डा. राजु अधिकारीलाई पहिलो एनआरएन विज्ञान तथा प्रविधि पुरष्कार प्रदान
काठमाडौँ । अष्ट्रेलियामा बसोबास गर्ने वैज्ञानिक डा राजु अधिकारीलाई पहिलो गैर आवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कार प्रदान गरिएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) द्वारा स्थापित उक्त पुरष्कार पाउने उनी पहिलो गैर आवासीय नेपाली वैज्ञानिक हुन्। नास्टद्वारा बुधबार आयोजित एक समारोहमा प्रधानमंत्री पुष्पकमल दाहाल प्रचण्डले उक्त पुरस्कार प्रदान गरे। एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतले डा अधिकारीको तर्फबाट उक्त पुरस्कार ग्रहण गरेका थिए।
स्वास्थ्य, कृषि, विद्युत प्रवाहकीय, ओएलइडी खाद्य पदार्थ आदिमा आवश्यक पर्ने नविन प्रकारका वातावरण मैत्री प्लास्टिक पदार्थहरुको विकास गरी पेटेन्ट तथा वैज्ञानिक प्रकाशनद्वारा नविन प्रविधि विकास गर्नुका साथै विदेशमा रही नेपाल साइन्स फाउन्डेशन ट्रष्ट लगायतका संस्था मार्फत संसारभरका वैज्ञानिक समुदायलाई नेपालका विश्व विद्यालय तथा प्रज्ञा प्रतिस्ठान र अनुसन्धान केन्द्रहरुसंग जोडेर नेपालको विज्ञान तथा प्रविधिको विकासमा योगदान पुराएकाले डा अधिकारीलाई उक्त पुरष्कार प्रदान गरिएको नाष्टले जनाएको छ।
उनी गैर आवासीय नेपाली संघको सीप, ज्ञान तथा नव प्रवर्तन विभागका पूर्व अध्यक्ष पनि हुन्। दाङ्ग देउखुरी मुसुरियानिवासी डाक्टर अधिकारी हाल अष्ट्रेलियाको सीएसआइआरओ र आरएमआइटी विश्वविद्यालयमा प्रमुख अनुसन्धान वैज्ञानिकको रुपमा कार्यरत छन्।
डा अधिकारीले २६ ओटा पेटेन्टहरु दर्ता गरेका छन् भने उनका झन्डै १०० ओटा अनुसन्धानमुलक लेखहरु विभिन्न जर्नलहरुमा प्रकाशित भएका छन्। उनले विकास गरेको पोलिमर मुटुको भल्भमा पनि परीक्षण गरिएको छ।
उनले सन् १९८७ देखि १९९१ सम्म तत्कालिन शाही नेपाल विज्ञान तथा प्रविधि प्रतिस्ठान ९रोनाष्ट० को केन्द्रीय अनुसन्धान प्रयोगशालाको पहिलो प्रमुख को रुपमा पनि काम गरेका थिए। उनले गैर आवासीय नेपाली संघ द्वारा हालै काठमाडौँमा आयोजित तेश्रो विश्व ज्ञान सम्मेलनको अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरेका थिए।
“नेपाल विज्ञान तथा प्रविधि प्रतिस्ठान ९नाष्ट० ले स्थापना गरेको पहिलो विज्ञान तथा प्रविधि पुरष्कार प्राप्त गर्दा मलाई साह्रै खुसी लागेको छ। हामीले प्रवासमा रहेका वैज्ञानिकहरुले पनि नेपालमा विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान गर्नु पर्छ भनेर संस्थागत पहल गर्दै एक थियौं। यो पुरस्कारले प्रवासमा रहेका अरु कैयौं युवा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई प्रोत्साहित गर्ने मैले विश्वास लिएको छु,“ डा अधिकारीले भने।
गैर आवासीय नेपाली संघले प्रवासमा रहेका वैज्ञानिक प्रतिभाहरुको सीप र क्षमता नेपालको विकासमा उपयोग गर्न जोड दिंदै आएको छ।
ताजा
आर्थिक चापबीच ग्रील तथा स्टील व्यवसायीको ‘स्पातजस्तै सुदृढ’ बन्ने घोषणा
२०८२ मंसिर १८ गते, बिहीबार
आर्थिक चापबीच ग्रील तथा स्टील व्यवसायीको ‘स्पातजस्तै सुदृढ’ बन्ने घोषणा
२०८२ मंसिर १८ गते, बिहीबार
पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा
२०८२ मंसिर १७ गते, बुधबार
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ
२०८२ मंसिर १७ गते, बुधबार
गगन थापाद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा
२०८२ मंसिर १७ गते, बुधबार
कुलमानले आज उज्यालो नेपाल पार्टी घोषणा गर्दै
२०८२ मंसिर १७ गते, बुधबार
चर्चित र्यापर भाइबर साइमनको नयाँ गीत “मस्त जवानी” को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)
२०८२ मंसिर १७ गते, बुधबार
तोकिएकै समयमा निर्वाचन हुन्छः गृहमन्त्री अर्याल
२०८२ मंसिर १६ गते, मंगलवार
नवयुवाहरूको आक्रोशलाई भजाउने दुष्प्रयासले देशलाई अझ विग्रहमा लैजान्छः भट्टराई
२०८२ मंसिर १६ गते, मंगलवार
चलचित्र ‘रोल नंं. १’ को छायांकन सुरु
२०८२ मंसिर १६ गते, मंगलवार
चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया
२०८२ मंसिर १६ गते, मंगलवारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





