विकल्पद्वारा महिनावारीमैत्री विद्यालय निर्माण अभियान सञ्चालन
काठमाडौं । महिनावारी हुनु पानी पर्नुजस्तै सामान्य कुरा भएकोले अव किशोरीका लागि यो लाज र शरमको विषय होइन तर सरसफाइमा भने विशेष ध्यान पु¥याउनु पर्छ ।
उक्त भनाइ विकल्प ज्ञान तथा विकास केन्द्र नेपालको आफ्नो बालिकामैत्री परियोजनाको अनुभव तथा सिकाइ आदानप्रदान एवं सामाग्री हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष डा. क्षेतेन योञ्जनले आफ्नो मन्तव्यको क्रममा राखेकी हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा संस्थाका सल्लाहकार डा. भद्रमान तुलाधर, बुढानिलकण्ठ नगरपालिका वडा नं. १० का अध्यक्ष नवराज भट्टराई, संस्थाका सल्लाहकारहरु, कार्यसमिति सदस्यहरु, कार्यक्रम सञ्चालित २२ वटा विद्यालयका प्रधानाध्यापकहरु, प्रतिनिधि शिक्षकहरु, विद्यार्थीहरु, किशोरीहरु, सञ्चारकर्मीहरु, सामाजिक अभियन्ताहरु, सुरक्षकर्मीहरु समेतको उपस्थिति थियो ।
बालिकाहरुलाई लक्षित गरी काठमाडौं, भक्तपुर र ललितपुरका २२ वटा सामुदायिक तथा निजी विद्यालयहरुमा महिनावारीमैत्री विद्यालय बनाउने उद्देश्यले ‘स्वास्थ्य र सरसफाइ प्रबद्र्धन ः बालिकाका लागि विद्यालयमा सुरक्षित स्थान’ नामाकरण दिएर विगत दुई वर्ष अगाडिदेखि संस्थाले आफ्नो परियोजना सञ्चालनमा ल्याइरहेको र पहिलो चरणको कार्यक्रमको समिक्षा तथा सामाजिक लेखाजोखाका निम्ति पनि सो कार्यक्रम गरेको कुरा संस्थापक तथा कार्यकारी निर्देशक स्टेला तामाङले बताइन् । प्रमुख अतिथि पौडेलले यस्ता कार्यक्रमहरु २२ वटा विद्यालयमा मात्र नभई देशैभरी गरिनुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि आफ्नो तर्फबाट विनाभेदभाव नीजि तथा सरकारी विद्यालयका किशोरीहरुका लागि यस्तो कार्यक्रमलाई प्रोत्साहन गर्ने प्रतिवद्धता गरे । त्यसैगरी आफ्ना अनुभव तथा सिकाइ राख्ने क्रममा निलबाराही मा.वि.का प्रधानाध्यापक डा.जानुका पौडेल, जुगल इङ्ग्लिस स्कुलका सहायक प्रधानाध्यापक तथा फोकल शिक्षक श्यामा पन्त, जनकल्याण माध्यमिक विद्यालयको किशोरी समूहकी सदस्य प्रमिला खतिवडा आदिले बोलेका थिए । संस्थाकी सहायक कार्यकारी निर्देशक हेलिना राईले २२ वटै विद्यालयमा सेनेटरी प्याड बैंक, प्याड डिस्पोजल पिट, शैया, साइड टेबल, साइड स्क्रिन, प्याड एटिएम, म्याट्रेस लगायतका सरसफाइजन्य सामाग्रीका साथै पोष्टर लगायतका जानकारीमुलक सामाग्रीहरु हस्तान्तरण गरिएको बताइन् । त्यस्तै कार्यक्रम संयोजक ललिता लिम्बुले विज्ञ टोेलीको सहयोगमा १९८ जना किशोरीहरुले आफ्ना विद्यालयमा किशोरी समूह निर्माण गरी प्रशिक्षितसमेत भएर सक्रिय रुपमा कार्य गरिरहेको, कोभिड—१९का कारण धेरै क्रियाकलापहरु अनलाइन नै गर्नुपरेकोे र भविष्यमा पनि अनुगमनलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिइन् । कार्यक्रममा परियोजनासँग सम्बन्धित बुलेटिनसमेत विमोचन गरिएको थियो ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





