निजामती कर्मचारी संगठनको अध्यक्षमा कोइराला

२०७८ चैत्र ६ गते, आईतवार

काठमाडौं । नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा लेखनाथ कोइराला सर्वसम्मत निर्वाचित भएका छन् । हालै भएको ११ औं राष्ट्रिय अधिवेशनबाट अध्यक्ष भएका कोइरालाले आफ्नो कार्यकालमा धेरै काम गर्ने बताएका छन् । सर्वसम्मत रुपमा नेतृत्व आउनु आफैंमा खुशीको कुरा भएको भन्दै उनले आगामी दिनमा संगठनले थप गति लिने बताए ।
उनले सबै जिल्ला र विभागीय समितिमा पनि सर्वसम्मत नेतृत्व आएकाले संगठनभित्र कुनै पनि विवाद छैन भन्ने स्पष्ट भएको समेत उल्लेख गरे । ‘हुन त अरु साथीहरु पनि विभिन्न प्रतिस्पर्धामा हुनुहुन्थ्यो, हामीले एक प्रकारको सहमति ग¥यौं, जसलाई सबैले स्विकार्ने वातावरण बन्यो’ अध्यक्ष कोइरालाले भने ‘ केही साथीहरु आउनुपर्ने थियो छुट्नुभयो, गुनासो गर्नु पर्दैन, सबैलाई योग्यता, क्षमता र सक्रियताका आधारमा जिम्मेवारी दिन्छौं ।’ कोइराला संगठनको निवर्तमान वरिष्ठ उपाध्यक्ष हुन् । अध्यक्ष कोइरालाले ‘क्षतिपूर्तिसहितको नागरिक सेवा’ को बारेमा आफूहरुले पटक पटक कुरा उठाए पनि सरकारले कार्यान्वयन गर्न चासो नदेखाएको आरोप लगाएका छन् । उनले कुनै पनि कर्मचारीले काम नगरेबापत सेवाग्राहीलाई कुनै घाटा भए र काम गराउन बसेबापत खर्च भए त्यसबापत सेवाग्राहीलाई क्षतिपूर्ति दिने व्यवस्था यो सेवामा रहने उल्लेख गरे । संगठनको स्थापनादेखि नै काम गर्दै आएका उनले संगठनको विभिन्न जिम्मेवारीमा बसेर काम गरिसकेका छन् । निजामती सेवा र संगठनलाई कस्तो बनाउनुपर्छ भन्ने बारेमा आफू जानकार रहेको भन्दै थपे ‘ आजभोलि पनि हाम्रो सेवालाई लिएर कताकता गुनासा गरेको भेटिन्छ त्यसबारे पनि मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’ उनले समयमा सेवाग्राहीलाई सेवा दिनु कर्मचारीको कर्तव्य भएकाले त्यो जिम्मेवारी निर्वाह गर्नसमेत सबैलाई आग्रह गरेका छन् । उनले ट्रेड युनियन अधिकारबारे अझै पनि कताकता अनेक भ्रम रहेकाले त्यसबारे सातैवटा प्रदेश र अन्य निकायमा पुगेर स्पष्ट पार्ने बताएका हुन् ।
नवनिर्वाचित अध्यक्ष लेखनाथ कोइरालाले सरकार पक्षले आफूले हार्ने डरले आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्न नचाहेको आरोप लगाएका छन् । उनले पार्टीमा केही समस्या देखिए पनि आफूहरुलाई कुनै असर नपरेकाले जहिले पनि आधिकारिक ट्रेड युनियनको निर्वाचनको सामना गर्न संगठन तयार भएको बताए । ‘आधिकारिक ट्रेड युनियनको म्याद सकिएको छ, सक्छ भनें सरकारले निर्वाचन गरोस्, हामी सानदार जीत हासिल गर्ने छौं’ उनले भने ‘ हामीले जित्छौं भनेर नै होला सरकार निर्वाचन गर्न डराएको छ ।’ उनले पहिलोपटक भएको निर्वाचनमा पनि अरु संघ संगठनको सबै मत जोड्दा पनि संगठनले बढी मत ल्याएको पनि स्पष्ट पारे । उनले संगठन छोडेका केही साथीहरु पनि पछि फर्केर आउने बताए । आधिकारिकको निर्वाचन ४ वर्षको लागि २०७३ जेष्ठ १९ गते भएको थियो । उनले अधिवेशनको क्रममा आफू धेरै जिल्ला पुगेकोले त्यहाँको अवस्थाको बारेमा जानकार भएकाले निर्वाचनमा जान आतुर रहेको पनि जनाए । ‘ट्रेड युनियन अधिकार के हो ? सुशासन के हो ? जनप्रतिनिधि र उच्च प्रशासकसँगको सम्बन्ध कस्तो हुनुपर्छ भन्नेमा देशव्यापी रुपमा अभियान नै चलाउँछौं’ उनले भने ‘ मैले जुन विश्वास पाएको छु, कार्यकाल सकेर बाहिरिँदा पनि त्यो विश्वासलाई घट्न दिने छैन, आशा छ बढाएर नै बिदा हुन्छु ।’ भक्तपुरमा अधिवेशनले गरेका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कोइरालाले संस्थालाई आगामी दिनमा कसरी अघि बढाउने भन्ने खाका पनि प्रस्तुत गरे । संगठनका नवनिर्वाचित महासचिव जीवन काफ्लेले संस्थाको तर्फबाट भावी योजना र कार्यदिशा पढेर सुनाएका थिए । पत्रकारको जवाफ दिँदै अध्यक्ष कोइरालाले आफूहरुले जनताको पक्षमा गरेका राम्रा कामको चर्चा कम हुने गरेको भन्दै कर्मचारीप्रति नकारात्मक धारणा बढेकोमा चिन्ता पनि गरे ।
संगठनको स्थापना २०४७ साल वैशाख ७ गते भएको थियो । यो निमाजती कर्मचारीको सबैभन्दा जेठो संगठन हो । उनले झण्डै ४० हजार निमाजती कर्मचारी संगठनमा आबद्ध हुनु संगठनको लागि गौरवको विषय भएको जनाए । ‘संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान–राजनीतिक अधिकारसहितको ट्रेड युनियन, हाम्रो अभियान’ भन्ने नाराका साथ सम्पन्न महाधिवेशनले कोइरालाको अध्यक्षतामा ३ वर्षको लागि १ सय ५१ जनाको केन्द्रीय समिति गठन गरेको छ । कार्यक्रममा अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मानस्वरुप प्रशंसापत्र प्रदान गरिएको थियो ।

217 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal