पार्टी प्रवेश गराउन सक्रिय बन्दै राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन अहिले पार्टी प्रवेश गराउने अभियानमा छन् । अध्यक्षमा निर्वाचित हुनेबित्तिकै उनी देशव्यापी दौडाहामा निस्केका छन् ।
आफूलाई अध्यक्षमा निर्वाचित गराउन सहयोग गर्नेहरुलाई धन्यवाद दिन र पार्टीलाई आगामी दिनमा कस्तो बनाउने भन्ने छलफलमा निस्केका उनले जनताको भावनालाई सम्बोधन गर्ने गरी पार्टीले गति लिने स्पष्ट पार्दै आएका छन् । गत मंसिर १५ देखि १७ सम्म काठमाडौंमा भएको एकता महाधिवेशनमा उनी तत्कालीन अध्यक्ष कमल थापालाई भारी मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका थिए । थापाले पार्टीलाई आफ्नो स्वार्थका लागिमात्र प्रयोग गरेको, पार्टीभित्र कुनै निर्णय नै नगरी एकलौटी पाराले पार्टी चलाउन खोजेको, सरकारमा जान भनेपछि मरिहत्ते गरेको, पार्टीको नीति, सिद्धान्त र विचारमाथि पटक पटक प्रहार गरेर पार्टीलाई कमजोर बनाएको आरोप लागिरहेका बेला थापा लिङ्देनसँग नराम्ररी पराजित भएका हुन् । अध्यक्षमा हारेपछि थापाले राप्रपा बलियो बनाउनेभन्दा पनि कमजोर बनाउने र अध्यक्षलाई काम गर्न नदिने अभियान चलाएका छन् ।
हिजोसम्म राजसंस्थाको नाममा राजनीति गर्दै आएका थापाले अहिले अप्रत्याशित रुपले हार खाएपछि आफूलाई हराउन दरवार नै लागेको भनेर लाज ढाक्ने प्रयास गर्दै आएका छन् । लिङ्देन झापा ३ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् भने थापाले मकवानपुर १ बाट संसदीय निर्वाचन नमज्जाले हारेका थिए । थापालाई नेपाली कांग्रेसको र लिङ्देनलाई नेकपाको समर्थन रहेको थियो । लिङ्देन अहिले गृहजिल्ला झापामा छन् । उनले दिनैपिच्छे हजारौंलाई पार्टी प्रवेश गराउँदैछन् । उनले पार्टीप्रति जनताको आस्था भएकाले पार्टी प्रवेश गर्नेको लहर चलेको बताएका छन् । प्रतिनिधिसभामा राप्रपाबाट जित्ने लिङ्देन एकमात्र सांसद हुन् । जनताको सुखदुःखमा सहभागी हुने र जनताको काममा पार्टीभन्दा माथि उठेर काम गर्ने गरेकाले लिङ्देन पार्टीको लागिमात्र होइन जनतामाझ पनि लोकप्रिय बन्दै गएका छन् । उनी जिल्ला विकास समितिका पूर्व सभापति हुँदा गरेको काम अझै पनि जिल्लावासीले सम्झिइरहेका छन् ।
ताजा

पोखरामा एमालेभन्दा एकीकृत समाजवादी अगाडि
२०७९ जेष्ठ २ गते, सोमबार
पोखरामा एमालेभन्दा एकीकृत समाजवादी अगाडि
२०७९ जेष्ठ २ गते, सोमबार
भरतपुरमा १४ मतले पछि परिन रेणु दाहाल
२०७९ जेष्ठ २ गते, सोमबार

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउँदै
२०७९ जेष्ठ २ गते, सोमबार
सोलुखुम्बुको सोताङमा कांग्रेस विजयी
२०७९ जेष्ठ २ गते, सोमबार
ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी
२०७९ जेष्ठ २ गते, सोमबार
भरतपुरमा रेनु दाहाल झिनो मतले पछाडि
२०७९ जेष्ठ २ गते, सोमबार
बालेन शाहलाई २३ सय भन्दा धेरै मतले अगाडि
२०७९ जेष्ठ २ गते, सोमबार
रामेछापको सुनापती–१ मा नेपाली काँग्रेसका उम्मेदवार चौलागाई १५ मतले विजयी
२०७९ जेष्ठ १ गते, आईतवार
यी हुन् राप्रपाले हालसम्म जितेका देशभरका ११ वडा
२०७९ जेष्ठ १ गते, आईतवारलोकप्रिय
मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही
२०७९ बैशाख २७ गते, मंगलवारदाजुद्वारा भाईको कफीशप उद्घाटन
२०७८ पुष १९ गते, सोमबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द
२०७८ कार्तिक २६ गते, शुक्रबारसुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)
२०७८ भाद्र ६ गते, आईतवार
जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला
२०७८ श्रावण ५ गते, मंगलवार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार
खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।
२०७८ असार २४ गते, बिहीबार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार