महाअभियोग दर्ताबारे नयाँ खुलासा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध गत आइतबार एकाएक महाअभियोग दर्ता भयो । सत्तारुढ घटक नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादीका ९८ सांसदहरुको हस्ताक्षर सहित महाअभियोग दर्ता भएपछि नेपाली राजनीति तरंगित हुन पुगेको छ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश विरुद्ध महाअभियोग दर्ता गर्न पटक पटक हारगुहार गर्दा समेत तैँ चुप मै चुप भएका सत्तारुढ दलका नेताहरुले किन अकस्मात महाअभियोग दर्ता गरे भन्ने कुराले धेरैलाई आश्चर्यचकित तुल्याएको छ ।
महाअभियोग दर्ताबारे कतिपयले नेकपा समाजवादीको आधिकारिकतासँग समेत जोडेर हेर्ने गरेका छन् । यसै सन्दर्भमा बुधबारको प्रतिनिधिसभाको बैठक पछि महाअभियोग दर्ताका पछाडिको कारणबारे नयाँ खुलासा भएको छ । त्यो पनि सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेसका सांसदहरुबाट उनीहरुले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता गरे एमसीसी पारित गर्न आफूले सहयोग गर्ने बताएर प्रचण्डले आफूहरूलाई धोका दिएको बताएर त्यसको खुलासा गरेका हुन् ।
‘राणाविरूद्ध महाअभियोगमा हामीलाई हस्ताक्षर गर्न लगाएर अहिले एमसिसी टेबल गर्ने बेला उहाँ भागेको भाग्यै हुनुभएको छ,’ कांग्रेसका एक सांसदले भने। यस्तै अर्का सांसदले पनि माओवादीले आफूहरूलाई ‘धोका’ दिएको आरोप लगाए। प्रधानन्यायाधीशविरूद्धको महाअभियोग ल्याए एमसिसी पास गराउने बाचा गरेको माओवादीले आज आएर एमसिसी ल्याए गठबन्धननै तोड्ने चेतावनी दिएर धोका दिएको बताए।
‘सुरूमा हामीले प्रधानन्यायाधीशमाथि महाअभियोग नलगाऔं भन्दा माओवादीले चोलेन्द्रलाई महाअभियोग लगाऔं हामी एमसिसीमा सहयोग गर्छौं भने, आज आएर सहमति तोड्ने कुरा गर्छन्’, ती सांसदले भने। नेपाली कांग्रेसका नेता मिलेन्द्र रिजालले कांग्रेस उग्रवामपन्थीको राजनीतिमा रंगीन नसक्ने भन्दै आफ्नो सिद्धान्तमा उभिनुपर्ने बताए।
सांसद रिजालले आफ्नो सिद्धान्तमा उभिएर अहिलेको हल खोज्नुपर्ने बताए। ‘उग्रवामपन्थी राजनीतिमा कांग्रेस रंगीन सक्दैन। कांग्रेस सत्तामा बसोस् या त प्रतिपक्षमा बसोस्। कांग्रेस सिद्धान्तमा उभिने पार्टी रहनुपर्छ’, कांग्रेस सांसद मिनेन्द्र रिजालले भने, ’त्यसैलाई मूल आधार बनाएर अहिलेका सबै समस्याको समाधान खोज्नुपर्छ।’ यसअघि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच माओवादी र एकीकृत समाजवादीको अनुपस्थितमा संसदबाट एमसिसी पारित गर्ने सहमति भएको थियो। बुधबार बिहान बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सहमतिबिना एमसिसी पारित भए सरकारबाट बाहिरिने निर्णय गरेपछि आजको संसद बैठकमा एमसिसी टेबल हुन सकेन ।
ताजा

पोखरामा एमालेभन्दा एकीकृत समाजवादी अगाडि
२०७९ जेष्ठ २ गते, सोमबार
पोखरामा एमालेभन्दा एकीकृत समाजवादी अगाडि
२०७९ जेष्ठ २ गते, सोमबार
भरतपुरमा १४ मतले पछि परिन रेणु दाहाल
२०७९ जेष्ठ २ गते, सोमबार

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउँदै
२०७९ जेष्ठ २ गते, सोमबार
सोलुखुम्बुको सोताङमा कांग्रेस विजयी
२०७९ जेष्ठ २ गते, सोमबार
ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी
२०७९ जेष्ठ २ गते, सोमबार
भरतपुरमा रेनु दाहाल झिनो मतले पछाडि
२०७९ जेष्ठ २ गते, सोमबार
बालेन शाहलाई २३ सय भन्दा धेरै मतले अगाडि
२०७९ जेष्ठ २ गते, सोमबार
रामेछापको सुनापती–१ मा नेपाली काँग्रेसका उम्मेदवार चौलागाई १५ मतले विजयी
२०७९ जेष्ठ १ गते, आईतवार
यी हुन् राप्रपाले हालसम्म जितेका देशभरका ११ वडा
२०७९ जेष्ठ १ गते, आईतवारलोकप्रिय
मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही
२०७९ बैशाख २७ गते, मंगलवारदाजुद्वारा भाईको कफीशप उद्घाटन
२०७८ पुष १९ गते, सोमबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द
२०७८ कार्तिक २६ गते, शुक्रबारसुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)
२०७८ भाद्र ६ गते, आईतवार
जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला
२०७८ श्रावण ५ गते, मंगलवार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार
खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।
२०७८ असार २४ गते, बिहीबार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार