‘आमा मलाई नरोक्नूस्’
पूजा शर्मा ‘प्रकृति प्रेमी’
हो ! आमा मलाई ‘म’ बन्नु छ । अब मलाई नरोक्नुस्, मलाई समाजको नीति नियम नसुनाउनुस् । मलाई त निलो खुला आकाशमा निस्फिक्री उड्न मन छ । अहँ बाँधिन सक्दिन ती सिद्धान्तमा, ती नियमले मलाई अनियन्त्रित बनाउँछ । मेरो जिन्दगीको परिभाषा धेरै फराकिलो छ , समाजका बनावटी संस्कार नामक कुरितीको बाध्यता नबनाउनुस् । झुक्न नसिकाउनुस्, शत्रुले गर्धन हान्ने मौका छोप्नेछन् । र नघोकाउनुस् गान्धी, गौतम बुद्ध, अरनिको कुरा ! ती त इतिहास मात्रै हु्न । गान्धी र बुद्ध बन्ने दर्शन पहिल्यै खरानी भईसकेका हुन् । नसुनाउनुस् ती एकादेशका भूतप्रेतका कथा, ममा डर त्रास पैदा हुनेछ ।
हो ! म आफै बाँच्ने एउटा जिन्दगी लिएर आएकी छु । मेसिनको इसारामा चलेको मान्छेको जिन्दगी ‘जिन्दगी’ जस्तो लागेन । जिउँदिन अब विधि र विधानको लागि । समाजका बनावटी ढोङलाई संस्कारको उपनाम नदिनुस् आमा ।
मेरो बाल मस्तिष्कलाई अनुकरण गर्न दिनुस् । मेरो भरिलो जवानीलाइ विधि र विधानको पुरानो मधुसभित्र बन्दी गर्न नखोज्नुस् आमा, किनकि म त बाँच्न चाहन्छु ।
यहाँ त यस्तै हो, बाँचुन्जेल त जाँडभित्रको किरा भएर बाँच्नु पर्छ । जब म मर्छु वैरभाव सारा भुलेर शत्रुले पनि बहकिने ठाउँ पाउनेछन् र फ्याँकिदिनेछन् समवेदनाका सुवासिला शब्दगुच्छाहरु । आमा मैले निधो गरिसकँे म स्वतन्त्र उडन चाहन्छु त्यो पिँजडा खोलिदिनुस् । नेपालका साहसी चेली अनुराधा कोइराला चुलो चौकामै सीमित भएको भए हाम्रा दिदिबहिनीको हालत के हुन्थ्यो होला ? ओनसरी घर्तीले घर नछाडेकी भए संसदमा प्रतिनिधित्व गर्न सक्दिनथिन् ।
तपाईंले हामी सन्तान बन्नका लागि गरेको त्याग र समर्पणको पनि एउटा ठूलै गर्विलो इतिहास छ । कहिल्यै सुखका सपना देख्नु भएन । यो भोगाइ र हेराइबाट मलाई ‘म’ बन्नुछ । गर्नेछन् दुनियाँले अनेक तरहका टिकाटिप्पणी । धेरैथरिले सुझाव दिनेछन् । सासुआमा ‘लामा लुगा लगाउ’ भन्नेछिन् । लोग्नेले भन्ने छ ‘घरभित्रै बस्नु’ र अक्सर मान्छेले सोध्ने छन् बच्चाबच्ची के के भए ?
हो आमा मलाई थाहा छ, म मान्छे बनेको उनीहरु हेर्न सक्दैनन् । मलाई झुम्राको पुतली बन्न मन छैन । आमा यहाँ विश्वास कसैको नगर्नु ती पहाड, पत्थरजस्तै मान्छे हुन् । नत्र त किन रजस्वलाको ‘ र’ पनि थाहा नभएका मेरा कलिला बहिनीहरुको बलिन्द्र आँशुको चित्कार सुन्न किन सक्दैनन् । किन दुख्दैन तिनीहरुलाई हँ ? सहनशीलता, सुन्दरता अभिशापजस्तो लाग्छ मलाई । के चिज छ आमा मसँंग, जसका लागि दुनियाँ नंग्रा फिजाएर बसेको छ । उनीहरु मलाइ नंग्याउन, कोतर्न, चिर्थोन चाहन्छन् । कसरी चिनौँ ती मान्छेको मुकुन्डो लगाएका यौन पिपाशुहरुलाई ? त्यसैले मलाई म बन्नुछ आमा !
यो समाजले छोरीलाइ कोमल र निर्बलको सूचीमा राखेर तौलियो । त्यसदिनदेखि तपाईंले माया गरेर भन्ने शब्द ‘छोरी’ पनि बोझिलो लाग्न थाल्यो । अनेक रंगीला पहिरन नपहिराउनुस् मलाई, अत्यन्तै सुन्दरी बनेर कसैलाई आकर्षण गरुँ लाग्दैन ।
हो आमा अब उठनु पर्छ , परिवर्तन सम्भव छ । त्यसैले म नेतृत्व गर्नेछु । अब मलगायत हरेक देशप्रेमीले समाज एवं राष्ट्रका लागि आफ्नो सानो दायरा नाघेर देशको समृद्धिको योगदान स्वरुप एउटा इट्टा थप्नुपर्छ । नातावाद कृपावाद मेरा शब्दकोषमा हुनेछैन ।
आमा, नेपाल र नेपालीको जीवनस्तर उकास्न भन्दा आफ्नो स्वार्थपूर्तिमा तल्लीन हुनु हाम्रो दुर्भाग्यपुर्ण अवस्था हो । व्यक्तिगत स्वार्थबाट माथि उठेर इमानका साथ जनताको सेवक भएर यो देश हाम्रै जीवन कालमा काँचुली फेर्नेछ । तपाईंको त्याग, समर्पण, इमानदारी एवं कर्तव्यनिष्ठ व्यावहारबाट पाठ सिक्दै आफ्नो जीबनकालमा समृद्धि, भ्रष्टाचाररहित एवं कल्याणकारी नेपाल बनाउने अभियानमा संलग्न हुन चाहन्छु । त्यसैले नरोक्नुस् आमा, मलाई ‘म’ बन्नुछ । आमा आशीर्वाद दिनूस् ।
ताजा
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





