प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरमा बैठक बस्न लागेको हो।
रसुवास्थित भोटेकोसी र त्रिशूली नदीमा तिब्बततर्फबाट आएको भीषण बाढीका कारण उत्पन्न सङ्कट र तटीय क्षेत्रमा बढेको जोखिमका बारेमा छलफल गर्न प्रधानमन्त्रीले यो आकस्मिक बैठक आह्वान गरेका हुन्। बैठकमा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र क्षति न्यूनीकरणका लागि राज्यका सम्पूर्ण सुरक्षा निकाय तथा सरकारी संयन्त्रहरूलाई प्रभावकारी रूपमा परिचालन गर्ने विषयमा महत्त्वपूर्ण निर्णय गर्ने तयारी छ ।
आज भदौ १० गते बिहानदेखि आएको अप्रत्याशित बाढीले रसुवा र नुवाकोटमा क्षति पुर्याएको र यसको असर चितवनसम्म पर्न सक्ने बाढी पूर्वानुमान शाखाको चेतावनीपछि सरकारले उच्च सतर्कता अपनाउन यो कदम चालेको हो। बैठकले विपद् व्यवस्थापनका लागि आवश्यक थप रणनीति तय गर्ने अपेक्षा गरिएको छ।
ताजा
सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ
२०८३ मंसिर ११ गते, शुक्रबार
सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ
२०८३ मंसिर ११ गते, शुक्रबार
बालेनको भारत भ्रमण : सम्बन्ध र समृद्धिको नयाँ सम्भावना
२०८३ मंसिर ११ गते, शुक्रबार
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु
२०८३ मंसिर ११ गते, शुक्रबार
विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा
२०८३ मंसिर ११ गते, शुक्रबार
‘सारथी’ले पायो युनिभर्सल सर्टिफिकेट, सपरिवार सँगै बसेर हेर्न मिल्ने
२०८३ मंसिर १० गते, बिहीबार
दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’
२०८३ मंसिर १० गते, बिहीबार
‘सामूहिक गिरफ्तारी गर’ भन्दै पत्रकार सडकमा
२०८३ मंसिर १० गते, बिहीबार
तस्वीरमा नेपाली महिलाको इतिहास र संघर्ष
२०८३ मंसिर १० गते, बिहीबार
दुई मन्त्रीको तस्वीर सेयर गर्दै बालेनले लेखे– देश उँभो लाउने टोली !
२०८३ मंसिर ८ गते, मंगलवार
आजदेखि दशौं राष्ट्रिय खेलकुदका खेलहरू सुरु
२०८३ मंसिर ८ गते, मंगलवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





