भारतका लोकप्रिय गायक केकेको निधन
एजेन्सी । बलिउडका चर्चित गायक कृष्णकुमार कुननाथको मंगलबार राति कोलकातामा निधन भएको छ । उनलाई केकेको नामले चिन्थे ।
५३ वर्षका उनी महानगरको एक कलेजको कार्यक्रममा सहभागी हुन आएका थिए । कार्यक्रममा नै उनले आफ्नो स्वास्थ्य बिग्रँदै गएको बताएका थिए । कार्यक्रमबाट फर्किएपछि उनलाई निजी अस्पताल लगिएको थियो । त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शव यतिबेला पोष्टमार्टमका लागि पठाइएको छ ।
अस्पताल पुगेका राज्यमन्त्री अरुप विश्वासले केकेको निधन भएको पत्रकारहरूलाई जानकारी दिए । उनले पत्रकारहरूसँग भने, ‘केकेको हृदयाघातका कारण मृत्यु भएको चिकित्सकको प्रारम्भिक अनुमान छ । केकेलाई मृत अवस्थामा अस्पताल ल्याइएको पनि उनले बताए ।
तमिल, तेलुगु, कन्नड, मलायालम, मराठी, बंगाली र गुजराती फिल्ममा गीत गाएका केके कलकत्ताको गुरुदास कलेजमा आयोजित एक कार्यक्रममा सहभागी हुन आएका थिए । यो लाइभ शो नजरुल मञ्चमा भइरहेको थियो। तर कार्यक्रमकै क्रममा उनको स्वास्थ्य बिग्रिएपछि उनी होटल फर्किए ।
होटलका फ्यानले उनीसँग फोटो खिच्न आग्रह गरेका थिए । तर बिग्रिएको स्वास्थ्यका कारण उनले त्यसलाई अस्वीकार गरे । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई निजी अस्पतालमा पुर्याइयो तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
केकेले धेरै बलिउड फिल्मका लागि गीत गाएका छन् । हम दिल दे चुके सनममा उनले गाएका तडप तडप के इस दिल से र ओम शान्ति ओममा आँखों मे तेरीलाई दर्शकले राम्रै रुचाएका थिए। उनले फिल्म ‘हम दिल दे चुके सनम’ बाट बलिउडमा पार्श्व गायकको रूपमा आफ्नो करियर सुरु गरेका थिए ।
केके प्रख्यात गायक र संगीतकार किशोर कुमारका छोरा अमित कुमारसँग नजिक थिए। अमितकी पत्नी रीमा गांगुलीले फेसबुकमार्फत केकेको मृत्युको जानकारी दिएकी छन् । केकेको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शोक व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ूकेके भनेर चिनिने गायक कृष्णकुमार कुननाथको आकस्मिक निधनले दुःखी भएको छु । उनका गीतहरूले फरक–फरक भाव राखेका छन् र उनका गीतहरूले सबै उमेर समूहका मानिसको मन छुने गरेका छन्। उनको परिवार र प्रशंसकहरूले उनलाई गीतमार्फत सम्झिनेछन् ।
ताजा
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने
२०८३ जेष्ठ २८ गते, बिहीबार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३ जेष्ठ २८ गते, बिहीबार
‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार
२०८३ जेष्ठ २८ गते, बिहीबार
संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण
२०८३ जेष्ठ २८ गते, बिहीबार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवार
महावीर पुन मन्त्री बन्दै
२०८३ जेष्ठ २६ गते, मंगलवार
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





