाउन्डेशन ट्रष्ट लगायतका संस्था मार्फत संसारभरका वैज्ञानिक समुदायलाई नेपालका विश्व विद्यालय तथा प्रज्ञा प्रतिस्ठान र अनुसन्धान केन्द्रहरुसंग जोडेर नेपालको विज्ञान तथा प्रविधिको विकासमा योगदान पुराएकाले डा अधिकारीलाई उक्त पुरष्कार प्रदान गरिएको नाष्टले जनाएको छ।

उनी गैर आवासीय नेपाली संघको सीप, ज्ञान तथा नव प्रवर्तन विभागका पूर्व अध्यक्ष पनि हुन्। दाङ्ग देउखुरी मुसुरियानिवासी डाक्टर अधिकारी हाल अष्ट्रेलियाको सीएसआइआरओ र आरएमआइटी विश्वविद्यालयमा प्रमुख अनुसन्धान वैज्ञानिकको रुपमा कार्यरत छन्।

डा अधिकारीले २६ ओटा पेटेन्टहरु दर्ता गरेका छन् भने उनका झन्डै १०० ओटा अनुसन्धानमुलक लेखहरु विभिन्न जर्नलहरुमा प्रकाशित भएका छन्। उनले विकास गरेको पोलिमर मुटुको भल्भमा पनि परीक्षण गरिएको छ।

उनले सन् १९८७ देखि १९९१ सम्म तत्कालिन शाही नेपाल विज्ञान तथा प्रविधि प्रतिस्ठान ९रोनाष्ट० को केन्द्रीय अनुसन्धान प्रयोगशालाको पहिलो प्रमुख को रुपमा पनि काम गरेका थिए। उनले गैर आवासीय नेपाली संघ द्वारा हालै काठमाडौँमा आयोजित तेश्रो विश्व ज्ञान सम्मेलनको अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरेका थिए।

“नेपाल विज्ञान तथा प्रविधि प्रतिस्ठान ९नाष्ट० ले स्थापना गरेको पहिलो विज्ञान तथा प्रविधि पुरष्कार प्राप्त गर्दा मलाई साह्रै खुसी लागेको छ। हामीले प्रवासमा रहेका वैज्ञानिकहरुले पनि नेपालमा विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान गर्नु पर्छ भनेर संस्थागत पहल गर्दै एक थियौं। यो पुरस्कारले प्रवासमा रहेका अरु कैयौं युवा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई प्रोत्साहित गर्ने मैले विश्वास लिएको छु,“ डा अधिकारीले भने।

गैर आवासीय नेपाली संघले प्रवासमा रहेका वैज्ञानिक प्रतिभाहरुको सीप र क्षमता नेपालको विकासमा उपयोग गर्न जोड दिंदै आएको छ।

91 Views

ताजा

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह

२०८३ बैशाख ११ गते, शुक्रबार

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह

२०८३ बैशाख ११ गते, शुक्रबार

आज देशभर बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११ गते, शुक्रबार

खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा  

२०८३ बैशाख ११ गते, शुक्रबार

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख ६ गते, आईतवार

बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

२०८३ बैशाख ६ गते, आईतवार

ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया

२०८३ बैशाख ६ गते, आईतवार

संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान

२०८३ बैशाख ६ गते, आईतवार

‘जीवन रहरमै’ बजारमा

२०८२ चैत्र ३० गते, सोमबार

खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”

२०८२ चैत्र ३० गते, सोमबार

दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)

२०८२ चैत्र ३० गते, सोमबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal