‘मास्क नलगाउनेलाई ठाउँको ठाउँ कारबाही’

२०७८ माघ ९ गते, आईतवार

सुरेन्द्र सिलवाल
भक्तपुर । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्माले मास्क नलगाई हिँड्नेलाई ठाउँको ठाउँ कारबाही गरिने बताएकी छिन् ।
उनले कोरोनाको संक्रमण बढ्दै गएकाले त्यसतर्फ सबै आफैं सचेत हुनुपर्नेमा जोड दिएकी छिन् । प्रशासनले सूचना जारी गर्दा, जानकारीमूलक सन्देश प्रवाह गर्दा पनि सर्वसाधारणले हेलचेक्रयाई गर्दै गरेको प्रति उनी चिन्तित छिन् । ‘सबै आफैं सचेत भएर कोरोना नियन्त्रणमा लाग्नुपर्ने हो तर पनि गम्भीरता देखिएको छैन’ उनले भनिन् ‘मास्क नलगाउनेलाई ठाउँको ठाउँ कारबाही हुन्छ ।’ उनले सरकारले जारी गरेका सुरक्षा मापदण्ड पालना गर्न पनि अनुरोध गरेकी छिन् । उनले खोपको अभाव हुन नदिने प्रतिबद्धता जनाएकी छिन् । उनले सेवाग्राहीलाई स्वास्थ्यका मापदण्ड पालना गर्दै सेवा लिन पनि आग्रह गरेकी छिन् । उनले कोरोना नियन्त्रण र रोकथाम गर्न सबै क्षेत्र र समुदायलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न पनि अनुरोध गरेकी छिन् । उनले कोरोनाको रोकथाममा लाग्ने, सामाजिक अभियान चलाउने, ठाउँठाउँमा मास्क र सेनिटाइजर बाँड्ने व्यक्ति र समूहप्रति हार्दिक आभारसमेत व्यक्त गरेकी छिन् ।

226 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal