राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३
काठमाडौं । चलचित्र निर्माण, अभिनय तथा सामाजिक अभियन्ताका रुपमा लामो समयदेखि सक्रिय रहँदै आएका राजेश विशुराल थाईल्याण्डमा सम्पन्न हेरिटेज इन्टरनेसनल अवार्ड २०२३ बाट पुरस्कृत भएका छन् ।
ईप्लानेट पिटीई लिमिटेड सिंगापुरको आयोजनामा हालै मात्र थाईल्याण्डको बैंकक शहरस्थित ईएससी पार्क होटलमा सम्मन्न सो अवार्ड कार्यक्रममा आ आफ्नो व्यवसायिक क्षेत्रमा लामो समय देखिको निरन्तरता, उपस्थिति, उपलब्धी तथा योगदानको मुल्यांकन गर्दै विश्वका विभिन्न देशका व्यवसायिक व्यक्तिहरुलाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३ प्रदान गरिएको छ ।
नेपालका राजेश विशुराल भने उक्त अवार्ड कार्यक्रममा आउटस्ट्यान्डिङ एचिभमेन्ट अवार्डबाट पुरस्कृत भएका छन । उनले कार्यक्रममा विशेष अतिथिका रुपमा रहेका थाईल्याण्डका लागि द रिपब्लिक अफ केन्याका राजदूत लिन्डशेय किप्टिनेस तथा बैंकक स्थित मंगोलियन पिपुल्स रिपब्लिकको राजदूतावासका प्रतिधिनिबाट सो अवार्ड प्राप्त गरेका छन। हेरिटेज इन्टरनेसनल अवार्ड २०२३ बाट सम्मानीत राजेश विशुराल नेपाल फिल्म सोसाइटीका महासचिव हुन् भने उनी नेपाल हंगेरी चेम्बर अफ कमर्सका कोषाध्यक्ष तथा लाइन्स इन्टरनेसनल क्लब ३२५ एम नेपालका डिस्ट्रिक्ट चिफ पनि हुन् ।
राजेश यस अघि दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड २०७८मा राष्ट्रिय समाजसेवी सम्मान, नेसनल इन्टरटेन्मेन्ट अवार्ड २०२१मा राष्ट्रिय समाजसेवी सम्मान २०२१ तथा मिलाप राष्ट्रिय व्यक्तित्व सम्मान २०७९ बाट सम्मानीत व्यक्तित्व हुन् । उनले नेपाल चलचित्र प्राविधिक संघ को २०औं साधारण सभामा पनि विशेष सम्मान प्राप्त गरेका थिए ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





