‘मान्छे कालो भए पनि मन सफा भएकाले जे देखेको छ त्यो बोलिदिने भएकाले म र मजस्ता मान्छे सधैं ओझेलमा परेका छौं’– जोसन श्रेष्ठ, अन्तर्राष्ट्रिय भलिवल खेलाडी

२०७८ माघ ९ गते, आईतवार

काठमाडौं । भोजपुरको भोजपुर नगरपालिका ७ (तत्कालीन भोजपुर गाविस) का जोसन श्रेष्ठलाई खेलकुद सम्झिनेबित्तिकै मन हल्का हुन्छ र कहिलेकाहीँ गह्रौ मन पनि हुन्छ । आफूले यो क्षेत्रमा गरेको श्रम र प्रगति सम्झिँदा उनी खुशी हुन्छन् भनें सरकारले खेल क्षेत्रलाई र खेलाडीलाई गरेको बेवास्ताले उनको मन रोएको छ ।
आफ्ना साहिला दाई जीवनकुमार श्रेष्ठ भलिवल, फुटवल र व्याडमिन्टनका खेलाडी भएकाले पनि जोसनलाई खेल क्षेत्रमा आउन सहज भयो । उनी यहाँसम्म आउनुको सम्पूर्ण श्रेय दाजुलाई नै दिन्छन् । दाजुले नै ‘खेल्नुपर्छ कान्छा’ भनेको उनलाई अझै सम्झना छ । ५ दाजुभाई र ४ दिदीबहिनीका धनी उनी स्वर्गिय भीमबहादुर र स्वर्गिय अतरकुमारी श्रेष्ठका छोरा हुन् । बुबाआमाको नै स्वर्गारोहण भइसकेको छ । जोसनले जीवनलाई सधैं खेलकुदमा नै लगाए । उनले २०३८ सालमा बीरेन्द्र सिल्ड प्रतियोगितामा भलिवल, ट्रिपल जम्प र हाइजम्पमा भाग लिए । उनले त्यसपछि पूर्वाञ्चल विकास क्षेत्रको विराटनगरमा जिल्लाको प्रतिनिधित्व गर्दै सहभागिता जनाए । उनले २०३९ सालमा विराटनगरमै जिल्ला स्तरीय भलिवल प्रतियोगिता खेले । २०४० सालमा एस्एल्सी दिइसकेपछि उनलाई नगरपालिकास्तरीय भलिवल प्रतियोगिता खेल्नका लागि धनकुटा नगरपालिकाले लिएर गयो । उनीसँगै महेश श्रेष्ठ र राजेन्द्र श्रेष्ठ पनि गएका थिए । विराटनगरमा राम्रो खेल खेलेपछि उनलाई जापानीज गुरुले तालिमको लागि काठमाडौं बोलाए । उनी सन् १९८६ मा नेपाल आर्मीबाट खेलाडी छनौट भए । पुरानो गोरख गण छाउनीबाट खेलेका उनको राम्रो प्रदर्शन रह्यो । उनले त्यही साल हिमाल सिमेन्टद्धारा आयोजित अन्तर संस्थान भलिवल टुर्नामेन्ट प्रतियोगितामा कृषि विकास बैंकबाट खेल्ने अवसर पाए । उनको समूहले लगातार तीन पटक जितेको थियो । उनले २०४५ सालमा अन्तर संस्थान प्रतियोगितामा नेपाल विद्युत् प्राधिकरणबाट खेल खेले । राम्रा खेलाडीलाई विभिन्न संघ संस्थाले किनेर लाने गर्दथे त्यसमा उनी प्रायःजसो पर्ने गर्थे । सन् १९८६ मा १० औंै एशियन गेममा सहभागी भए । कोरियामा भएको प्रतियोगितामा उनको समूहले जितेन । उनी सन् १९८७ मा तालिमको लागि फेरि चीन गए । त्यही साल कलकत्तामा भएको साफ खेलमा पनि प्रतिस्पर्धा गरे । उनले जापानमा तालिम लिएपछि सन् १९८८ मा इरानमा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिए । जित र हारलाई कुनै वास्ता नगरी खेलिरहने उनको कला देखेर सहकर्मी र प्रशिक्षकहरु पनि छक्क पर्ने गर्दथे । उनले सन् १९८८ मै बंगलादेशमा भिक्टोरिया डे कप खेले, लगत्तै १९८९ मा पनि भिक्टोरिया डे कप खेले । सन् १९८९ मा इन्डोनेसियामा मैत्रीपूर्ण खेल खेलेका उनले तीन महिना फेरि तालिम लिए । सन् १९८९ मै कोरियामा पाँचौं एशियन गेम खेलेपछि उनको माग पनि बढ्दै गयो । उनले त्यसपछि पाँचौं एशियन होन्डाई कप खेले । उनले थाइल्याण्डमा पनि एक महिना तालिम लिए । तालिम लिँदालिँदै खारिएका उनले आफ्नो खेललाई पनि थप उत्कृष्ट बनाउँदै लगे । सन् १९८९ मै चौथो दक्षिण एशियाली साफ गेम खेल्ने अवसर पाए । सन् १९९३ मा बंगलादेशमा छैटौं दक्षिण एशियाली साफ गेम खेलेका उनी त्यसपछि केही समयको लागि जापानतिर नै लागे ।
