फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

काठमाडौं । घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ मा सुखद् सुरुआत गरेको छ । मेक्सिको सिटी रङ्गशालामा सम्पन्न रोमाञ्चक उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० को गोलअन्तरले पाखा लगाएको हो। घरेलु दर्शकको बलियो साथ पाएको मेक्सिकोलाई जिताउन जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक–एक गोलको योगदान दिए।

खेलको सुरुवाती क्षणदेखि नै आक्रामक रणनीति अपनाएको मेक्सिकोले नवौँ मिनेटमा नै अग्रता बनाएको थियो। इरिक लिराले मिलाइदिएको उत्कृष्ट पासलाई सदुपयोग गर्दै जुलियन क्विनोनेसले टोलीका लागि पहिलो गोल गरेका थिए।

पहिलो हाफमा एक गोलले पछि परेको दक्षिण अफ्रिका दोस्रो हाफको सुरुवातमै थप संकटमा पर्यो। खेलको ४९औँ मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले रातो कार्ड पाउँदै मैदान छाड्नु परेपछि पाहुना टोली १० खेलाडीमा सीमित हुन पुग्यो।

त्यसकै फाइदा उठाउँदै खेलको ६७औँ मिनेटमा राउल जिमेनेजले अर्को गोल थपेर मेक्सिकोको अग्रतालाई दोब्बर बनाए। खेलको अन्तिम समयतिर मैदान झनै तनावपूर्ण बन्न पुग्यो।

८४औँ मिनेटमा दक्षिण अफ्रिकाका अर्का खेलाडी थेम्बा ज्वानेले पनि रातो कार्ड पाएपछि टोली ९ खेलाडीमा खुम्चियो। लगत्तै दोस्रो हाफको थप गरिएको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले समेत रातो कार्ड सामना गर्दै मैदानबाट बाहिरिए।

विश्वकपको इतिहासमै उद्घाटन खेलमा तीन जना खेलाडीले रातो कार्ड पाएको यो खेलबाट मेक्सिकोले स्पष्ट ३ अङ्क जोड्दै समूह ‘ए’ को शीर्ष स्थानमा आफूलाई उभ्याएको छ। यसै समूह अन्तर्गतको अर्को खेलमा आजै बिहान ७ः४५ बजे चेक रिपब्लिक र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुँदैछ।

26 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

१० करोडको नजिक ‘गौंथली’

२०८३ श्रावण १२ गते, मंगलवार

सौरभ चौधरीले घोषणा गरे चलचित्र ‘द राइज अफ साम्राज्य’

२०८३ श्रावण १२ गते, मंगलवार

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

२०८३ श्रावण १२ गते, मंगलवार

कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न

२०८३ श्रावण १२ गते, मंगलवार

एमबीएसको प्रश्नपत्र आउट प्रकरणः थप २ जना पक्राउ

२०८३ श्रावण १२ गते, मंगलवार

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

२०८३ श्रावण १२ गते, मंगलवार

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त

२०८३ श्रावण १२ गते, मंगलवार

शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग

२०८३ श्रावण ११ गते, सोमबार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal