पार्टी प्रवेश गराउन सक्रिय बन्दै राप्रपा अध्यक्ष लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन अहिले पार्टी प्रवेश गराउने अभियानमा छन् । अध्यक्षमा निर्वाचित हुनेबित्तिकै उनी देशव्यापी दौडाहामा निस्केका छन् ।
आफूलाई अध्यक्षमा निर्वाचित गराउन सहयोग गर्नेहरुलाई धन्यवाद दिन र पार्टीलाई आगामी दिनमा कस्तो बनाउने भन्ने छलफलमा निस्केका उनले जनताको भावनालाई सम्बोधन गर्ने गरी पार्टीले गति लिने स्पष्ट पार्दै आएका छन् । गत मंसिर १५ देखि १७ सम्म काठमाडौंमा भएको एकता महाधिवेशनमा उनी तत्कालीन अध्यक्ष कमल थापालाई भारी मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका थिए । थापाले पार्टीलाई आफ्नो स्वार्थका लागिमात्र प्रयोग गरेको, पार्टीभित्र कुनै निर्णय नै नगरी एकलौटी पाराले पार्टी चलाउन खोजेको, सरकारमा जान भनेपछि मरिहत्ते गरेको, पार्टीको नीति, सिद्धान्त र विचारमाथि पटक पटक प्रहार गरेर पार्टीलाई कमजोर बनाएको आरोप लागिरहेका बेला थापा लिङ्देनसँग नराम्ररी पराजित भएका हुन् । अध्यक्षमा हारेपछि थापाले राप्रपा बलियो बनाउनेभन्दा पनि कमजोर बनाउने र अध्यक्षलाई काम गर्न नदिने अभियान चलाएका छन् ।
हिजोसम्म राजसंस्थाको नाममा राजनीति गर्दै आएका थापाले अहिले अप्रत्याशित रुपले हार खाएपछि आफूलाई हराउन दरवार नै लागेको भनेर लाज ढाक्ने प्रयास गर्दै आएका छन् । लिङ्देन झापा ३ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् भने थापाले मकवानपुर १ बाट संसदीय निर्वाचन नमज्जाले हारेका थिए । थापालाई नेपाली कांग्रेसको र लिङ्देनलाई नेकपाको समर्थन रहेको थियो । लिङ्देन अहिले गृहजिल्ला झापामा छन् । उनले दिनैपिच्छे हजारौंलाई पार्टी प्रवेश गराउँदैछन् । उनले पार्टीप्रति जनताको आस्था भएकाले पार्टी प्रवेश गर्नेको लहर चलेको बताएका छन् । प्रतिनिधिसभामा राप्रपाबाट जित्ने लिङ्देन एकमात्र सांसद हुन् । जनताको सुखदुःखमा सहभागी हुने र जनताको काममा पार्टीभन्दा माथि उठेर काम गर्ने गरेकाले लिङ्देन पार्टीको लागिमात्र होइन जनतामाझ पनि लोकप्रिय बन्दै गएका छन् । उनी जिल्ला विकास समितिका पूर्व सभापति हुँदा गरेको काम अझै पनि जिल्लावासीले सम्झिइरहेका छन् ।
ताजा
सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू
२०८३ श्रावण १२ गते, मंगलवार
सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू
२०८३ श्रावण १२ गते, मंगलवार
१० करोडको नजिक ‘गौंथली’
२०८३ श्रावण १२ गते, मंगलवार
सौरभ चौधरीले घोषणा गरे चलचित्र ‘द राइज अफ साम्राज्य’
२०८३ श्रावण १२ गते, मंगलवार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८३ श्रावण १२ गते, मंगलवार
कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न
२०८३ श्रावण १२ गते, मंगलवार
एमबीएसको प्रश्नपत्र आउट प्रकरणः थप २ जना पक्राउ
२०८३ श्रावण १२ गते, मंगलवार
कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
२०८३ श्रावण १२ गते, मंगलवार
देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त
२०८३ श्रावण १२ गते, मंगलवार
शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग
२०८३ श्रावण ११ गते, सोमबार
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै
२०८३ श्रावण ११ गते, सोमबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





