अबको निर्वाचनमा एमालेलाई एक सिट पनि जित्न दिँदैनौंः महेन्द्र यादव
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादवले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका सबै नेताहरुलाई मिलाएर लैजाने विश्वास व्यक्त गरेका छन् । उनले अब हुने निर्वाचनमा एमालेलाई एक सिटपनि जित्न नदिने पनि दाबी गरेका छन् ।
आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘अब हुने निर्वाचन हाम्रो पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा हुन्छ । हामी पाँच दलीय गठबन्धनलाई साथ लिएर आगामी निर्वाचनमा जान्छौं, र प्रतिगमनलाई पुरै परास्त गर्छौं । हामी एमालेलाई देशभरि एउटा पनि सिट जित्न दिँदैनौं ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अबको चुनावपछि एमालेप्रति जनताको विश्वास खत्तम हुने पनि दाबी गरे । देउवाकै नेतृत्वमा चुनाव हुने र निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहने पनि यादवको भनाई थियो । उनले भने,‘अब जनताले यसअघि गरेको गल्ती सच्याउनेछन् ।’ उनले पार्टीभित्र गुटगत किचलो गर्न नहुने धारणा राखे पनि राखे । उनले भने,‘यो गर्नु गलत हो । जे सुझाव दिने हो, सिधै सभापतिलाई दिनुहोस । त्यो सुझावको सुनुवाई हुन्छ ।’
उनले पार्टी सभापति देउवाले पार्टीमा सबैलाई मिलाएर लैजान खोजेको सुनाए । उनले भने,‘१४औं महाधिवेशनबाट निर्वाचित सभापति देउवाले दुई वटा केन्द्रीय कमिटीको बैठक राखनुभयो, अहिलेसम्म १३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभयो । कांग्रेसभित्र आन्तरिक लोकतान्त्रिक प्रतिष्पर्धा भएको छ । वडा अधिवेशनबाट प्रारम्भ भएर केन्द्रीय महाधिवेशन सम्पन्न हुँदासम्म, जुनखालको आन्तरिक प्रतिष्पर्धा भएको छ। एशियाली मुलुककोलागि मात्रै होईन, संसारकै लोकताीन्त्रक देशलाई चूनौति भएको छ। तपाईँले एमालेकै महाधिवेशन हेर्नुभयो । खोलाको किनारामा केही मान्छेलाई जम्मा गरेर, पञ्च र्यालीजस्तो भयो । अन्य पार्टीको पनि हेर्नुभयो । तर, नेपाली कांग्रेसभित्र आन्तरिक प्रतिष्पर्धा भयो।’
उनले पार्टी सभापति देउवा नेपालभित्र र कांग्रेसभित्र पनि लोकतान्त्रिक अभ्यासलाई सर्वोच्च रुपमा, सबभन्दा बढि अभ्यास गराउने नेतामा गनिएको चित्रण गरे । उनले भने,‘सबैको साझा सभापति हो, हुन त उहाँले सभापतिमा निर्वाचित भएपछि प्रमाणपत्र लिने बेलामा म भोट दिनेको पनि र नदिनेको पनि सभापति हुँ भन्नुभयो । उहाँले कुनै पूर्वाग्रह राख्नुभएको छैन् ।’
उनले १४औं महाधिवेशनमा नेतृत्व चयन प्रक्रियामा भाग नै नलिएका रामचन्द्र पौडेललाई केन्द्रीय सदस्यमा मनोनित गरेको र दोस्रो वरियतामा राखेको सनाए । उनले भने,‘प्रकाशमानजी, विमलेन्द्र निधिलाई केन्द्रयि समितिमा मनोनित गर्नुभयो । कृष्णप्रसाद सिटौलालाई पनि मनोनति गर्नुभयो । अहिलेसम्म १३ जनाको मनोनित भएको छ । यो मनोनति कुनै गुटको होईन । वरिष्ठ नेता भनेको भोट ल्याएर हुँदैन्, पार्टीमा त्याग र तपस्या गरेको नेता भनेको रामचन्द्र पौडेल नै हो । शेरबहादुर देउवापछि पौडेल नै वरिष्ठ नेता हो । बरिष्ठ नेता कार्यकर्ताको मनले मानेको हुनुपर्छ । पाटीलाई योगदान गरेको नेता हुनुपर्छ । अहिले सबै कार्यकर्र्ताको मनमा देउवापछि पौडेल नै हुनुहुन्छ । अहिले देउवाले सम्मान व्यक्त गर्नुभयो ।’
ताजा
बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक
२०८३ बैशाख २७ गते, आईतवार
बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक
२०८३ बैशाख २७ गते, आईतवार
गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’
२०८३ बैशाख २७ गते, आईतवार
मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु
२०८३ बैशाख २५ गते, शुक्रबार
वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक
२०८३ बैशाख २५ गते, शुक्रबार
सार्वजनिक जग्गा खाली गर्नु नै उचित
२०८३ बैशाख २५ गते, शुक्रबार
प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा
२०८३ बैशाख २४ गते, बिहीबार
आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै
२०८३ बैशाख २४ गते, बिहीबार
दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक
२०८३ बैशाख २४ गते, बिहीबार
विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री
२०८३ बैशाख २२ गते, मंगलवार
सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए
२०८३ बैशाख २२ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





