महाअभियोग दर्ताबारे नयाँ खुलासा

२०७८ फाल्गुन ५ गते, बिहीबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध गत आइतबार एकाएक महाअभियोग दर्ता भयो । सत्तारुढ घटक नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादीका ९८ सांसदहरुको हस्ताक्षर सहित महाअभियोग दर्ता भएपछि नेपाली राजनीति तरंगित हुन पुगेको छ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश विरुद्ध महाअभियोग दर्ता गर्न पटक पटक हारगुहार गर्दा समेत तैँ चुप मै चुप भएका सत्तारुढ दलका नेताहरुले किन अकस्मात महाअभियोग दर्ता गरे भन्ने कुराले धेरैलाई आश्चर्यचकित तुल्याएको छ ।
महाअभियोग दर्ताबारे कतिपयले नेकपा समाजवादीको आधिकारिकतासँग समेत जोडेर हेर्ने गरेका छन् । यसै सन्दर्भमा बुधबारको प्रतिनिधिसभाको बैठक पछि महाअभियोग दर्ताका पछाडिको कारणबारे नयाँ खुलासा भएको छ । त्यो पनि सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेसका सांसदहरुबाट उनीहरुले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता गरे एमसीसी पारित गर्न आफूले सहयोग गर्ने बताएर प्रचण्डले आफूहरूलाई धोका दिएको बताएर त्यसको खुलासा गरेका हुन् ।
‘राणाविरूद्ध महाअभियोगमा हामीलाई हस्ताक्षर गर्न लगाएर अहिले एमसिसी टेबल गर्ने बेला उहाँ भागेको भाग्यै हुनुभएको छ,’ कांग्रेसका एक सांसदले भने। यस्तै अर्का सांसदले पनि माओवादीले आफूहरूलाई ‘धोका’ दिएको आरोप लगाए। प्रधानन्यायाधीशविरूद्धको महाअभियोग ल्याए एमसिसी पास गराउने बाचा गरेको माओवादीले आज आएर एमसिसी ल्याए गठबन्धननै तोड्ने चेतावनी दिएर धोका दिएको बताए।
‘सुरूमा हामीले प्रधानन्यायाधीशमाथि महाअभियोग नलगाऔं भन्दा माओवादीले चोलेन्द्रलाई महाअभियोग लगाऔं हामी एमसिसीमा सहयोग गर्छौं भने, आज आएर सहमति तोड्ने कुरा गर्छन्’, ती सांसदले भने। नेपाली कांग्रेसका नेता मिलेन्द्र रिजालले कांग्रेस उग्रवामपन्थीको राजनीतिमा रंगीन नसक्ने भन्दै आफ्नो सिद्धान्तमा उभिनुपर्ने बताए।
सांसद रिजालले आफ्नो सिद्धान्तमा उभिएर अहिलेको हल खोज्नुपर्ने बताए। ‘उग्रवामपन्थी राजनीतिमा कांग्रेस रंगीन सक्दैन। कांग्रेस सत्तामा बसोस् या त प्रतिपक्षमा बसोस्। कांग्रेस सिद्धान्तमा उभिने पार्टी रहनुपर्छ’, कांग्रेस सांसद मिनेन्द्र रिजालले भने, ’त्यसैलाई मूल आधार बनाएर अहिलेका सबै समस्याको समाधान खोज्नुपर्छ।’ यसअघि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच माओवादी र एकीकृत समाजवादीको अनुपस्थितमा संसदबाट एमसिसी पारित गर्ने सहमति भएको थियो। बुधबार बिहान बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सहमतिबिना एमसिसी पारित भए सरकारबाट बाहिरिने निर्णय गरेपछि आजको संसद बैठकमा एमसिसी टेबल हुन सकेन ।

235 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal