‘टिम्बा सिरक ओढ्ने र सिको फाइभ घडी लाउने धोको नै थियो’
काठमाडौं । धेरैजसोले मौलिकतालाई ध्यान दिँदैनन्, सधैं मानिसहरु आधुनिकताको पछि कुद्छन् र हामीसँग भएका स्रोत र सधान खेर गइरहेको हुन्छ तर त्योभन्दा फरक छन् दैलेखको साविकको बाँसी गाउँ विकास समिति–९ (हालः महाबु गाउँपालिका ३) का दीपबहादुर शाही ठकुरी (९८५१०२७९०३) ।
उनी सधैं फरक विचार र सोच राख्ने भएकाले कतिपयसँग कुरा नमिलेको बताउँछन् । नेपालकै लागि र नेपालीकै हित हुने केही गरौं भन्ने सोच उनमा सानैदेखि नै थियो । २०१५ साल भदौ १५ गते जन्मिएका उनले आफ्नो ठाउँबाट केही नयाँ काम गर्ने र पहिचान बनाउने सोच बनाउनु नौलो कुरा पनि भएन । उनले २०४७ सालदेखि गलैंचा व्यवसाय सुरु गरे । १२ वटा हाते चर्खाबाट गलैंचाको काम सुरु गरेका उनले २०७२ सालबाट गलैंचा व्यवसाय छोडेर अन्य खोज तथा अनुसन्धान गरे । ‘मैले गलैंचा व्यवसाय छोडें तर काम छोडिन, कपडासम्बन्धी रिसर्चमा नै धेरै समय बिताएँ’ उनी भन्छन् ‘ पक्कै पनि म एक दिन लक्ष्यमा पुग्छु भन्ने सोचेको थिँए, अझै केही समय पर्खनुपर्ने छ ।’ उनले ह्यारिस ट्वीड अत्यन्तै राम्रो हुन्छ भन्ने सुनेका थिए । जसको चर्चा विश्वभर नै थियो । ह्यारिस ट्वीड स्कटल्याण्डको उत्पादन हो । उनीको खस्रो कपडालाई ट्वीड भनिन्छ । स्कटल्याण्डमा हरेको ट्वील नदी बाङ्गो र घुमाउरो भएर बग्ने भएकाले कपडा पनि त्यसरी नै बुन्ने भएकाले पनि नदीको नामका आधारमा कपडा र अन्य उत्पादनलाई ट्वीड भनिने गरिएको उनको भनाई छ । उनले पहिले आफ्नो उत्पादनको नाम एभरेष्ट ट्वीड राखे । पछि अरुसँगको सल्लाहले नाम परिवर्तन गरे र गोर्खा ट्वीड बनाए ।

युरोपलाई बढी फोकस गरेर सामग्री उत्पादन गर्ने भएकाले पूर्व गोर्खाजहरुको सल्लाहमा गोर्खा राखेको उनले बताए । एउटा ब्राण्डेड उत्पादन गरेर विश्वभर चिनाउँछु भनेर लक्ष्य लिएका उनमा अझै पनि जोश र जाँगर बढ्दै गएको छ । ६ वर्ष अघिदेखि उनी उन , सुती, अल्लो र हेमबाट कोट, पाइन्ट, सुट, व्याग, हाते पर्स टोपी , पर्स, बेल्ट बनाउँदै आएका छन् । ऊनको लागि पहिलो बजार स्कटल्याण्ड र दोस्रो बजार न्यूजील्याण्ड हो । मुगुमा ऊन बढी पाइने भएकाले सुरुमा उनले त्यतैबाट ल्याए । काठमाडौंको चन्द्रागिरी नगरपालिका –१२ मा गोरखनाथ हेण्डलुम प्रालि खोलेका उनी एकातिर व्यवसायसँगै आत्मनिर्भर बन्दै आएका छन् भनें अर्कोतिर २ सय ५० भन्दा बढीलाई रोजगारी दिएका छन् । ऊन धुने, रङ्ग्याउने, धागो बनाउने, बुन्ने, फिनिसिङ गर्ने, वास गर्ने, फाइनल फिनिसिङ गर्ने र स्टोरेजका लामा प्रक्रिया भएकाले पनि उत्पादनमा केही समय लाग्ने उनले बताए । उनी ब्राण्डेड र स्वस्थ्यकर उत्पादन गर्ने र मौलिकतामा जोड दिने अभियानमा लागेका छन् । उनी यससम्बन्धी ज्ञानलाई बाँड्ने र जनस्तरसम्म प्रचार प्रसार गर्ने सोचमा छन् । यसको महत्वलाई बुझाएर दोस्रो पुस्तालाई व्यवसाय हस्तान्तरण गर्ने उनको लक्ष्य छ । ऊनको कमी भएकाले कहिलेकाहीँ काम गर्न समस्या भएको उनको अनुभव छ । उनले उत्पादन गरेका कोटको मूल्य सामान्यतयाः ७ हजारदेखि ६० हजार रुपिँयासम्म छ । ६० हजार रुपिँया तिरेर कसैले कोट लगाउँछ भन्ने प्रश्नमा उनले भने ‘तपाई त्यसो भन्नुहुन्छ नि, गत वर्ष केही सीमित मात्र उत्पादन थियो, कति मानिसहरु किन्न आएर पनि फर्किए ।’ ए ग्रेडको कोटको मूल्य १८ हजारदेखि ६० हजारसम्म, बी ग्रेडको मूल्य १० हजारमाथि र सी ग्रेडको कोटको मूल्य कम्तिमा पनि ७ हजार रुपिँया पर्छ । ‘जो मानिस हाम्रो पसलमा आएर बुझ्छ, उसले एक दुइवटा सामग्री त केही नभनी नै किन्छ’ उनले भने ‘भर्खरैमात्र प्रचार हुँदैछ, पसलमा आएपछि कसैले पनि कुनै गुनासो गरेको पाएको छैन ।’ उनले अबको १० वर्षमा ३० लाख नेपालीले गोर्खा ट्वीडको सामान प्रयोग गर्ने लक्ष्य लिएका छन् । उनले स्वदेशी उत्पादन नै प्रयोग गर्ने कुरालाई सरकारले पनि प्राथमिकतामा राख्नुपर्ने र व्यवसायको प्रवद्र्धन गर्न आवश्यक पहल गर्नुपर्ने बताएका छन् । उनी विशेषगरी आफ्नै उत्पादनबाट उत्पादित कपडामात्र लगाउँछन् । अरुले पनि यो देखेर प्रयोग गर्न उत्साहित हुन्छन् भन्ने उनको अर्को लक्ष्य रहेको छ । ‘मेरो कपडा देखेर कति राम्रो रहेछ भन्छन्, सोधेपछि सबै कुरा भनिदिन्छु, उनीहरुको पनि मन आकर्षित हुन्छ’ उनी भन्छन् ।
उनलाई जीवनमा धेरै कुराले मन छोएको छ । काठमाडौंको राम शाहपथदेखि भृकुटीमण्डप जाने बाटोमा टिम्बा सिरक पाइन्थ्यो । त्यतिबेला यो सिरकको धेरै विज्ञापन हुने गरेको थियो । उनलाई त्यतिबेला यो सिरक ओढ्न पाए कस्तो हुन्थ्यो भन्ने लाग्थ्यो तर उनले किन्न सक्ने अवस्था थिएन । त्यस्तै सिको फाइभ घडी लगाउने पनि उनको ठूलो रहर थियो, त्यतिबेला त्यो घडी किन्ने अवस्थामा पनि थिएनन् उनी । ‘यो सिरक ओढ्ने र त्यो घडी लगाउने चाहना पूरा हुँदैन कि भन्ने लाग्थ्यो, अहिले त्यही सिरक ओढिरहेको छु, पछि घडी पनि लाएँ ।’ लाजिम्पाटको केन्द्र भवनमा रहेको तिर्सना गार्डेनको दोस्रो तलामा उनको पसल रहेको छ । केही सामग्री किन्नुपरेमा वा बुझ्नुपरेमा ९८५१२४७८६३ (सुशील शाही ठकुरी) र अर्को नम्बर ९८६०५६१२७१ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।
ताजा
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबार
‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा
२०८३ असार ३ गते, बुधबार
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता
२०८३ असार ३ गते, बुधबार
पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको
२०८३ असार ३ गते, बुधबार
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड
२०८३ असार २ गते, मंगलवार
MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता
२०८३ असार २ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





