कांग्रेसले चुनावमा अरु पार्टीसँग तालमेल गर्दैनः गगन थापा
२०७८ पुष २१ गते, बुधबार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी चुनावमा कांग्रेसले अरु पार्टीसँग तालमेल नगर्ने बताएका छन् ।
बुधबार शेखर कोइराला पक्षले आयोजना गरेको भेलामा थापाले सत्ता गठबन्धन आगामी चुनावसम्म रहे पनि चुनाव भने कांग्रेस एक्लै लड्ने बताए ।
उनले राष्ट्रिय सभाकोल चुनावपछि तालमेल समाप्त हुने र स्थानीय र प्रतिनिधि सभा चुनावमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रने बताए ।
ुराष्ट्रिय सभाको निर्वाचनसँगै चुनावी तालमेल समाप्त हुन्छ। हामी एक्लै चुनावमा जान्छौं,ु उनले भने गठबन्धन चुनावसम्म रहन्छ तर, कांग्रेस एक्लै लड्ने हैसियत राख्छ । त्यसका लागि पार्टीले वातावरण बनाउनुपर्छ।
120 Views