आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०७९ बैशाख ६ गते, मंगलवार

काठमाडौं । आजबाट सरकारले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । आज र भोलि दुई दिन देशव्यापी रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको हो ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चानल हुने भएकाले ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ का साथै जुकाको औषधि खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो उमेर समूहका बालबालिकालाई नजिकैको वितरण केन्द्रमा लगि नछुटाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ । वितरण केन्द्रमा जाँदा कोभिड–१९ विरुद्धका सबै जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न र गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

सबै वडामा केन्द्र तोकेर तथा स्वास्थ्य स्वयंसेविकाले घरदैलो कार्यक्रम गरी भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ । यस वर्ष २७ लाख बालबालिकालाई भिटामिन ‘ए’, २४ लाखलाई जुकाको औषधि र ६ लाख बालबालिकालाई बालभिटा खुवाइने मन्त्रालयले जनाएको छ ।

156 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal