अबको निर्वाचनमा एमालेलाई एक सिट पनि जित्न दिँदैनौंः महेन्द्र यादव

२०७८ पुष २१ गते, बुधबार

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादवले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका सबै नेताहरुलाई मिलाएर लैजाने विश्वास व्यक्त गरेका छन् । उनले अब हुने निर्वाचनमा एमालेलाई एक सिटपनि जित्न नदिने पनि दाबी गरेका छन् ।
आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘अब हुने निर्वाचन हाम्रो पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा हुन्छ । हामी पाँच दलीय गठबन्धनलाई साथ लिएर आगामी निर्वाचनमा जान्छौं, र प्रतिगमनलाई पुरै परास्त गर्छौं । हामी एमालेलाई देशभरि एउटा पनि सिट जित्न दिँदैनौं ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अबको चुनावपछि एमालेप्रति जनताको विश्वास खत्तम हुने पनि दाबी गरे । देउवाकै नेतृत्वमा चुनाव हुने र निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहने पनि यादवको भनाई थियो । उनले भने,‘अब जनताले यसअघि गरेको गल्ती सच्याउनेछन् ।’ उनले पार्टीभित्र गुटगत किचलो गर्न नहुने धारणा राखे पनि राखे । उनले भने,‘यो गर्नु गलत हो । जे सुझाव दिने हो, सिधै सभापतिलाई दिनुहोस । त्यो सुझावको सुनुवाई हुन्छ ।’
उनले पार्टी सभापति देउवाले पार्टीमा सबैलाई मिलाएर लैजान खोजेको सुनाए । उनले भने,‘१४औं महाधिवेशनबाट निर्वाचित सभापति देउवाले दुई वटा केन्द्रीय कमिटीको बैठक राखनुभयो, अहिलेसम्म १३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभयो । कांग्रेसभित्र आन्तरिक लोकतान्त्रिक प्रतिष्पर्धा भएको छ । वडा अधिवेशनबाट प्रारम्भ भएर केन्द्रीय महाधिवेशन सम्पन्न हुँदासम्म, जुनखालको आन्तरिक प्रतिष्पर्धा भएको छ। एशियाली मुलुककोलागि मात्रै होईन, संसारकै लोकताीन्त्रक देशलाई चूनौति भएको छ। तपाईँले एमालेकै महाधिवेशन हेर्नुभयो । खोलाको किनारामा केही मान्छेलाई जम्मा गरेर, पञ्च र्यालीजस्तो भयो । अन्य पार्टीको पनि हेर्नुभयो । तर, नेपाली कांग्रेसभित्र आन्तरिक प्रतिष्पर्धा भयो।’
उनले पार्टी सभापति देउवा नेपालभित्र र कांग्रेसभित्र पनि लोकतान्त्रिक अभ्यासलाई सर्वोच्च रुपमा, सबभन्दा बढि अभ्यास गराउने नेतामा गनिएको चित्रण गरे । उनले भने,‘सबैको साझा सभापति हो, हुन त उहाँले सभापतिमा निर्वाचित भएपछि प्रमाणपत्र लिने बेलामा म भोट दिनेको पनि र नदिनेको पनि सभापति हुँ भन्नुभयो । उहाँले कुनै पूर्वाग्रह राख्नुभएको छैन् ।’
उनले १४औं महाधिवेशनमा नेतृत्व चयन प्रक्रियामा भाग नै नलिएका रामचन्द्र पौडेललाई केन्द्रीय सदस्यमा मनोनित गरेको र दोस्रो वरियतामा राखेको सनाए । उनले भने,‘प्रकाशमानजी, विमलेन्द्र निधिलाई केन्द्रयि समितिमा मनोनित गर्नुभयो । कृष्णप्रसाद सिटौलालाई पनि मनोनति गर्नुभयो । अहिलेसम्म १३ जनाको मनोनित भएको छ । यो मनोनति कुनै गुटको होईन । वरिष्ठ नेता भनेको भोट ल्याएर हुँदैन्, पार्टीमा त्याग र तपस्या गरेको नेता भनेको रामचन्द्र पौडेल नै हो । शेरबहादुर देउवापछि पौडेल नै वरिष्ठ नेता हो । बरिष्ठ नेता कार्यकर्ताको मनले मानेको हुनुपर्छ । पाटीलाई योगदान गरेको नेता हुनुपर्छ । अहिले सबै कार्यकर्र्ताको मनमा देउवापछि पौडेल नै हुनुहुन्छ । अहिले देउवाले सम्मान व्यक्त गर्नुभयो ।’

112 Views

ताजा

छविलाल जोशीलाई पनि धरौटीमा छोड्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

छविलाल जोशीलाई पनि धरौटीमा छोड्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

एकाविहानै चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

२०८१ पुष २३ गते, मंगलवार

राष्ट्रिय ख्रीष्टियन आयोग गठन गर्न माग गर्दै शान्तिपूर्ण धर्ना

२०८१ पुष २२ गते, सोमबार

गोविन्द प्रसाद दुलालका दुई पुस्तक प्रधानमन्त्री ओलीद्वारा लोकार्पण

२०८१ पुष २२ गते, सोमबार

अमेरिकाको ७ राज्यमा संकटकाल

२०८१ पुष २२ गते, सोमबार

टोखाबजारमा चाकु बनाउन भ्याइनभ्याइ

२०८१ पुष २२ गते, सोमबार

नेपाल क्लाइम्बिङ वागमती प्रदेशमा कल्पना

२०८१ पुष २२ गते, सोमबार

अस्मिता र सुमनले ल्याए ‘सौभाग्य मेरो जीवनको’ (भिडिओ)

२०८१ पुष २२ गते, सोमबार

एक जोर जुत्ता’ को कथामा लघुचलचित्र निर्माण

२०८१ पुष २२ गते, सोमबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal