दलहरु धमाधम घोषणापत्र सार्वजनिक गर्दै
काठमाडौं । आगामी स्थानीय तह निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरुले धमाधम घोषणा पत्र सार्वजनिक गर्न थालेका छन् । स्थानीय तह निर्वाचनमा मतदाताहरुको ध्यान आफूतर्फ आकर्षित गर्नका लागि आप्mना आगामी योजनाहरु समेटिएको घोषणा पत्र हालसम्म नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राप्रपाले सार्वजनिक गरिसकेका छन् भने नेकपा एमाले भोलि ९ गते सार्वजनिक गर्ने तयारीमा छ ।
सत्ताको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेसले ‘स्थानीय तह निर्वाचन २०७९, घोषणा पत्र लेखन शुरु गरेको अघिल्लो दिन मंगलबार एकीकृत समाजवादी र शुरु गरेकै दिन राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपाले घोषणापत्र सार्वजनिक गरेको हो । काँग्रेसले महामन्त्री गगन थापाको नेतृत्वमा गरिने घोषणा पत्रको मस्यौदा वैशाख ११ गते सार्वजनिक गर्ने बताइएको छ । यसपालि कांग्रेसले स्थानीयस्तरबाट पनि प्रतिबद्धा पत्र तयार गरी सार्वजनिक गर्ने तयारी गरेको छ । उम्मेदवारका भिन्नै र पार्टी समितिबाट भिन्नै प्रतिबद्धता पत्र हुनेछन् । कांग्रेसले शिक्षा, स्वास्थ्य, रोजगारलगायतका विषयलाई प्राथमिकताका साथ घोषणा पत्रमा समावेश गर्ने तयारी गरेको छ । मंगलबार एकीकृत समाजवादीले सार्वजनिक गरेको घोषणापत्रमा ४ वटा प्रमुख र ३७ वटा उपबुँदा रहेका छन् । राजधानीको प्रज्ञा भवनमा आयोजित नेकपा (गौरवशाली) पार्टीसँगको एकता कार्यक्रममा राष्ट्रिय घोषणापत्र सार्वजनिक गरिएको हो।हरेक स्थानीय तहमा छुट्टाछुट्टै घोषणापत्र सम्बन्धित कमिटीले ल्याउने नेकपा एसले जनाएको छ ।
सार्वजनिक भएको घोषणापत्र भने केन्द्रबाट जारी भएको राष्ट्रिय घोषणापत्रका रुपमा लिन आग्रह गरिएको छ।सो पार्टीले घोषणापत्रमार्फत मदिरा सेवनले विकृति र अपराध बढेको भन्दै आफूले जितेको स्थानीय तहमा मदिरा सेवन कार्डको व्यवस्था गर्ने घोषणा गरेको छ । घोषणापत्रमा भनिएको छ, ‘जथाभाबी मदिरा सेवनले गर्दा मानिसहरूको सम्पत्ति सकिने, परिवारमा झैझगडा हुने, मदिरा पिएर विभिन्न विकृति र अपराधका काम गर्ने कुरालाई कडाइपूर्वक नियन्त्रण गर्नु आवश्यक छ। मदिरा सेवन गर्नेहरूले पालिकाबाट अनुमति पत्र लिनुपर्ने व्यवस्था गरिने छ । यसबाट जथाभाबी रूपमा मदिरा सेवनमा नियन्त्रण हुने छ भने सामाजिक अनुशासन कायम गर्न पनि मद्दत पुग्ने छ।’
यर्सैवीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार जारी गरेको घोषणा पत्र ४ पेज लामो छ । घोषणापत्रमा राप्रपाले सुशासन, शिक्षा, स्वास्थ्य, कृषि तथा पशु, खानेपानी, कर व्यवस्था युवा तथा खेलकुदलगायतका विषयमा पार्टीले गर्नसक्ने कामका सन्दर्भमा स्पष्ट गरिएको छ ।
जसअनुसार हाल कायम स्थानीय करको दर परिमार्जन गरी ५० प्रतिशतसम्म स्थानीय कर कटौती गरेर न्युनतम करको व्यवस्था गर्ने राप्रपाले घोषणा गरेको छ । स्थानीय तहले जथाभावी कर असुलेको गुनासो आइरहेको बेला राप्रपाले करको दर घटाउने घोषणा गरेको हो। यस्तै रोजगारमूलक उद्योग स्थापना गर्नेलाई भौतिक पूर्वाधार निर्माणमा सहयोग तथा १० वर्षसम्म स्थानीय कर छुट दिने घोषणा पनि राप्रपाले गरेको छ । महिलाद्वारा सञ्चालित साना तथा घरेलु उद्योग व्यवसायमा १२ वर्षसम्म स्थानीय कर छुट दिने पनि राप्रपाको घोषणापत्रमा उल्लेख छ ।
सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने, सुत्केरी सेवा तथा निम्न आय भएका सुत्केरीलाई तीन महिनासम्म मासिक रुपमा ३ हजार भत्ता दिने घोषणा पनि राप्रपाले गरेको छ । प्रत्येक किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप दिने जस्ता कार्यक्रम पनि राप्रपाले ल्याएको छ ।
ताजा
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न
२०८३ भाद्र ३१ गते, बुधबार
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध
२०८३ भाद्र ३१ गते, बुधबार
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
२०८३ भाद्र ३१ गते, बुधबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





