विकल्पद्वारा महिनावारीमैत्री विद्यालय निर्माण अभियान सञ्चालन
काठमाडौं । महिनावारी हुनु पानी पर्नुजस्तै सामान्य कुरा भएकोले अव किशोरीका लागि यो लाज र शरमको विषय होइन तर सरसफाइमा भने विशेष ध्यान पु¥याउनु पर्छ ।
उक्त भनाइ विकल्प ज्ञान तथा विकास केन्द्र नेपालको आफ्नो बालिकामैत्री परियोजनाको अनुभव तथा सिकाइ आदानप्रदान एवं सामाग्री हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष डा. क्षेतेन योञ्जनले आफ्नो मन्तव्यको क्रममा राखेकी हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा संस्थाका सल्लाहकार डा. भद्रमान तुलाधर, बुढानिलकण्ठ नगरपालिका वडा नं. १० का अध्यक्ष नवराज भट्टराई, संस्थाका सल्लाहकारहरु, कार्यसमिति सदस्यहरु, कार्यक्रम सञ्चालित २२ वटा विद्यालयका प्रधानाध्यापकहरु, प्रतिनिधि शिक्षकहरु, विद्यार्थीहरु, किशोरीहरु, सञ्चारकर्मीहरु, सामाजिक अभियन्ताहरु, सुरक्षकर्मीहरु समेतको उपस्थिति थियो ।
बालिकाहरुलाई लक्षित गरी काठमाडौं, भक्तपुर र ललितपुरका २२ वटा सामुदायिक तथा निजी विद्यालयहरुमा महिनावारीमैत्री विद्यालय बनाउने उद्देश्यले ‘स्वास्थ्य र सरसफाइ प्रबद्र्धन ः बालिकाका लागि विद्यालयमा सुरक्षित स्थान’ नामाकरण दिएर विगत दुई वर्ष अगाडिदेखि संस्थाले आफ्नो परियोजना सञ्चालनमा ल्याइरहेको र पहिलो चरणको कार्यक्रमको समिक्षा तथा सामाजिक लेखाजोखाका निम्ति पनि सो कार्यक्रम गरेको कुरा संस्थापक तथा कार्यकारी निर्देशक स्टेला तामाङले बताइन् । प्रमुख अतिथि पौडेलले यस्ता कार्यक्रमहरु २२ वटा विद्यालयमा मात्र नभई देशैभरी गरिनुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि आफ्नो तर्फबाट विनाभेदभाव नीजि तथा सरकारी विद्यालयका किशोरीहरुका लागि यस्तो कार्यक्रमलाई प्रोत्साहन गर्ने प्रतिवद्धता गरे । त्यसैगरी आफ्ना अनुभव तथा सिकाइ राख्ने क्रममा निलबाराही मा.वि.का प्रधानाध्यापक डा.जानुका पौडेल, जुगल इङ्ग्लिस स्कुलका सहायक प्रधानाध्यापक तथा फोकल शिक्षक श्यामा पन्त, जनकल्याण माध्यमिक विद्यालयको किशोरी समूहकी सदस्य प्रमिला खतिवडा आदिले बोलेका थिए । संस्थाकी सहायक कार्यकारी निर्देशक हेलिना राईले २२ वटै विद्यालयमा सेनेटरी प्याड बैंक, प्याड डिस्पोजल पिट, शैया, साइड टेबल, साइड स्क्रिन, प्याड एटिएम, म्याट्रेस लगायतका सरसफाइजन्य सामाग्रीका साथै पोष्टर लगायतका जानकारीमुलक सामाग्रीहरु हस्तान्तरण गरिएको बताइन् । त्यस्तै कार्यक्रम संयोजक ललिता लिम्बुले विज्ञ टोेलीको सहयोगमा १९८ जना किशोरीहरुले आफ्ना विद्यालयमा किशोरी समूह निर्माण गरी प्रशिक्षितसमेत भएर सक्रिय रुपमा कार्य गरिरहेको, कोभिड—१९का कारण धेरै क्रियाकलापहरु अनलाइन नै गर्नुपरेकोे र भविष्यमा पनि अनुगमनलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिइन् । कार्यक्रममा परियोजनासँग सम्बन्धित बुलेटिनसमेत विमोचन गरिएको थियो ।
ताजा
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने
२०८३ जेष्ठ २८ गते, बिहीबार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३ जेष्ठ २८ गते, बिहीबार
‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार
२०८३ जेष्ठ २८ गते, बिहीबार
संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण
२०८३ जेष्ठ २८ गते, बिहीबार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवार
महावीर पुन मन्त्री बन्दै
२०८३ जेष्ठ २६ गते, मंगलवार
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