जापानबाट फर्केर आइसकेपछि उनले ललितपुरको ज्ञानोदय स्कुलमा र आर्मीलाई पनि भलिवल प्रशिक्षण सिकाउन थाले । कतै यही क्षेत्रमा काम गर्न पाए आफूले जानेको सिपलाई सही ढंगले प्रयोग गर्ने सोचमा रहेका उनी सरकारले खेल र खेलाडीलाई सम्मान गर्नुपर्ने बताउँछन् । ‘ म मान्छे कालो छु तर दिल सफा छ, जे देखेको छु त्यही बोल्छु त्यसैले कतिपय मान्छे रिसाउँछन्’ उनी भन्छन् ‘ म सत्य कुरा गर्छु, खेलको विकासको लागि नै बोल्छु, दायाँबायाँ जान्दिन र के बोल्दा फाइदा हुन्छ बाटो हेर्दिन ।’ विभिन्न प्रतियोगितामा भाग लिएका उनले कहिल्यै पनि पराजित भए पनि हार मानेनन् । पराजयलाई शक्तिमा बदलेका कारण नै उनले अहिले आएर अन्तर्राष्ट्रिय खेलाडीको सम्मान पाएका छन् । उनी विदेशबाट खेलाडी ल्याएर नेपालमा तालिम दिनुपर्ने र बाहिरी देशमा तालिम लिने अवसर पाउँदा सबै खेलाडीलाई समान रुपले अवसर दिनुपर्नेमा जोड दिन्छन् । आफूहरुले खेल्दाको समयलाई तुलना गर्दा सूचना र प्रविधिको विकाससंगै खेलप्रति शोख राख्ने दर्शकहरू र शुभेच्छुकको संख्या प्रयाप्त मात्रामा बढेको उनको बुझाई छ । खेलाडीहरूले खेलबाट नै आफ्नो जीविकोपार्जन मात्र नभई विकसित देशहरूमा प्रयाप्त मात्रामा कमाई गरेको उनले बुझेका छन् । नेपालमा त्यस्तो सम्भावना र अवस नभएकोमा उनलाई चिन्ता छ । सरकारको खेल क्षेत्रमा थोरैमात्र बजेट बिनियोजन गरेकोमा उनलाई चित्त दुःखेको छ । खेलाडीहरु खेल क्षेत्रबाट आत्मनिर्भर हुन नसक्दा कतिपय खेलाडीहरु खेलबाट बाहिरिएको र अवसरको लागि विदेशिन बाध्य भएकोमा उनलाई नरमाइलो लागेको छ । युवा नै नभएपछि कसले खेल्ने खेल र खेलाडीले कसरी पदक ल्याउने भन्ने चिन्ता छ उनलाई । यसबारे सम्बन्धित निकायले चासो देखाउनुपर्ने उनको सुझाव छ । सार्कस्तरीय साग गेममा हाम्रा खेलाडीहरूले प्रदर्शन गरेको खेलले नै हाम्रो खेल र खेलाडीहरूको क्षमता र दक्षता मापन गर्न सहयोग पु¥याएको उनले स्पष्ट पारेका छन् ।
भलिबल, फुटबल लगायतका खेल र खेलाडीको विकास गर्न गाउँगाउँमा खेल मैदानहरू र कभर्डहल बनाउन सरकारले चासो देखाउनुपर्ने र उपयुक्त लगानी गर्नुपर्ने उनी सरकारलाई सुझाव दिन्छन् । सरकारले खेलाडी र खेलको लागि प्रोत्साहन गर्ने प्याकेज नल्याएकोमा चिन्तित उनी भन्छन् ‘खेल बुझेका मान्छेलाई बाहिर राखेर नेपालको खेलको र खेलाडीको विकास र विस्तार हुन सक्दैन, अहिलेसम्म यो क्षेत्रमा क–कसले कहिले के योगदान गरे सरकारले खोजी गरेर हिसावकिताव राख्नुपर्दछ ।’

330 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

सप्तकोसीमा पानीको बहाव बढ्दै, २१ ढोका खोलियो

२०८३ असार ३२ गते, बिहीबार

इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो पटक अर्जेन्टिना विश्वकप फाइनलमा

२०८३ असार ३२ गते, बिहीबार

‘माया भनेकै यस्तो होला’को पोस्टरमा दीलको हल्दी डे

२०८३ असार ३१ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal