गठबन्धनमा उम्मेदवार भागवण्डाः कार्यकर्ताको भावनामाथि देउवाको चरम खेलवाड

२०७९ बैशाख ८ गते, बिहीबार

काठमाडौं । स्थानीय तह निर्वाचन हुने कुरामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अझै आशंका व्यक्त गरिरहेको छ । सत्तारुढ घटक भित्र चुनावी तालमेलमा उत्पन्न हुँदै गएको असहज परिस्थितिका कारण कुनै कारण देखाएर अझै निर्वाचन सार्ने चलखेलमा सत्तारुढ गढबन्धन रहेको उसको निष्कर्ष छ । यद्यपि आगामी वैशाख ३० गतेका लागि घोषित स्थानीय तह निर्वाचनलाई ध्यानमा राखेर उम्मेदवारी छनौटदेखि घोषणा पत्र सार्वजनिक गर्ने क्रम तिब्र हुँदै गएको छ ।
महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाका उम्मेदवारहरुको भागवण्डा कसरी गर्ने भन्ने विषयमा सत्तागठबन्धनका पाँच दल गत सोमबारयता निरन्तर छलफलमा छन् । ६ वटा महानगर र ११ वटा उपमहानगर पालिकामा उनीहरुबीच सहमति जुटिसकेको बताइएको छ । सहमति जुटिसकेको भनिएका स्थानीय तहमा समेत केन्द्रको निर्णय अस्वीकार गर्ने सम्बन्धित पार्टी कमिटीहरुले घोषणा गरेका छन् । यो घोषणाले मुख्यगरी सत्ताको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेस चरम संकटमा छ । तथापि पार्टीभित्रको यो चरम संकटलाई वेवास्ता गर्दै काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा दिनहुँ गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिनहुँ छलफल गरिरहेका छन् । केन्द्रीय तहमा शीर्ष नेतृत्वबीच स्थानीय तह निर्वाचनमा गठबन्धनका लागि सभापति देउवाले तीब्र कसरत गरिरहे पनि यो पार्टीका लागि प्रत्युत्पादक हुने बहुसंख्यक नेता, कार्यकर्ताहरुको मत छ ।
काँग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरुले सार्वजनिक रुपमै काँग्रेस कार्यकर्ता र शुभेच्छुक मतदाताहरु गठबन्धनको पक्षमा नरहेको सार्वजनिक अभिव्यक्ति नै दिइरहेका छन् । गगन संस्थापतइतर पक्ष मानिन्छन् । शेखर कोइराला नेतृत्वको संस्थापनइतर पक्ष शुरुदेखि नै काँग्रेसले स्थानीय तह निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने पक्ष अडिग छ । तर, संस्थापन पक्ष पेलेरै भए पनि गठबन्धन गर्ने रणनीतिमा रहेको देखिन्छ । यस मुद्धामा आम नेता र कार्यकर्ताहरुको साथ संस्थापनईतर समूहलाई छ । जसले काँग्रेसका आम कार्यकर्ताहरुको भावनाविपरित गठबन्धनमा जान नहुने बताइरहेका छन् । गठबन्धन दलहरुबीच उम्मेदवार भागवण्डामा सहमति भइसकेको भनिएको महानगरमा देखिएको काँग्रेस कार्यकर्ताहरुको असन्तुष्टिले नै संस्थापनईतर समूहको तर्कलाई बल पुगेको छ ।
मंगलबार बेलुका गठबन्धनकारी दलहरुबीच महानगरमा उम्मेदवार बाँडफाँड टुंगिएको समाचार प्रभाहित भएसँगै भरतपुर र पोखराका काँग्रेस कार्यकर्ताहरुले विद्रोह शुरु गरिसकेका छन् । गठबन्धनले काँग्रेसलाई तीन र अन्य दललाई १–१ उम्मेदवार दिने गरी महानगरको भागवण्डा टुंग्याएको थियो । तर भरतपुर महानगरमा माओवादी केन्द्र र पोखरामा नेकपा एकीकृत समाजवादीलाई मतदान गर्न नसकिने स्पष्ट जनाउ त्यहाँको स्थानीय नेतृत्वले पार्टी सभापति देउवालाई गराई सकेको छ । सत्तारुढ गठबन्धनबीच पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने सहमतिपछि नेपाली कांग्रेस कास्की कार्यालयमा तालाबन्दी गरिएको छ । कांग्रेसको पोखरा महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको हो । महानगरका सचिव टुवराज बास्तोला र गणेशबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गरी तालाबन्दीको निर्णय गरेका हुन् । उनीहरूले जिल्ला कार्यसमितिसँग मात्रै सोधेर पोखराको मेयर एकीकृत समाजवादीलाई सुम्पेको भन्दै आफ्नो आत्मसम्मानमा चोट पुगेको बताएका छन् ।
‘प्रदेश र जिल्ला सभापतिलाई किनाराको साक्षी राख्दै नेकपा एसलाई मेयर पदमा प्रश्ताव गरिएको समाचारले महानगर समिति उपेक्षित भएको महसुस भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी पनि विधानअनुसार निर्वाचित भएका हौं । यस्ता निर्णयले कांग्रेसका पहरेदार सिपाहीहरूको आत्मसम्मानमा गम्भीर चोट लागेको छ ।’
सत्ताभन्दा माथि उठेर आमकार्यकर्ताको मनोभावना उच्च राख्न महानगरले जिल्लाको पार्टी कार्यालयमा तालाबन्दी गरेको थापाले बताए । ‘आगामी दिनमा अपनाइने संघर्षका कार्यक्रममा आमसहमति रहने अपेक्षा गर्दै यो ध्यानाकर्षण पत्र जिल्ला कार्यसमिति एवं गण्डकी प्रदेश कार्य समिति लाई पेस गर्दर्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
उता, केन्द्रीय तहमा भरतपुर महानगरपालिकाको मेयर पद माओवादी केन्द्रलाई दिने सहमति भएपछि चितवनका कांग्रेस नेताहरूले अपत्ति जनाएका छन् । उनीहरुले यसपटक कुनै हालतमा भरतपुरमा कांग्रेसले माओवादी केन्द्रलाई सहयोग नगर्ने बताएका छन् । गत निर्वाचनमा पनि भरतपुरमा कांग्रेसले माओवादी केन्द्रलाई सघाएको थियो । त्यसबेला कांग्रेसबाट दिनेश कोइरालाले उम्मेदवारी दिएका थिए । केन्द्रीय सभापति शेरबहादुर देउवाले पत्राचार गरेर उनको उम्मेदवारी फिर्ता लिएका थिए ।
हाल कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै पार्टीले त्यस्तो निर्णय नै गर्न नसक्ने र पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार समेत त्यस्तो निर्णय गर्न नमिल्ने बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी तथा हालकी मेयर रेणु दाहाललाई नै कांग्रेसको समर्थन गराउन व्यापक प्रयास र षड्यन्त्र भइरहेको उनको भनाइ छ । कोइरालाले विज्ञप्तिमार्फत् भनेका छन्, ‘कांग्रेस भरतपुरका २९ वटै वडा, महानगर कार्यसमिति र चितवन जिल्ला कार्यसमितिले समेत चितवनमा मेयर कांग्रेसले पाउनुपर्ने निर्णय लिएका छन् । त्यसैले कांग्रेसले नै भरतपुरको मेयर पदमा उम्मेदवारी दिन्छ ।’ चितवनका समस्त कांग्रेसजन र आमजनताको विचार तथा भावनाविपरीत अन्य पार्टीलाई मेयरमा समर्थन गर्न नसकिने उनले बताएका छन् ।

128 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal