आमूल परिवर्तन मसिह पार्टी नेपालको अध्यक्षमा फेरि भरत गिरी
काठमाडौं । आमूल परिवर्तन मसिह पार्टी नेपालको २०७८ फागुन २५ गते सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनले भरत गिरीको अध्यक्षतामा ७७ जनाको केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।
पार्टीका केन्द्रीय अध्यक्ष भरत गिरीले प्रथम राष्ट्रिय महाधिवेशनले मार्ग निर्देशक सिद्धान्तमा आध्यात्मिक भौतिक समुन्नतवादलाई अगाडि बताएको बताए । फरक विचार र दृष्टिकोण राख्दै आएको यो पार्टीले वर्तमान अन्य राजनीतिक दलहरु गलत बाटोमा हिँडेकाले देश दिनैपिच्छे संकटतर्फ धकेलिएको बताए । महाधिवेशनले गरेका निर्णय सार्वजनिक गर्न राजधानीको रिपोर्टर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा उनले आगामी निर्वाचनमा आफूहरुको पार्टी निर्णायक हुने पनि दाबी गरे । उनले अरु पार्टीलाई जनताले परीक्षण गरिसकेकाले पनि यो पार्टीमा सबैको आकर्षण हुने उल्लेख गरे । उनले धार्मिक स्वतन्त्रतासहित राज्य धर्मनिरपेक्षता कायम गर्ने, बहुदलीय प्रतिस्पर्धासहितको गणतान्त्रिक दुई सदनको व्यवस्था गर्ने पार्टीको लाइन रहेको पनि स्पष्ट पारे । उनले संघीयता खारेजी आफूहरुको पहिलो लक्ष्य भएको बताए ।
उनले राज्यको तर्फबाट कुनै पनि जाति, भाषभाषी, भूगोललाई अवसर र दण्डका आधारमा पक्षपात गर्न नहुने तर्क गरे । उनले शिक्षा र स्वास्थ्यको जिम्मा सरकारको भए पनि सरकार आफ्नो कर्तव्यबाट भाग्न खोजेको आरोप लगाए । ‘स्वास्थ्य उपचार निःशुल्क गरी ६५ वर्षभन्दा माथिका नागरिकहरुलाई राज्यले नै सित्तैमा पालनपोषण गर्ने नीति लागु गर्नुपर्छ भन्ने हाम्रो अडान हो’ उनले भने ‘ हाम्रा एजेण्डा र माग राम्रा छन्, जसले गर्दा जनताको भलाई हुन्छ भन्ने सबैले बुझेका छन् त्यसैले पनि अबचाहिँ अरु पार्टीलाई मतदान गर्नुहुन्न होला भन्ने लाग्छ ।’ उनले आफ्नो पार्टीले झुट बोल्नेलाई दण्ड हुने नीति लागु गर्ने पनि बताए । उनले नेपालले कृषिमा आधुनिकीकरण गर्ने नीति जसरी पनि लागू गर्ने आफ्नो पार्टीको उद्देश्य रहेको स्पष्ट पारे ।
प्रमुख दल र नेताहरु नेपाली जनताको चाहना र ईच्छामा भन्दा पनि आफूमा बढी केन्द्रित भएकाले जनता सधैं निराश भएको बताए । उनले अहिले शासन गरेका नेतृत्वकर्ताहरुको कारणले नै व्यवस्था नै धरापमा परेको धारणा राखे ।
ताजा
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबार
‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा
२०८३ असार ३ गते, बुधबार
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता
२०८३ असार ३ गते, बुधबार
पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको
२०८३ असार ३ गते, बुधबार
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड
२०८३ असार २ गते, मंगलवार
MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता
२०८३ असार २ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





